६ आश्विन २०८१ आइतबार
image/svg+xml

‘चाडवाडमा चामल छैन’

उत्तरी गोरखाको डिपोमा चार महिनादेखि चामल ढुवानी हुन सकेको छैन्। खाद्य संस्थान गोरखाले ढुवानी गर्न नसक्दा तिब्बतसँग सिमाना जोडिएको दुर्गम गाउँका सर्वसाधारणले दशैँ तिहार जस्तो ठूला चाडबाडमा चामल किन्न पनि पाएनन्।

गोरखापत्रका महाप्रबन्धकबाट उपाध्यायलाई नहटाउन सर्वाेच्चकाे आदेश

सर्वाेच्च अदालतले गोरखापत्र संस्थानका महाप्रबन्धकबाट बसन्तप्रकाश उपाध्यायलार्इ हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ।

गोरखाको उपहार जाजरकोट दरबारमा भित्रियो

गोरखा राज्यका राजा पृथ्वीनारायण शाहले नेपाल एकिकरण अभियानका क्रममा २ सय ५० वर्षअघि जाजरकोट राज्यलाई उपहार स्वरुप दिएको खड्ग अर्थात तरबार जाजरकोट दरबारमा भित्र्याइएको छ।

फूलपाती सहितको डोली हनुमानढोका दरबार पठाइयो

गोरखा दरबारस्थित दशैँ घरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपाती सहितको डोली पठाइएको छ। विधिपूर्वक पूजाअर्चना गरेर दरबारका सुसारेले मङ्गलबार बिहानको शुभसाइतमा फूलपाती सहितको डोली काठमाडौँ पठाएका हुन्।

समाचारले जुटायो दम्पती

गोरखा नगरपालिका–४ की २० वर्षीया सिर्जना आलेले आइतबार श्रीमान् भेटेकी छन्। अविवाहित युवतीले बच्चा जन्माएर श्रीमान् पत्ता नलागेको, दुःखले गुजारा चलाइरहेको समाचार नागरिक दैनिकमा प्रकाशित भएपछि जनप्रतिनिधि र प्रहरीको सहयोगमा उनले श्रीमान् भेट्टाएकी हुन्।

न भोक न निद्रा, टहरामा बास

डेढमहिने शिशु च्यापेर एउटा सुत्केरीलाई टहरामा गुजारा चलाउन कति सकस होला ? बिहान, दिउँसो र बेलुकी खुवाउने पौष्टिक आहार त परको कुरा, उनले बिहानबेलुका हातमुख जोर्न पनि परिवारको रूखो वचन सहनुपर्छ।

लिगलिगे दौड आगामी २८ गते

दशैंको पूर्वसन्ध्यामा हरेक वर्ष गोरखामा आयोजना हुने नवौं संस्करणको लिगलिगे दौड प्रतियोगिता आगामी असोज २८ गते हुने भएको छ ।

सेवा केन्द्रका अधिकृत काजमा गएपछि नागरिकता बनाउन चार दिन

सिर्दिबासमा रहेको ईलाका प्रशासन कार्यालयमा एक जना अधिकृत स्तरको कर्मचारी नहुँदा स्थानीयले सात महिनादेखि त्यहाँबाट पाउने नागरिकता जिल्ला प्रशासन कार्यालय आएर लिईरहेका छन्। चुमनुब्री गाउँपालिकाको सिर्दिबाटबाट नागरिकता लिन सदरमुकाम आउँदा चार दिन समय र कम्तीमा पाँच हजार खर्च हुने गरेको स्थानीय बताउँछन्।

गोरखाली आऊ, देश बचाऊ

सिंगापुरमा केही हप्ताअगाडि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका राष्ट्रपति किम इल उन भेटे ।

गोरखा फुजेल काण्डका १२ आरोपीलाई सफाई

गोरखाको फुजेलका कृष्णप्रसाद अधिकारीको अपहरणपछि हत्या घटनाका १२ आरोपीलाई जिल्ला अदालत चितवनले सफाई दिएको छ। मुख्य न्यायाधीश कुलप्रसाद शर्माको इजलासले फरार रहेका मुख्य अभियुक्त रुद्र आचार्य बाहेक अन्य सबै आरोपीलाई सफाई दिने फैसला गरेको हो। आयरल्याण्डमा रहेका आचार्यबारे पछि फैसला गरिने अदालतले जनाएको छ।

गोरखा दरबारलाई विश्व सम्पदा सूचीमा राख्न सिफारिस

गोरखाको प्रसिद्ध धार्मिक स्थल गोरखकाली मन्दिर र सँगैको गोरखा दरबारलाई विश्व सम्पदा सूचीमा राख्न प्रस्ताव गरिएको छ। जिल्ला समन्वय समिति गोरखाको बिहीवार बसेको बैठकले ऐतिहासिक धार्मिक धरोहर, नेपालको उद्गम थलो, पृथ्वीनारायण शाहको इतिहास गोरखा दबारलाई विश्व सम्पदा सूचीमा राख्ने निर्णय गरी पर्यटन बोर्डमा पठाएको समितिका प्रवक्ता मानप्रसाद धितालले बताए।

एघार दिनकी शिशुलाई आमाले जिउँदै खाल्डोमा पुरिन्

गोरखाको सिराञ्चोक गाउँपालिका २ खमारीकी रश्मी गुरुङ भण्डारीले ११ दिनकी छोरी टिकालाई खाल्डो खनेर पुरेको खुलेको छ। भदौ ८ गते राती उनले घरबाट ३ सय मिटरमाथि बारीमा खाल्डो खनेर बोरामा राखेर छोरीलाई पुरेको प्रहरीले जनाएको छ।

गोरखाली भाडाका सेना हुन्?

कहिलेकाहीँ गोरखालीलाई भाडाका सैनिक हुन् भनेर लेख्ने र भन्ने गरेको पाइन्छ तर के यो साँचो हो ? नेपालीले र नेपाल सरकारले गोरखाली भाडाका सैनिक होइनन् भनेर मान्ने र भन्ने गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्