१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

बहराइनका राजकुमार उत्तरी गोरखा पुगे

मनास्लु चढ्न उत्तरी गोरखा पुगेका बहराइनका राजकुमार सहितको टोली। तस्विर सौजन्य: सेभेन सम्मिट ट्रेक्स।

बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफासहित २१ जनाको टोली गोरखाको सामागाउँमा पुगेको छ। मंगलबार बिहान हेलिकोप्टर मार्फत् राजकुमारको टोली उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ सामागाउँमा पुगेको हो। राजकुमार समागाउँ पुगेको खुसीयालीमा स्थानीयले आफ्नै धार्मीक सांस्कृतीक पहिरनमा सजाउनुका साथै गीत गाएर स्वागत गरेको वडाध्यक्ष वीरबहादुर लामाले बताए।

राजकुमार सेख मोहम्मतको हिमाल आरोहणका लागि सेभेन सम्मिट ट्रेक्स प्रालिले व्यवस्था मिलाएको छ। आरोहण टोलीमा बहराइनका शाही परिवार, सुरक्षा टोली, नेपाल तथा हल्याण्डका आरोहण गाइडसहित २१ जना रहेको बताइएको छ। हिमाल आरोहण गर्न बुधबार टोली बेसक्याम्प तर्फ गएको छ। अक्टोबर १५ देखि २० तारेखभित्र ८,१३० मिटर अग्लो मनास्लु हिमाल आरोहण गरिसक्ने कार्यक्रम रहेको छ।

मनास्लु आरोहणको तयारीका लागि ७५ जनाको टोली एकसाताअघि नै मनास्लु आधार शिविर पुगिसकेको थियो। राजकुमारको आरोहण टोलीलाई हल्याण्डका अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक अर्नाल थ्रेस्टरले गाइड गर्नेछन्। यसअघि राजकुमारको टोलीले गत शनिबार सोलुखुम्बु जिल्लाको ६,११९ मिटर अग्लो लुबुचे हिमालको आरोहण गरेका थिए।

प्रकाशित: २२ आश्विन २०७७ ००:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App