६ आश्विन २०८१ आइतबार
image/svg+xml

गोरखालाई विकासमा नमुना बनाउँछौ : डा भट्टराई

नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गोरखालाई विकासमा नमूना जिल्ला बनाउने बताए ।ऐतिहासिक, धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण रहेको गोरखामा विकासका पूर्वाधार खडा गरेर नमूना जिल्ला बनाउने प्रण भट्टराईको छ ।

गोरखा भूकम्प : मानवीय क्षतिका कारण सार्वजनिक

२०७२ साल बैशाख १२ मा गएको गोरखा भूकम्पका बेला हडबडाएर हिड्ने वा केहि नगर्ने भन्दा घुँडा टेकी गुडुल्की मारी कुनै ओत लिएर बस्ने मानिसमा चोटपटक कम लागेको एक अध्ययनले देखाएको छ।

मिस गोरखा बनिन् इशा शाह

सौन्दर्यकला व्यवसायी संघ गोरखाले आयोजना गरेको पहिलो मिस गोरखा ब्यूटी एण्ड ब्रेनको उपाधि इशा शाहले हात पारेकी छन् ।

गोरखाली जनताको प्रतिनिधि हुँ: डा. भट्टराई

गोरखा २ मा प्रतिनिधि सभा सदस्य निर्वाचनमा बिजयी भएपछि नयाँ शक्तिका संयोजक डाक्टर बाबुराम भट्टराईले प्रत्येक महिना आफु गोरखा आउने बताएका छन्। आईतवार गोरखा सदरमुकाममा लोकतान्त्रीक गठबन्धनद्धारा आयोजित चुनावी सभामा उनले भने ‘जनताको प्रतिनिधि भएपछि समस्या बुझ्न पनि सक्नुपर्छ, म त्यो थाहा पाउन प्रत्येक महिना गोरखा आउनेछु।’

गोरखा १ मा माओवादीका अधिकारी विजयी

गोरखा क्षेत्र नम्बर १ मा नेकपा माओवादी केन्द्रका हरिराज अधिकारी विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्दी कांग्रेस नेता चिनकाजी श्रेष्ठलाई पराजित गरेका हुन्। अधिकारीले २९ हजार ८ सय ६० मत प्राप्त गरेका छन् भने श्रेष्ठले २६ हजार ६ सय ४३ मत प्राप्त गरे।

गोरखा १ ख मा एमालेका बस्नेत बिजयी

प्रतिनीधि सभा १ को ख प्रदेशमा नेकपा एमालेका रामशरण बस्नेत बिजयी भएका छन्। बिजयी बस्नेतले नेपाली कांग्रेसका उमेद्धवार राजेन्द्र बजगाईलाई तीन हजार छ सय ५५ ले पराजित गरेका हुन् । ३१ हजार एक सय आठ मत खसेको उक्त प्रदेशमा बस्नेतलाई १६ हजार छ सय ५६ र बजगाईलाई १३ हजार एक मत खसेको थियो ।

गोरखामा डा. भट्टराईको 'ह्याट्रिक'

गोरखा क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यमा नयाँ शक्ति पार्टी नेपालका उम्मेदवार डा. बाबुराम भट्टराई विजयी भएका छन्।

गोरखा २ ख मा कांग्रेसका दवाडी बिजयी

गोरखा २ को प्रदेश ख मा नेपाली कांग्रेसका उमेद्धवार प्रकाशचन्द्र दवाडी बिजयी भएका छन् । दवाडीले माओवादी केन्द्रका उमेद्धवार अमर तमुलाई दुई हजार चार सय ४२ मतान्तरले पराजित गरेका हुन्।

गोरखा-२ मा नयाँ शक्तिले खाता खोल्यो

निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश क मा नयाँ शक्तिका उम्मेदवार हरिशरण आचार्य विजयी भएका छन्। उनले तीन हजार दुई सय ७८ मतान्तरले माओवादी केन्द्रका उमेद्धवार कमला नहर्कीलाई पराजित गरेका हुन्।

मुचुल्काभन्दा बढी मत भेटिएपछि गोरखा दुईको मतगणना रोकियो

सबैको चासोको विषय बनेको गोरखा क्षेत्र नम्बर दुईको मतगणना रोकिएको छ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई तथा माओवादी केन्द्रका नेता नाराणकाजी श्रेष्ठ प्रतिष्पर्धामा रहेको उक्त क्षेत्रको मतगणना रोकिएको हो।

गोरखा १'क' को मतगणना रोकियो

गोरखा क्षेत्र नम्बर १ को मतगणनामा विवाद भएको छ। बदर र सदर मतबारे बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच विवाद भएपछि मतगणना रोकिएको छ।

सरकारी अनुदान लिएर गोरखामा ४५ सय घर बने

गोरखा भूकम्प’ गएको तीस महिना हुँदा सरकारी अनुदान रकम लिएर गोरखामा चार हजार ५८५ वटा भूकम्प प्रतिरोधी घर निर्माण भएका छन्। भूकम्पले करिब ७० हजार वटा घर तथा गोठ भत्किएको भए पनि सरकारले ६१ हजार ३०० जना लाई घर बनाउन अनुदान दिने गरी लाभग्राही सूचीमा राखेको छ।

प्रदेश–४ : सुरक्षा निकायको ध्यान गोरखामा

कुनै बेला माओवादी पार्टीभित्र सहयोद्धा रहेका नयाँशक्तिका संयोजक बाबुराम भट्टराई र माओवादी नेता नारायणकाजी श्रेष्ठ गोरखा–२ का उम्मेदवार हुन् । कांग्रेसको साथ लिएर भट्टराई र एमालेसँगको गठबन्धनमा श्रेष्ठ मैदानमा आमनेसामने छन् । त्यसले गर्दा सबैको चासो गोरखा–२ मा छ ।

गोरखामा विप्लपका ८ जना कार्यकर्ता पक्राउ

निर्वाचनमा शान्ति सुरक्षा कायम राख्न भन्दै गोरखामा नेपाल कम्युनिष्ट पार्टी बिप्लव नेतृत्व माओवादीका आठ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पाँच जनालाई शनिवार र तीन जनालाई आज बिहान पक्राउ गरिएको डिएसपी भेषराज रिजालले बताए ।

गोरखा २ मा भट्टराई र श्रेष्ठ भिड्दै

गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ दुवैले जित्ने दाबी गरेका छन् । आइतबार निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएपछि दुवै नेताले आफ्नो जित सुनिश्चित रहेको बताए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्