६ आश्विन २०८१ आइतबार
image/svg+xml

अदालत भवनमा मार्वल झार्ने क्रममा एकको मृत्यु

गोरखा जिल्ला अदालतको निर्माणाधिन भवनमा मार्वल झार्ने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ। सिराह मोतिपुर का ३० वर्षिय नागेन्द्र शाहानीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

गोरखा दरबारमा जमरा राखियो

गोरखाको प्रशिद्ध धार्मिकस्थल मनकामना र गोरखा दरबारमा घटस्थापनाको दिन (आज) आईतबार धार्मिकविधि पूर्वक बिहान १० बजेर ३५ मिनेटमा जमरा राखिएको छ।

बुढीगण्डकी आयोजना छिटो बनाउन दलहरुको दबाब

राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजनाको काम छिटो गर्न सरकारलाई गोरखाका राजनीतिक दलहरुले आग्रह गरेका छन्। लामो समयदेखि प्रभावित, बिस्थापितलाई अन्यौल पारेको, आयोजनामा कामले गति नलिएको, बजार क्षेत्रको मुआब्जा अहिले सम्म निर्धारण नभएको विषयमा दबाब दिन दलहरु एकमेठ भएका हुन्।

आगन र बलेनीमा सुत्न बाध्य गोरखा कारागारका कैदीबन्दी

‘बाहिर आगन र बलेनीमा पनि सुत्नुपर्छ, पानी परे भिज्दै सुत्नु बाहेक विकल्प छैन’ नाइके गोपाल बरामले भने ‘धमिलो पानी पिउनुपर्ने, सुत्ने ठाउँमा भुँइमा पानी, आकाशको पानी र चिसोले धेरै बिरामी भएका छन्।’

एक सय २५ कर्मचारी यता न उता

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले चैत १४ गते संघ, प्रदेश र स्थानीय तहमा गरी एक लाख ३१ कर्मचारीको समायोजनको काम पूरा भएको घोषणा गरे। समायोजन सकिएको घोषणा भएको पाँच महिना पूरा भइसकेको छ। तर, समायोजन भइसके भनिएका एक सय २५ कर्मचारी अझै यता न उता भएर अलपत्र अवस्थ।

भूकम्पमा भत्किएका सबै विद्यालय ठडिए, ‘रिसोर्टजस्ता स्कुल’

भूकम्पमा भत्किएको सबै विद्यालय चार वर्षभित्र ठडिएका छन्। केन्द्रबिन्दु जिल्लामा भूकम्प जाँदाको समयमा रहेका विद्यालय, कक्षाकोठा र शौचालय सबै निर्माण भइसकेको जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षाले जनाएको छ। ‘भत्किएको कक्षाकोठा सबै बन्यो, पहिले पनि अभाव रहेका कक्षाकोठा भने बन्न बाँकी छ केही निर्माण हुँदैछ’, आयोजना कार्यान्वयन इकाई प्रमुख विष्णु प्रसाद मिश्रले भने।

गोरखाको पुनर्निर्माणबारे भारतीय राजदूतको चासो

भूकम्पको केन्द्रबिन्दु गोरखाको पुनर्निर्माणका बारेमा भारतीय राजदूत मन्जिभसिंह पुरीले चासो देखाउँदै स्थलगत निरीक्षण गरेका छन्। शनिबार र आइतबार उनले गोरखाको प्रसिद्ध धार्मिक स्थल गोरखकाली मन्दिर र नेपाल आवास पुनर्निर्माण परियोजना अन्तर्गत बनेको निजी आवास पुनर्निर्माणको अवलोकन गरेका हुन्।

भ्रमण वर्ष आउनै लाग्दा गिज्याइरहेकाे गोरखा दरबार

आउँदो मंसिरमा नयाँ निर्माण गर्नुपर्ने गोरखा दरबारको अहिलेसम्म २५ प्रतिशत मात्रै काम भएको छ। २०७४ कात्तिकमा ठेक्का सम्झौता भएर निर्माण सुरु भएको गोरखा दरबारको काम २२ महिनामा महिनाको एक प्रतिशतको दरले मात्रै भएको छ।

