४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कर्णालीमा स्याउ बिमा प्रभावकारी बन्दै

जुम्ला– स्याउको पकेट क्षेत्र मानिएको कर्णालीमा स्याउ बिमा कार्यक्रम प्रभावकारी बन्दै गइरहेको छ। यहाँको जुम्ला, मुगु र कालिकोटमा लागु भएको स्याउ विमा कार्यक्रम प्रभावकारी बनेपछि विमा गर्नेहरुको संख्या पनि बढ्दै गएको  हो। थोरै लगानीमा धेरै रकम प्राप्त हुने भएपछि किसानको स्याउ बिमा प्रतिको आकर्षण बढ्दो छ।

 कर्णालीका स्याउ फल्ने तीन जिल्लामा स्याउका बिरुवाको विमा गर्ने सरकारी कार्यक्रम चलेको छ। यो वर्षको सिजनका लागि जुम्लमा ९ सय किसानले ५० हजार स्याउका बिरुवाको विमा गरेका छन्। त्यस्तै मुगुमा ३ सय किसानले १९ हजार स्याउका बिरुवा र कालिकोटमा ३ सय जना किसानले २६ हजार स्याउका बिरुवाको विमा गरेका छन्। 

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउका कारणले गर्दा धेरै किसानले आफ्नो बगैँचामा रहेका स्याउको विमा गर्न नपाएको स्याउ विमा गर्ने कम्पनी शिखर इन्सोरेन्स जुम्लाले जनाएको छ। स्याउको विमा गर्न किसानले सम्पर्क गरेपनि लकडाउनमा बैंक नखुलेको र मानिसहरु एक ठाउँबाट जान नसक्ने अवस्था भएकोले समस्या भइरहेको छ। 
जुम्लामा सबैभन्दा बढी स्याउको बिमा गरिएको शिखर इन्सोरेन्सका क्षेत्रीय प्रवन्धक ऋषिराम पाण्डे बताउँछन्। उनले भने,‘ पछिल्लो समयमा स्याउको विमा गर्ने किसानको संख्यामा उल्लेख्य बृद्धि भइरहेकोछ। यो विमाले स्याउ किसानलाइ समेत सुरक्षित गरेको छ।’ कर्णाली क्षेत्रमै सबैभन्दा धेरै जुम्लामा ५० हजार स्याउको बिरुवाको विमा गरिएको छ’ उनले थपे, ‘एक जना किसानले एक बिरुवा देखि सात सय बिरुवा सम्मको विमा गरेका छन्। निर्जीवन बिमा कार्यक्रममा सरकारले ७५ प्रतिशत र विमितले २५ प्रतिशत लगानी गर्नु पर्ने व्यवस्था छ।’ 

जुम्लामा पतारासी गाउँपालिकाका किसालने धेरै स्याउका बिरुवाको विमा गरेका छन्। संस्थागत रुपमा कैलाश कोल्ड स्टोर र पेस नेपाल नामक संस्थाले पनि स्याउका बिरुवाको विमा गरेका छन्। विमाका फाइदाका बारेमा पछिल्लो समय बढ्दै गएको चेतनाका कारण विमा गराउने कृषकहरुको संख्या बढ्दै गएको जुम्लाका विमा सहजकर्ता लक्षिराम महतले बताए। ‘थोरै लगानीले धेरै उपलब्धि पाउने चेतनाले छोएपछि बिमा गर्नेहरुको संख्या बढ्दै छ’ उनले भने, ‘स्याउको बिरुवा विमा गर्नाले स्याउ किसानलाई प्रत्यक्ष राहत दिएको छ।’ कृषि विकास कार्यालयले स्याउ खेतिलाई प्रवद्र्धन गर्ने खालका कार्यक्रम ल्याएपछि स्याउ खेति गर्न किसान हौसिएका छन्। जुम्लाका झण्डै १४ हजार घरमा स्याउँ बगैचा छन्। गत बर्ष मात्रै स्याउ बेचेर यहाँका किसानले ३५ करोड रुपैयाँ आम्दानी गरेका थिए। 

प्रकाशित: २५ वैशाख २०७७ ०५:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App