९ कार्तिक २०७८ मंगलबार

बालकमाथि यौनजन्य गतिविधि गरेकाे आरोपमा विदेशी नागरिक पक्राउ

प्रहरीले पोखराबाट एक जना विदेशी नागरिकलाई बालबालिकाविरुद्धको कसुर गरेको अभियोगमा पक्राउ गरेको छ।

सामूहिक बलात्कार घटनाका फरार आरोपित पाँच र भगाउन सहयोग गर्ने छ जना पक्राउ

सर्लाहीको हरिवन नगरपालिका–८ मा नातामा भई पर्ने ईश्वर आलेको घरमा बस्दै आएकामा उनीहरु बर्दिबासबाट भारततर्फ जाने तयारी गरेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक लामाले जानकारी दिए।

सीके राउत पक्राउ गर्न माग गर्दै माईतीघरमा प्रदर्शन

नेपाल इन्जिनियर्स एशोसिएशन, वागमती प्रदेश र निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले माईतीघर मण्डलामा बिरोध प्रदर्शन गरेको छ।

मोतीपुर औद्योगिक क्षेत्रः जग्गा कब्जा गर्ने समूहका अली पक्राउ

प्रहरीका अनुसार अलीले सरकारी जग्गा अतिक्रमणका लागि मानिसलाई उक्साउने, टोली गठन गर्ने, जग्गा बाँडफाँट गर्ने, त्यसका लागि समिति बनाउने, ब्यानर बनाउने, बैठक बसी माइन्युटिङ गर्नेलगायतका कामको नेतृत्व गरेका थिए।

'दाेषी खुलेआम हिडिँरहेको छ, हामीलाई पक्राउ गरेर के पाउँछ सरकार?'

जबसम्म न्याय पाउँदैनौ तबसम्म सरकारको ढोका ढक्ढक्याइरहन्छौं' उनले थपे, 'सरकारले जाे पीडित छ उसलाइ नै झन् पिडा दिने काम गरिरहेकाे छ। दाेषी खुलेआम हिडिँरहेको छ। हामीलाई पक्राउ गरेर के पाउँछ सरकार? उनले आक्राेश पाेख्दै सुनाए।

सङ्गठितरुपमा सहकारी ठगीको आरोपमा १२ पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी) काअनुसार सहकारी ठगी गरेको आरोपमा प्रहरीले पूर्वकर्मचारीसहित विभिन्न पदमा कार्यरत १२ जनालाई पक्राउ गरेको छ।

पटकासहित दुई जना पक्राउ

प्रहरीले दुहवी वडा नं.१ परासटोकी एरियामा चेकजाँचका क्रममा गढी गाउँपालिका वडा नं.३ का ५५ वर्षे ईन्द्र नारायण साहवाट किङ् कोब्रा लेखिएको १४ वन्डल पटका वरामद गरिएको जनाएको छ। साहले सेतो प्लाष्ट्रिकको वोरामा प्याकिङ् गरी काँधमा वोकि आईरहेको बेला पक्राउ गरेको हो।

जबरजस्ती करणी गरि फरार आरोपमा पाँच जना पक्राउ

साँझको समयमा ‘इभिनिङ् वर्क’ गरेर घर फर्कदै गरेकी सुनसरी इटहरीकी एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा १२ देखि १६ वर्ष उमेर समूह भित्रका रहेकाे प्रहरीले जनाएकाे छ।

हत्या आरोपमा दुई पक्राउ

बैतडीको दशरथचन्द नगरपालिका–५ दमरखोलीका ३० वर्षीय विजय भाटको हत्या आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। सोही ठाउँका अशोक नाथ र महेश नाथलाई आइतबार घरबाटै नियन्त्रण लिइएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए।

वृद्धामाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

बिहीबार साँझ ६ बजेको समयमा जिल्लाको चौदण्डीगढी नगरपालिका ५ द्वारखोला जंगलमा ५९ वर्षीया वृद्धामाथि जबरजस्ती करणी गरेको आरोपमा सोही ठाउँका ३० वर्षीय मुकेश विक पक्राउ परेका हुन्।

पशुपतिको बाबामाथि खुकुरी हान्ने व्यक्ति पक्राउ

काठमाडौंस्थित पशुपतिमा बाबामाथि खुकुरी प्रहार गरी फरार रहेको एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ।

मुस्कानलाई एसिड छ्याप्ने सम्साद मियाँ पुनः पक्राउ

२ वर्ष अगाडि वीरगन्जमा किशोरी मुस्कान खातुन उपर एसिड प्रहार गर्ने युवकलाई पर्सा प्रहरीले पुनःपक्राउ गरेको छ।

प्रतिबन्धित लागुऔषधसहित पाँच जना पक्राउ

मोरङको छुट्टा–छुट्टै दुई स्थानबाट लागुऔषध र प्रतिबन्धित औषधिसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। सुनवर्षी र विराटनगरबाट लागुऔषध र प्रतिबन्धित औषधिसहित पक्राउ परेका हुन्।

चरित्रहत्या गरेको आरोपमा चार युट्युबर पक्राउ

युट्युब च्यानल सञ्चालन गरी तस्बिरसहितको सामग्री (भिडियो अन्तरवार्तासमेत) प्रसारण गरी महिलाको चरित्रहत्या गरेको आरोपमा प्रहरीले चार युट्युबरलाई आज पक्राउ गरेको छ।

मिर्गौला पीडितको नाममा ठगी गर्ने पक्राउ

मिर्गौलापीडित सहयोग रसिदमार्फत अवैध रुपमा पैसा उठाउनेलाई प्रहरीले पक्राउ गरेको हो। पाल्पा सदरमुकाम तानसेनबाट नगदसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्