५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

३५ किलोमिटर पक्की सडक थपिँदै गोरखामा

गोरखामा ३५ किलोमिटर पक्की सडक थपिने भएको छ। ढुंगागाढे–बुंकोट १२ किलोमिटर र चोरकाटे–चित्रेपोखरीको १० किलोमिटर थपहुने पूर्वाधार विकास कार्यालयले जनाएको छ। गोरखा–फिनाम सडक खण्डको चारसहित २६ किलोमिटर सडक प्राथमिकतामा परेको योजना हो।  

‘अन्य साना योजनामा ढलान हुने, थोरै पक्की हुने गरी करिब ३५ किलोमिटर सडक असार अगाडि नै पक्की हुन्छ,’ पूर्वाधार विकास कार्यालय प्रमुख दयाराम अधिकारीले भने। २५ किलोमिटर सडक भने ग्राभेल हुनेछ। यसअन्र्तगत ढोडेनी–अजिकोटको १४ किलोमिटर, रबर उद्योग–गोप्लिङ हुँदै पालुङटार नगरपालिका क्षेत्र जोड्ने ८ किलोमिटर गरी २२ किलोमिटर योजना अन्तर्गत नै ग्राभेल हुनेछ। बाँकी ३/४ किलोमिटर साना योजनामा ग्राभेल हुने प्रमुख अधिकारीले बताए।  

प्रादेशिक ‘ख’अन्तर्गत १४ योजनामध्ये चारवटा सम्पन्न भएको उनले बताए। ‘असारसम्म बाँकी पनि सकिन्छ,’ उनले भने। प्रादेशिक सडक ‘ग’ अन्तर्गत २५ वटा असारभित्र सक्नुपर्नेमा १० वटा सकिएको र बाँकी सञ्चालन भइरहेका छन्। अन्य तीनवटा सडक योजनामा एउटा सकिएको छ। एउटा निर्माणाधीन छ भने अर्को क्रमागत योजना रहेको कार्यालय प्रमुख अधिकारीले बताए।  

स्थानीय तह बारपाक सुलिकोट, धार्चे र गण्डकी गाउँपालिकाको केन्द्र जोड्ने तीनवटा सडक योजना क्रमागत रहेको र अहिले काम भइरहेको छ। चालु वर्षभित्र मर्मत गर्नुपर्ने २७ वटा सडक योजनामध्ये ३ वटा सकिएको र असारसम्म सबै सकिने कार्यालय प्रमुख अधिकारीले बताए। ‘१० देखि १५ लाखका सामुदायिक भवन मर्मत सुधारको ११ वटा योजना सबै असारमा सक्छौं,’ उनले भने ‘सहकारी विकास तथा भवन र पार्क निर्माणका ६ वटा योजनामा एउटा मात्रै सकिएको छ।’ 

प्रकाशित: १६ चैत्र २०७७ ०२:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App