२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अध्यक्षले एकलौटी गरेको भन्दै गाउँसभा बहिष्कार

गोरखाको भिमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बञ्जाराले गाउँसभामा एकलौटी निर्णय गरेको भन्दै २० जना सदस्यहरुले गाउँसभा बहिष्कार गरेका छन्।

बजेट निर्माणका क्रममा योजना तर्जुमा समितिको संयोजक उपाध्यक्ष रहने व्यवस्था बमोजिम उक्त समितिले योजना बनाउने क्रममा गाउँपालिका अध्यक्षद्वारा योजना निर्माणमा हस्तक्षेप गरेको उपाध्यक्ष अमृतादेवी भट्ट वस्तीले बताइन्।

उपाध्यक्षलाई भूमिका विहिन बनाइएको, बहुमतको दम्भमा योजना कार्यपालिकामा पेश गरेका, उपाध्यक्षको संयोजकत्वमा निर्माण हुने न्यायिक समिति गठनमा बिना परामर्श सदस्यहरु प्रस्ताव गरेको, विकास समिति, सुशासन समिति, लेखा समितिमा एकलौटी गरेको आरोप २० जना गाउँ सभा सदस्यहरुले लगाएका छन्।

शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै गाउँसभा सदस्यहरुले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १७ को उपदफा ३ बमोजिम स्पष्ट रुप्मा कार्यपालिकाको बैठकको निर्णय सर्वसम्मति गर्नुपर्ने व्यवस्थापन हुँदाहुँदै प्रयास नै नगरेको र आफूखुसी निर्णय गरेको बताएका छन्।

असार ३० गते गाउँ सभा भएको र गाउँ सभाको निर्णय प्रमाणीकरण हुन बाँकी रहेकाले त्यसपछि मात्रै सार्वजनीक गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले बताए।

प्रकाशित: ३१ असार २०७९ ०७:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App