६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

गोरखा जेसिजमा मल्ल

गोरखा– गोरखा जेसिज गोरखाको ३९ औं अधिवेशन एवं वार्षिक साधारण सभाबाट अध्यक्षमा जेसी सुवास मल्ल चयन भएका छन्।

सोमवार बिहान भएको अधिवेशनले वर्ष २०२० का लागि मल्ललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो। 

त्यस्तै कार्यकारी उपाध्यक्ष मिलनसिंह बस्नेत, सन्तोष दुवाडी चयन भएका छन् भने उपाध्यक्षमा सजना श्रेष्ठ, सुमन गुरुङ, सुरेश गुरुङ र राजेश श्रेष्ठ रहेका छन्।

सह–सचिव अर्जुन रसाईली चयन भएको निर्वाचन अधिकृत एवं निर्वतमान अध्यक्ष उमेश गुरुङले बताए। 

नव निर्वाचित समितिले महासचिव, कोषाध्यक्ष कानुनी सल्लाहकारसहित अन्य पदमा जेसीज सदस्यबाट मनोनित गर्ने नव–निर्वाचित अध्यक्ष मल्लले बताए। गोरखा जेसिज गोरखामा ५२ जना युवाहरु सदस्य छन्।

प्रकाशित: ७ पुस २०७६ ०६:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App