coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बालिका बलात्कार गरि फरार रहेका पुरुष बच्चा जन्मिएको तीन महिनापछि पक्राउ

१४ वर्षीया बालिकालाई बलात्कारपछि फरार रहेका ६५ वर्षीय तुलबहादुर थापालाई गोरखा प्रहरीले पक्राउ गरेको छ। गोरखा नगरपालिका वडा नम्बर ८ का थापाले २०७७ वैशाख ११ गते जंगलमा निउरो खोज्न गएकी बालिकालाई बलात्कार गरेका थिए।  

बालिकालाई ललाई फकाई, प्रलोभन देखाएर बलात्कार गरेको घटना २०७७ मंसिरमा मात्रै परिवारले थाहा पाएका थिए। बालिकाको पेटमा बच्चा रहेको थाहा पाएपछि बालिकाको बाबुले मंसिर २३ गते जिल्ला प्रहरी कार्यालयमा थापाविरुद्ध जाहेरी दिएका हुन्।  

प्रहरीमा जाहेरी दिएको थाहा पाएपछि फरार रहेका प्रतिवादी थापालाई गोरखा प्रहरीले बिहिबार गोरखा नगरपालिका वडा नम्बर १३ मझुवा देउरालीबाट पक्राउ गरेको डिएसपी प्रकाश दाहालले बताए।  

बालिकाको पेटमा ३० हप्ताको गर्भ रहेको र गर्भपतन गराउन नमिल्ने अवस्था भएको चिकित्सकले बताएपछि बालिकाले फागुन ३० गते पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा छोरा जन्माएकी थिइन्। बालिकालाई उपचारमा थ्रि एन्जल्स नेपाल पोखराले सहयोग गरेको थियो। अहिले भने उनी आफ्नै परिवारको संरक्षणमा छिन्। लामो समयदेखि गोरखा प्रहरीले पिडक थापाको खोजी गरेपनि पक्राउ गर्न सकेको थिएन।  

उनी भारत गएर बसेको र कोरोना संक्रमण तथा निषेधाज्ञाका समयमा उनी फर्कन सक्ने भन्दै गोरखा प्रहरीले खोजी तीव्र बनाएको गोरखाका प्रहरी प्रमुख एसपी शेखर खनालले बताए। ‘यो समयमा फर्कन सक्ने भएकाले नाकामा निगरानी गरेका थियौँ’, उनले भने, ‘गोरखा भित्रने नाकाबाट पक्राउ गरेका हौँ।’  

उनीविरुद्ध गोरखा जिल्ला अदालतमा मुद्दा दायर भएको छ। अदालतले थापालाई तत्काल पूर्पक्षका लागि थुनामा पठाउन सक्छ। उनलाई कैद सजाय र बालिकालाई प्रतिवादीबाट क्षतिपूर्ती भराउने, राज्यबाट अन्तरिम क्षतिपूर्ती पनि उपलब्ध हुने कानुनी ब्यवस्था छ। प्रतिवादी थापा भुतपूर्व नेपाली सेना समेत हुन्।

प्रकाशित: २३ वैशाख २०७८ १५:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App