६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

गोरखामा पृथ्वीजयन्ती मनाउन उर्लिए नगरबासी (फोटो फिचर)

गोरखा- गोरखामा २९८औं पृथ्वीजयन्ती धुमधासँग मनाइएको छ। पृथ्वीनारायण शाहले नेपाल एकिकरणको सुरुवात गरेको गोरखा जिल्लामा उनको सम्झना धुमधामले गरिएको हो। गोरखा नगरपालिकाको आयोजनामा पृथ्वीनारायण शाहको पूर्णकदको शालिक रहेको गोरखा संग्राहलय परिसरमा भब्य कार्यक्रम गरी पृथ्वीजयन्ती मनाइएको हो।

गोरखा नगरपालिकाको वडा नम्बर १ देखि १४ सम्मका विभिन्न जाती, धर्म, भेषभुषसहित सर्वसाधारण झाँकी, र्‍यालीमा सरिक भएका थिए। सयौँको संख्यामा भेला भएर झण्डै एक दशकपछि गोरखामा पृथ्वीजयन्ती मनाइएको हो। यस अघिका वर्षमा समान्य रुपमा पृथ्वीजयन्ती मनाउने गरिन्थ्यो। गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तको अध्यक्षतामा संग्रहालय परिसरमा भएको कार्यक्रममा जिल्लाका सरोकारवालाहरुले पृथ्वीनारायण शाहको सम्मान र प्रचारमा गोरखाले विषेश जोड दिनुपर्ने बताए।

सहभागीहरुले पृथ्वीनारायण शाहले वर्तमान नेपालको निर्माण गरेकै कारण नेपाली भएर बस्न पाएकोमा गर्व भएको बताउँदै गोरखाले इतिहास बेच्न नसकेको गुनासो पनि पोखे। जिल्ला समन्वय समिति प्रमुख ओशककुमार गुरुङले शालिकमा माल्यार्पण गरेर कार्यक्रम सुभारम्भ गरेका हुन्। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने, उपप्रमुख बिनाकुमारी श्रेष्ठ, राजनीतिक दलका नेता तथा नगरिक समाजका अगुवाहरुले धारणा राखेका थिए।

झाँकी र्‍यालीमा पृथ्वीनारायण शाहा, कालु पाण्डे जस्तै गरी पोसाकमै सजिएर सर्वसाधारण निस्किएका थिए। ओमबहादुर श्रेष्ठ पृथ्वीनारायण शाहको भेषमा सजिएका थिए भने तोपप्रसाद श्रेष्ठ कालु पाण्डेको भेषमा सजिएका थिए। नेपाली सेनाको रणसिंह दल गण गोरखाले पृथ्वीनारायण शाहको सम्मानमा सलामिसमेत दिएको थियो।

पृथ्वीजयन्तीको दिन गोरखा नगरपालिकासहित पालुङटार नगरपालिका, भिमसेन थापा गाउँपालिका, अजिरकोट, सिरानचोक, धार्चे गाउँपालिकाले पनि सार्वजनीक बिदा दिएका छन्। भिमसेन थापा गाउँपालिकामा पनि झाँकी, र्‍यालीसहित कार्यक्रम गरि पृथ्वीजयन्ती मनाइएको गाउँपालिका अध्यक्ष इश्वर पाण्डेले बताए।  

 

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App