७ वैशाख २०८१ शुक्रबार
समाज

आईसियु खाली, बिरामी रिफर

गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले गर्ने नियमित ब्रिफिङमा गोरखा अस्पतालमा रहेका आईसियू सँधै रित्तै देखिन्छ । मानौँ गोरखामा आईसियुमा राखेर उपचार गर्ने कोरोना संक्रमित नै छैनन् । तर यस्तो होईन, आईसियुमा राखेर उपचार गर्नुपर्ने अवस्थाका तीनजना बिरामीलाई गोरखा अस्पतालले एक सातायता अन्यत्र रिफर गरिसक्यो । तर पनि यहाँको आईसियुमा राखेर भने उपचार हुँदैन ।  

छिमेकी जिल्लाका मानिसलाई आफ्नो जिल्लामा आईसियु खाली नहुँदा समस्या प¥यो भने गोरखामा उपचार गराउँछु भन्ने लागेको छ भने पनि आश नगर्नु । किनकी यहाँको अस्पतालमा आईसियु जडान भएको करिब १० महिना बित्यो । तर, गोरखा अस्पतालले कोरोना संक्रमितको लागि उक्त आईसियु प्रयोग गर्न सकेको छैन ।  

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको सहयोगमा गतवर्ष गोरखा अस्पतालमा एउटा भेन्टिलेटर सहितको आइसियु कक्ष निर्माण गरिएको थियो । यो सँगै योजना परेको बाग्लुङमा गोरखामा भन्दा दुई महिना अघि तयार भएर प्रयोगमा आएको थियो । अहिले त्यहाँको अस्पतालले आईसियुमा राखेर कोभिडको बिरामीलाई पनि सेवा दिन्छ ।  

आइसियु र भेन्टिलेटर पोष्ट अपरेशनका बिरामीका लागि मात्र प्रयोग हुने अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट शान्ति भुर्तेलले बताईन् । अहिलो गोरखा अस्पतालसँग भएको आईसियुमा कोभिडको बिरामीका लागि आवश्यक पर्ने नियमित संचालनको उपकरण नभएको उनले बताईन । ‘आईसियु छ तर त्यसको पुरा सिस्टम छैन,’ उनले भनिन् । शल्यक्रिया गर्नुपर्ने र गरिसकेका बिरामीका लागि छोटो समयका लागि मात्रै आइसियु प्रयोग गर्न मिल्नेछ ।  

आइसियु कक्षका लागि उपयुक्त भौतिक पूर्वाधार नरहेको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले बताए । भुकम्पमा भत्किएको गोरखा अस्पताल अहिले पुननिर्मण भईरहेको छ । गत साउनमा स्वास्थ्य मन्त्रालयबाट प्राप्त ९० लाख रुपैयाँमा अस्पतालमा दुईवटा बेड रहेको आइसियु कक्ष निर्माण गरिएको थियो ।  गोरखा अस्पतालको सुबिधा सम्पन्न भबन निर्माण भईरहेको छ । नयाँ भनमा सरेपछि सेवाको गुणस्तर बढाउन सकिने अस्पतालले जनाएको छ ।

प्रकाशित: १६ वैशाख २०७८ ०८:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App