५ आश्विन २०८१ शनिबार
image/svg+xml

अध्यक्षले एकलौटी गरेको भन्दै गाउँसभा बहिष्कार

उपाध्यक्षलाई भूमिका विहिन बनाइएको, बहुमतको दम्भमा योजना कार्यपालिकामा पेश गरेका, उपाध्यक्षको संयोजकत्वमा निर्माण हुने न्यायिक समिति गठनमा बिना परामर्श सदस्यहरु प्रस्ताव गरेको, विकास समिति, सुशासन समिति, लेखा समितिमा एकलौटी गरेको आरोप २० जना गाउँ सभा सदस्यहरुले लगाएका छन्।

मान्बु पहिरो विस्थापितलाई त्रिपाल

जोखिमा रहेका घरबाट बुधबार राती स्थानीय सुरक्षित ठाउँमा सरेको र अन्नपात, पशुवस्तु भने बिहीबार बिहान सारिएको आरुघाट गाउँपालिका अध्यक्ष राजु गुरुङले बताए। ‘केही वस्तुभाउ बगाएको, मरेको छ, शुरक्षाकर्मीको सहायताले उद्धार गरेका छौँ’ उनले भने।

गोरखा सदरमुकामको नालीमा युवकको शव भेटियो

गोरखा सदरमुकाममा एक युवकको शव भेटिएको छ। गोरखा नगरपालिका –८ स्थित नगरपालिका जाने सडकको नालीमा बिहिबार बिहान २४ वर्षीय अनिशआले मगरको शव भेटिएको हो।

गाउँपालिकाको योजना भुक्तानी दिन हेलिकोप्टर चार्टर

सडक सञ्जाल नजोडिएको गोरखाका चुमनुब्री गाउँपालिकामा हेलिकप्टरबाट पैसा ढुवानी गरिएको छ।

गाउँपालिकाको योजना भुक्तानी दिन हेलिकप्टर चार्टर गरेर पैसा ढुवानी

‘गाडी आउने बाटो छैन, हामीले जनताको सेवाका लागि हेलिकप्टर चार्टर गरेर पैसा ल्याएका हौँ’ कुमारी बैंक सिर्दिबास शाखाका म्यानेजर कृष्ण पोखरेलले भने। पैसा ल्याएसँगै चालु वर्ष गाउँपालिकाबाट संचालित योजनाको भुक्तानी धमाधम भइरहेको उनले बताए।

गोरखा बजार र बारपाकको ढल व्यवस्थापन अन्यौलमा

पहिलो पटक ‘मेगा प्रोजेक्ट’ को रुपमा सञ्चालन गर्न लागिएको गोरखा बजार र बारपाक (ठूलोगाउँ) को ढल व्यवस्थापनको काम अन्यौलमा पुगेको छ।

अदालतका तहसिलदार घुससहित पक्राउ

गोरखा जिल्ला अदालतका तहसिलदार रामचन्द्र केसी घुससहित पक्राउ परेका छन्। बिहिबार राती अदालत नजिकैको एक होटलमा सेवाग्राहीसँग घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखराको टोलीले उनलाई पक्राउ गरेको हो।

स्थानीयको सक्रियतामा गोरखाकै जेठो त्रिभुवन पुस्तकालय भवन निर्माण

स्थानीयको सक्रियतामा गोरखाकै जेठो पुस्तकालय ‘त्रिभुवन पुस्तकालय’ को नयाँ भवन निर्माण भएको छ।

माटोमा अम्लियपन धेरै हुँदा सुन्तला उत्पादन घट्दो

वर्षेनी गोरखामा सुन्तला उत्पादन घट्दो क्रममा छ। उत्पादन घटेपछि कतिपय किसानले बगैँचा मासेर अन्य खेती गर्न थालेका छन्।

खेलबाट विपद जोखिम न्यूनीकरण शिक्षा

गोरखाका विभिन्न १६ विद्यालयका विद्यार्थीलाई खेलमार्फत विपद् जोखिम न्यूनीकरण शिक्षा दिइने भएको छ।

करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु

करेन्ट लागेर नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गोरखामा काम गर्ने एक कर्मचारीको मृत्यु भएको छ।

जिल्ला समन्वय समिति गोरखामा माओवादी उम्मेदवार सर्वसम्मत

जिल्ला समन्वय समिति गोरखामा माओवादी केन्द्रका उम्मेदवार सर्वसम्मत चयन भएका छन्। समन्वय प्रमुखमा गोरखा नगरपालिकाका मोहनबहादुर थापा मगर, उपप्रमुखमा शहीद लखनथापा गाउँपालिकाकी लिला परियार चयन भएका हुन्।

४४ करोडको आयोजना बनेपछि पनि गोरखामा पानी हाहाकार!

४४ करोड लागतमा दरौँदी लिफ्टिङ खानेपानी आयोजना निर्माण भएपनि गोरखामा पानीको समस्या दिर्घकालीन रुपमा समाधान हुन सकेको छैन। उक्त आयोजना निर्माण पूरा भएर पानी वितरण सुरु भएको तीन महिना भयो।

ठूला नेता कोही वडामै कोही पालिकामा पराजित

गोरखाका शीर्ष नेताहरु कोही वडामै कोही पालिकामा पराजित भएका छन्। जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आफ्नो गृह नगर जोगाउन सकेनन्।

प्रधान सेनपातिद्वारा बेनीघाट-लार्के सडकको बेलिब्रिज उद्घाटन

गोरखाको बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक अन्तर्गत माछाखोलामा निर्माण भएको बेलिब्रिज बिहीबारदेखि सर्वसाधारणका लागि खुल्ला भएको छ। प्रधानसेनापति प्रभुराम शर्माले उक्त पुलको उद्घाटन गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्