गोरखाका स्थानीय तहको बेरुजु १८ करोड

दुई नगरपालिका सहित यहाँका ११ वटा स्थानीय तहले वार्षिक रुपमा गर्नुपर्ने कार्यसम्पादन आर्थिक रुपमा फितलो देखिएको छ। माहालेख परीक्षणको कार्यालयको बिवरण अनुसार आर्थिक वर्ष २०७४/७५ मा १८ करोड १४ लाख ६५ हजार बेरुजु देखिएको छ।

एन्फा र गोनपाबीच प्रशिक्षण केन्द्र निर्माणको सम्झौता

गोरखा नगरपालिका र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच खेलकुद प्रशिक्षण केन्द्र निर्माण गर्ने सम्झौता भएको छ। जिल्ला फुटबल संघ गोरखाको समन्वयमा सदरमुकाममा बुधवार नगरप्रमुख राजनराज पन्त र एन्फा केन्द्रिय अध्यक्ष कर्माछिरिङ शेर्पाबीच सम्झौता भएको हो।

सुन तस्करको नयाँ ट्रान्जिटः तिब्बत हुँदै गोरखा

उत्तरी गोरखाको धार्चे गाउँपालिका ३ माछाखोला स्थित ओढारमा लुकाएर राखेको अवस्थामा १६ किलो सुन प्रहरीले बिहिवार  बरामद गरेको छ। धार्चे १ यारुबगरका ४० वर्षिय धनकमल गुरुङले छेकम्पारबाट ल्याएको उक्त सुन ओढारमा बोराभित्र सलमा पोको पारेर खाल्डोमा गाडेको अवस्थामा प्रहरीले फेला पारेको हो। बरामद भएको उक्त सुनको बजार मूल्य आठ करोड ८१ लाख रहेको छ।

बाणिज्य बैंक गोरखाका म्यानेजरसहित ६ कर्मचारी बिदामा, सेवाग्राहीलाई सास्ती

राष्ट्रिय बाणिज्य बैंक गोरखा शाखाका प्रबन्धक कपिल कार्कीसहित ६ जना कर्मचारी बिदामा बसेपछि सेवा प्रभावित भएको छ। आइतबार बैंकमा बिहान १० बजे सेवा लिन पुगेकाहरुले दिउँसोसम्म सेवा नपाएको गुनासो गरे। बाणिज्य बैंकका आधिकारीक कर्मचारी बसेर सेवा दिने कुर्सीमा सिकारु (प्रशिक्षार्थी) ले ढिलो गरी बैंकका कर्मचारीलाई सोधखोज गर्दै सेवा दिइरहेका थिए।

खाजाको पैसा बचाएर सिलाइ मेसिन

उनीहरू तालिमपछि आफैँ सिलाइ मेसिन किनेर सिलाइकटाइ गर्ने सोचमा थिए। तर, एकाएक सहभागीको सोच बदलियो। उनीहरूले दैनिक ५० रुपैयाँ खाजा लिएनन्। बरु त्यो पैसाले मेसिन लिने सोच बनाए।

ड्युटीमै रक्सी पिएपछि गोरखाका एसपीको सरुवा

ड्यूटीको समयमा रक्सी पिएर गैरजिम्मेवार भएको भन्दै गण्डकी प्रदेश प्रहरीको कारवाहीमा परेका गोरखाका प्रहरी प्रमुख भोला रावलको काज सरुवा भएको छ। रावलको ६ नम्बर प्रदेश प्रहरी कार्यालय सुर्खेत सरुवा भएको छ भने अपराध महाशाखामा कार्यरत एसपी ओम अधिकारीको गोरखा काज सरुवा भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्