४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

स्याउ तस्करी काण्डः प्रहरी निरीक्षकसहित आठ जना प्रहरी कारबाहीमा

स्याउ तस्करीमा संलग्नता देखिएपछि सुनसरीमा कार्यरत चार जना सशस्त्र र चार जना जनपथ प्रहरी कारबाहीमा परेका छन्।

क्रसरका डन हौस्याउँदै सरकार

सरकारले बजेट भाषणमार्फत ढुंगागिट्टी, बालुवाको निकासी खुला गर्ने भनेसँगै कानुन मिचेर क्रसर चलाइरहेका डनहरू हौसिएका छन्।अहिलेसम्म कानुन कार्यान्वयन गराउने सरकारी अंगलाई रिझाएर चलाइरहेको अवैध धन्दा चलाउन अब सरकारबाटै लाइसेन्स पाउने भएपछि उनीहरू हौसिएका हुन्।

जुम्ला बन्यो नेपालकै ठूलो फुजि स्याउको बगैँचा

जुम्लाको गुठिचौर गाउँपालिका ५ काडाखोला जलजलामा नेपालकै ठूलो फुजि स्याउँ बगैचा स्थापना भएको छ । गुठिचौर एग्रो फार्म प्रा.लि.का अध्यक्ष मिनबहादुर भण्डारीले उच्च घनत्व जातको आधुनिक स्याउ बगैँचा निर्माण गरेका हुन् । झण्डै ८ करोड रुपैयाँको व्यक्तिगत लगानीमा बगैँचा निर्माण गरिएको हो ।

स्याउ फुलेर सेताम्य जुम्लाको सैनिक ब्यारेक

जुम्लामा रहेको नेपाली सेनाको श्री नम्बर २४ बाहिनी अड्डामा स्याउ फुलेर सेताम्य भएको छ । ब्यारेक वरिपरि स्याउ फुलेको दृश्यले बाहिनीको सुन्दरता नै बेग्लै छ । ब्यारेक भित्रको कुनै पनि जमिन खाली छैन ।

स्याउ खेती बिमामा किसानको आकर्षण

यो वर्ष कर्णालीका किसानले साढे २ करोड रूपैयाँ बराबरको बिमा रकम भुक्तानी पाएका छन्। खराब मौसमले गर्दा स्याउ फलेन। किसानले बिमा गरे। क्षतिपूर्ति स्वरूप बिमा रकम पाए। ‘स्याउ खेती बिमा सुरु भएपछि हामीलाई निकै फाइदा पुगेको छ,’ पातारासी गाउँपालिकाका स्याउ किसान अधिराज बिष्टले भने।

लोमान्थाङलाई स्याउ जोन बनाइँदै

‘लोमान्थाङको दुराङमा स्याउ जोन बनाउने अभियानलाई सार्थकता दिन दोस्रो चरणको स्याउको बेर्ना रोपिएको छ,’ उनले भने, ‘बेर्ना स्थानीयले रोपिरहेका छन्। व्यवस्थापन तथा रेखदेख स्थानीयले नै गर्नेछन्।’ उनका अनुसार दुराङ सिर्जनशील कृषि समूहले व्यवस्थापन गर्दै आएको छ।

स्याउ उत्पादनमा दोब्बर गिरावट

यो वर्ष जुम्लाको स्याउ उत्पादनमा दोब्बर गिरावट आएको छ। गत वर्षको तुलनामा यो वर्ष स्याउमा दोब्बर गिरावट हो। वर्षेनी स्याउको माग बढिरहँदा उत्पादनमा गिरावट आउन थालेपछि किसान निकै चिन्तित छन्।

जुम्ली स्याउका विरुवा निर्यात सुरु

जुम्लाका किसानले उत्पादन गरेका स्याउका विरुवा जिल्लाबाहिर निर्यात हुन सुरु भएको छ। जिल्ला बाहिरका किसान जुम्ली स्याउको विरुवा लिन नर्सरीमै पुग्ने गरेका छन्। यो वर्षमा पहिलो पटक दाङ जिल्लामा स्याउ विरुवा निर्यात भएको हो।

नेपाली स्याउले बजार पाएन, विदेशबाट साढे चार अर्बको आयात

डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालिकोट, रुकुम, मनाङ र मुस्ताङ जिल्लामा स्याउखेती हुन्छ। ती जिल्लामा उत्पादित स्याउ ढुवानी गरेर काठमाडौंलगायत सहरमा पु-याउन नसक्दा समस्या भएको छ।

मुस्ताङमा स्याउ उत्पादन ३० प्रतिशत घट्ने

स्याउको फूल फुल्ने बेला पानी पर्दा त्यसको पोलिन नामको तत्व पखालिँदा उत्पादन प्रभावित हुने शितोष्ण बागवानी विकास केन्द्रको भनाइ।

मनास्लुमा बृहत् स्याउ फार्म

तीन सय रोपनी जमिनमा चार हजार तीन सय ७० विरुवा रोपिएको छ। अर्गानिक स्याउ, जुस, जाम र वाइन उत्पादन गर्ने योजना।

कर्णालीमा स्याउ बिमा प्रभावकारी बन्दै

स्याउको पकेट क्षेत्र मानिएको कर्णालीमा स्याउ बिमा कार्यक्रम प्रभावकारी बन्दै गइरहेको छ। यहाँको जुम्ला, मुगु र कालिकोटमा लागु भएको स्याउ विमा कार्यक्रम प्रभावकारी बनेपछि विमा गर्नेहरुको संख्या पनि बढ्दै गएको  हो। थोरै लगानीमा धेरै रकम प्राप्त हुने भएपछि किसानको स्याउ बिमा प्रतिको आकर्षण बढ्दो छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्