६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

गोरखाका छ स्थानीय तहमा पृथ्वीजयन्तीमा बिदा

गोरखा - यहाँका दुई नगरपालिका र चारवटा गाउँपालिकाले पुस २७ गते (आईतवार) पृथ्वीजयन्तीको अवसरमा सार्वजनिक बिदा दिएका छन्। गोरखा नगरपालिका, पालुङटार नगरपालिका, भिमसेन थापा, सिरानचोक, अजिरकोट र धार्चे गाउँपालिकाले सुचना जारी गर्दै पृथ्वीनारायण शाहको सम्मानमा बिदा दिएको उल्लेख गरेका छन्।

आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको योगदानलाई कदर गर्दै र इतिहास सुरु भएको गोरखा जिल्लामा उनको सम्मान स्वरुप बिदा दिएको स्थानीय तहका प्रमुखहरुले बताएका छन्। नेपाल एकिकरणको सुरुवात गोरखाका तत्कालिन राजा पृथ्वीनारायण शाहाले गरेको हुँदा इतिहासको संरक्षण गर्न एक दिन बिदा दिएर उत्सवको रुपमा राष्ट्रिय एकता दिबस (पृथ्वीजयन्ती) मनाउने निर्णय भएको गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले बताए।

गोरखा नगरपालिकाले शनिवार पृथ्वीजयन्तीको पूर्व सन्ध्यामा गोरखा सदरमुकामको बजार क्षेत्रमा सरसफाई र पृथ्वीनारायण शाहको एकिकरण संम्बन्धि प्रवचन गरिसकेको छ। आईतवार झाँकी,¥याली सहित गोरखा संग्राहालयमा रहेको पृथ्वीनारायण शाहको शालिक परिसरमा कार्यक्रम गर्ने तयारी रहेको नगरपालिकाले जनाएको छ।

 

प्रकाशित: २६ पुस २०७६ ११:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App