६ आश्विन २०८१ आइतबार
image/svg+xml

पानी छोएको निहुँमा दलितमाथि कुटपिट

गोरखा नगरपालिका–५ कि मनिका सुनारलाई धारामा पानी छोएको भन्दै पम्फा श्रेष्ठले कुटपिट गरेकि छिन्। पँदेलथोकमा रहेको मानेधारामा श्रेष्ठले थापेको पानीको भरिएको गाग्री सारेर पानी पिउन लाग्दा कुटपिट गरेको पीडित ३८ वर्षिया सुनारले नागरिक न्यूजलाई बताईन।

कालोपत्रे सडकमा कच्चीको भाडा

गोरखा–आरुघाट सडक र गोरखा–भच्चेक सडक कालोपत्रे भईसक्दा पनि यातायात ब्यवसायीले भने कच्ची कै भाडा असुलिरहेका छन्  ग्रामिण भेगमा यातायात संचालन गर्दै आएका ब्यवशायीले सडक कालोपत्रे र ग्राबेल भइसक्दा पनि भाडा भने कच्चीहुँदा अनुसार नै लिएको गुनासो यात्रुहरुको छ।

अहिले जस्तो नाङ्गो ब्रह्मलुट कहिल्यै भएको थिएनः राप्रपा अध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले अहिले जस्तो ब्रह्मलुट देशमा कहिल्यै नभएको बताएका छन्। मुक्तिनाथबाट सुरु भएको राष्ट्रिय स्वभिमान यात्राको सोमवार गोरखामा समापन गर्दै उनले भने, ‘अहिले देशमा भएकोजस्तो नाङ्गो ब्रह्मलुट इतिहासमा कहिल्यै भएको थिएन, बिडम्बना भ्रष्टाचार हुन्छ तर कारबाही हुँदैन।’

गोरखा दरबार पुनःनिर्माणमा भएको ढिलाइप्रति सभापति देउवाको चिन्ता

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले ऐतिहासिक गोरखा दरबारको पुनःनिर्माणमा ढिलाइ भएकोप्रति चिन्ता व्यक्त गरेका छन्।

‘रिसोर्ट’ जस्तै बन्यो बारपाकको विद्यालय

स्तरिय भवन, झिलिमिली बत्ती। एउटाबाट अर्को भवनमा जाने ढलान बाटो। उज्यालो र फराकिलो कक्षाकोठा। सफा शौचालय। झट्ट हेर्दा रिसोर्ट जस्तो लाग्ने यो संरचना हो २०७२ बैशाख १२ गते भुकम्पको केन्द्रबिन्दु बारपाकको हिमालय माध्यामिक विद्यालय। पहिलो पटक यो ठाउँमा पुग्ने जो कोहि पनि भन्छन् यो कुन रिसोर्ट हो?

पकाउने कला सिक्दै हाेमस्टे सञ्चालक

गोरखा नगरपालिका–५ पश्लाङका स्थानीयलाई पाहुनालाई कसरी खुसी बनाउने तथा मिठो परिकार कसरी खुवाउने भन्ने चिन्ता। गोरखा सदरमुकाम नजिकै होमस्टे सञ्चालन गर्नु, नजिक रहेका ठूला होटलमा बस्ने पर्यटकलाई होमस्टेसम्म आकर्षित गराउनु यहाँका स्थानीयलाई सजिलो छैन।

बेलायतमा १७ औं गोर्खा कपको तयारी

आगामी आइतवार हुने गोर्खा कपको सबै तयारी पुरा भएको आयोजकले जनाएको छ। आयोजक तमुधिं युकेले आइतवार तमु भवन मिचेडमा आइतवार पत्रकार सम्मेलन गर्दै १७ औं गोर्खा कपको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो।

कुनै पनि बहानामा पानी नरोक्न नगरपालिकाको निर्देशन

गोरखा सदरमुकाममा केही दिनयता पानीको हाहाकार मच्चिएको छ। यहाँका ढुंगेधारामा बिहानैदेखि साँझ अबेरसम्म मानिसको भीड लाग्ने गरेको छ।

जावलाखेललाई सिन्धु कप उपाधि

१० खेलाडीमा सीमित ललितपुरे टोली जावलाखेल युथ क्लबले शनिबार गोरखा ब्वाइजलाई २–० ले स्तब्ध बनाउँदै सिन्धुपाल्चोकमा सम्पन्न चौथो सिन्धु कप फुटबलको उपाधि जितेको छ।

प्रि–क्वार्टर समीकरण पूरा

नेपाल विज्ञापन संघ आनको आयोजनामा जारी दोस्रो ‘नेपाल आइस आन फुटसल टुर्नामेन्ट’ मा समूह ‘सी’ बाट शिलापत्र र जनता टिभी प्रि–क्वार्टरफाइनल पुगेका छन्। सानेपामा रहेको फिल्ड फुटसलमा बुधबार गोरखापत्र संस्थानले खेलाडी नपठाएपछि शिलापत्रले समूहविजेता बन्दै प्रि–क्वार्टरफाइनल स्थान सुरक्षित ग-यो।

गोरखामा भूकम्पको धक्का

गोरखामा भूकम्पको धक्का महसुस गरिएको छ। मंगलबार १२ बजेर ३५ मिनेट जाँदा गोरखाको बोर्लाङ आसपास केन्द्र बनाएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले पुष्टि गरेको छ।

सिर्दिबासमा चामल बिक्री बढ्यो, दुई हजार कोटा थप

उत्तरी गोरखामा खाद्यान्न (चामल) बिक्री बढेको छ। सिर्दिबास र माछाखोलामा चामल ढुवानी गर्दै आएको नेपाल खाद्य संस्थान शाखा कार्यालय गोरखाले बिक्री बढेपछि सिर्दिबासका लागि थप दुई हजार कोटा माग गरेको हो।

गोरखापत्रमा अख्तियारको छापा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामान खरिदमा अनियमितता गरेको उजुरीपछि गोरखापत्र संस्थानमा छापा मारेको छ।

यसरी निर्माण भइरहेछ गुप्सिपाखामा एकीकृत बस्ती (फोटो फिचर)

नेपाली सेना सँगै स्थानीय पनि आफ्नो घरको रङरोगन, ट्रस्ट राख्ने, साना तिना काम सिध्याउने तरखरमा तल्लिन छन्।

भूकम्पले भत्किएका २४३ सम्पदा पुनःनिर्माण अलपत्र

गोरखा भूकम्पको साढे तीन वर्ष बित्दासमेत २४३ सम्पदा पुनःनिर्माणकाे काम भने सुरु हुन सकेको छैन। भूकम्पले भत्किएकामध्ये २०१ पुरातात्विक एवं सांस्कृतिक सम्पदाको पुनःनिर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्