६ आश्विन २०८१ आइतबार
image/svg+xml

सेनाको गाडीले ठक्कर दिँदा प्रहरी जवानको मृत्यु

नेपाली सेनाको गाडीले ठक्कर दिँदा गोरखा नगरपालिका ५ पश्लाङका असिम खनखवासको मृत्यु भएको छ। सोमवार राती गोरखा नगरपालिका ६ जिविस चोकमा लु १ ग १३९ नम्बरको नेपाली सेनाको बोलेरो जिपले बा ७३ प ५९५८ नम्बरको मोटरसाईकलमा सवार खनखवासलाई ठक्कर दिएको थियो।

नयाँ घरमा पहिरो, टहरामा वास

ईट्टा सिमेन्टले बनाएको, चिटिक्कको दुई कोठे घर। बिचबिचमा बन्धन राखेर (भुकम्प प्रतिरोधी) बलियो हुने गरी घर तयार भएको तीन महिना भयो। भुकम्पले घर भत्काएर अस्थायी टहरामा झण्डै तीन वर्ष गुजारा चलाउँदाको पिडा बिस्तारै भुल्दै थिए भिमसेन थापा गाउँपालिका १ निवेलका तिलकबहादुर बानियाँ।

पहिलो प्रतिपक्षी दलका नेता भरत शमशेर राणाको निधन

तत्कालिन गोरखा परिषदका अध्यक्ष भरत शमशेर राणाको निधन भएको छ। ९३ वर्षको उमेरमा भारतको कलकत्तामा राणाको आज विहान निधन भएको उनका भतिज तथा पूर्व प्रधानसेनापती गौरव शमशेर राणाले बताए। २०१५ सालको आम निर्वाचन पछि नेपाली कांग्रेस पहिलो पार्टी बनेको थियो भने गोरखा परिषद सदनमा प्रतिपक्षी दलको रुपमा थियो।

चन्द नेतृत्वकाे नेकपाका गोरखा इन्चार्ज पक्राउ

नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा गोरखाका इन्चार्ज योगेन्द्र कुमाललाई प्रहरीले पक्राउ गरेको छ। गोरखा नगरपालिका १२ दशकिलो स्थित घरबाटै उनलाई गोरखा प्रहरीले विहिवार दिउँसो नियन्त्रणमा लिएको हाे।

गोरखामा पहिरोले घर पुरिँदा बालकसहित तीनको मृत्यु

गोरखाको सहिदलखन गाउँपालिका–६ अधेँरीमा पहिरोले घर पुरिँदा आठ महिने वालकसहित तीन जनाको मृत्यु भएको छ।

गोरखा पुगेर पारस शाहले गरे कुलदेवताको पूजा

पूर्व युवराज पारस शाह बुधबार बिहान गोरखा पुगेर शाह बंसका कुलदेवता गोरखकालीको पूजा गरेका छन्। त्यस पछि उनले गोरखा संग्राहालयको अवलोकन गरे।

डा. उपेन्द्र देवकोटालाई जन्मथलो गोरखा लगियो

वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालाई हेलिकप्टर मार्फत जन्मथलो गोरखा लगिएको छ। देवकोटाको जन्मथलो पुग्ने इच्छा अनुसार उनलाई त्यसतर्फ लागिएको हो।

यसरी जोडिँदै छ गोरखा–तिब्बत

पैदल हिँडेर आउजाउ र खच्चडको भरमा उपभोग्य सामग्री ढुवानी गरेर गुजारा चलाउन बाध्य उत्तरी गोरखाका सर्वसाधारणको सडक सपना पूरा हुने भएको छ। नेपाली सेनाले बेनीघाट–आरुघाट–लार्के सडकअन्तर्गत हावाडाँडादेखि १६ किलोमिटर ट्र्याक खोलिसकेको छ। उक्त सडकको माछाखोलासम्म उत्तरी गोरखाका जनताले गाडीमा ढुवानी र आउजाउ पनि गर्न थालिसकेका छन्।

गोरखामा विद्युत अवरुद्ध

भीषण वर्षात सँगैको हावाहुरीले गोरखामा विद्युत सेवा अवरुद्ध भएको छ। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गोरखाका अनुसार गोरखा नगरपालिका ८ नगरपालिका चोक नजिकै रहेको फलामे पोल ढलेपछि विद्युत अवरुद्ध भएको हो।

जापानमा 'गोरखा' भूकम्पको सम्झना

विनासकारी “गोरखा भूकम्प”मा परि निधन भएकाहरूको सम्झनामा जापानको योकोहामा शहरमा श्रद्धाञ्जली सभा गरिएको छ। कानागावा नेपाली समुदायले भूकम्पमा ज्यान गुमाउनेको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना गरेको हो।

सोतीपुलले रोक्यो उत्तरी गोरखाको सडक सपना

आरुघाट गाउँपालिकाको सोती खोला माथिको निर्माणधिन पुल ६ वर्ष पुग्दा समेत बन्न सकेको छैन।

सनराइज र गोरखा डिपार्टमेन्टबीच सम्झौता

सनराइज बैंक र गोरखा डिपार्टमेन्ट स्टोरबीच सनराइजको भिसाकार्डबाट हुने भुक्तानीमा १० प्रतिशतसम्म छुट दिनेसम्बन्धी सम्झौता भएको छ।

बिप्लब माओवादीका गोरखा इन्चार्ज पक्राउ

बिप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गोरखा इन्चार्ज योगेन्द्र कुमाललाई प्रहरीले पक्राउ गरेको छ ।

पुनःनिर्माणका लागि गोरखा दरबार भत्काइयो

भूकम्पले क्षति पुगेको ऐतिहासिक महत्व बोकेको गोरखा दरबार भत्काइएको छ । करिब ४ सय वर्ष पुरानो गोरखा दरबार भत्काएर जगदेखि नै पुनःनिर्माण गर्न लागिएको हो । विसं १९९० को भूकम्पले क्षति नपुगेको दरबार बारपाक केन्द्र रहेर २०७२ बैशाख १२ मा गएको गोरखा भूकम्पले क्षति पुगेको थियो।

हाकिमको मोजमस्तीका लागि गोरखाको पुनः निर्माण गोष्ठी पोखरामा

भूकम्पको केन्द्रबिन्दु जिल्ला गोरखाको पुनः निर्माण सम्बन्धी गोष्ठी पोखरामा गरिएको छ । आजदेखि सुरु भएको दुई दिने गोष्ठी गर्न प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत सहितको पुनः निर्माणमा प्रत्यक्ष संलग्न कार्यालयका प्रमुख, गैरसरकारी संघ संस्थाका व्यक्तिहरू पोखरामा छन् । उक्त गोष्ठी पुनः निर्माण प्राधिकरण गोरखाको आयोजनामा चलिरहेको छ । त्यहाँ दाता भने गोरखामा भूकम्प पीडितका लागि काम गर्न आएका अन्तराष्ट्रिय गैरसरकारी संस्था छन् । प्राधिकरणले एनजिओ/आइएनजिओसँग पैसा उठाएर पोखरामा कार्यक्रम गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्