६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

सेनाको गाडीले ठक्कर दिँदा प्रहरी जवानको मृत्यु

गोरखा- नेपाली सेनाको गाडीले ठक्कर दिँदा गोरखा नगरपालिका ५ पश्लाङका असिम खनखवासको मृत्यु भएको छ। सोमवार राती गोरखा नगरपालिका ६ जिविस चोकमा लु १ ग १३९ नम्बरको नेपाली सेनाको बोलेरो जिपले बा ७३ प ५९५८ नम्बरको मोटरसाईकलमा सवार खनखवासलाई ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भिर घाईते खनखवासको मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा आज राती निधन भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । टोउकोमा गम्भिर चोट लागेका उनलाई दुर्घटना लगत्तै गोरखा अस्पतालमा उपचारपछि थप उपचारका लागि चितवन रिफर गरिएको थियो। दुर्घटना भएको जिप र चालक प्रहरी नियन्त्रणमा छन् । खनखवास दंगा नियन्त्रण प्रहरी गण हेटौँडामा कार्यरत प्रहरी जवान हुन्।

 

प्रकाशित: ३० श्रावण २०७५ ०७:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App