६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

गोरखा नगरपालिकाले मुख्य बजार क्षेत्रमा क्लोरिन झोल छर्कियो

गोरखा बजार क्षेत्रमा क्लोरिन छर्कँदै गोरखा नगरपालिकाका कर्मचारी । तस्बिर : नरहरि/नागरिक

गोरखा- विश्वव्यापी फैलिएको कोरोना भाइरसको संभावित संक्रमण रोकथामका लागि गोरखा नगरपालिकाले शनिबारदेखि बजार क्षेत्रमा विषादी (क्लोरिन झोल) छर्कन थालेको छ। ‘बाहिर भएका किटाणुहरुबाट सर्वसाधारणलाई असर नहोस भन्ने धेयले थप सुरक्षित र वातावरण सफा राख्न क्लोरिन छर्किएका हौँ’ नगरप्रमुख राजनराज पन्तले भने।

शनिबार दिउँसो सदरमुकामको खोलखोलेदेखि हरमटारी, बसपार्क आसपासको क्षेत्रमा नगरपालिका स्वास्थ्य शाखा एवं सरसफाई शाखाका कर्मचारीले क्लोरिन छर्किएका हुन्। उक्त समयमा घरबाहिर ननिस्कन सर्वसाधारणलाई नगरपालिकाले सार्वजनिक सूचना जारी गरि अनुरोध गरेको थियो।

खाद्य सामग्री, लत्ताकपडा सुरक्षित राख्न समेत सर्वसाधारणलाई अनुरोध गरेर झोल छर्किको स्वास्थ्य शाखाका प्रमुख इश्वर रेग्मीले बताए। शनिबार दुई हजार लिटर पानीमा क्लोरिन झोल राखेर बजार क्षेत्रमा छर्किएको थियो। आइतबार पनि सदरमुकाम बाहिरका बजार क्षेत्रमा छर्किने कार्यक्रम रहेको नगरपालिकाले जनाएको छ।
 

 

प्रकाशित: १५ चैत्र २०७६ १२:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App