४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

पहिरोले एकै परिवारका ३ को ज्यान गयो

अविरल वर्षापछि आएको पहिरोमा परी कास्कीको माछापुच्छ«ेमा एकै परिवारका ३ जनाको ज्यान गएको छ। गएराति आएको पहिरोले माछापुच्छ«े गाउँपालिका वडा नम्बर ८ खोराको मुखस्थित प्रेमराज विकको घरको एउटा कोठा पुरिदा उनका नाती र १ नातिनीको ज्यान गएको हो।

पहिरोले ९ परिवार विस्थापित

पहिरोका कारण बराहताल गाउँपालिका–५, तल्लो सुन्दारीको सामुदायिक वन, खेतीयोग्य जमिन र मानव बस्ती जोखिममा परेको छ । गाउँमाथि र मुनिबाट लगातार पहिरो खस्न थालेपछि नौ घर परिवार विस्थापित भएका हुन् ।

पहिरो विस्थापितलाई अस्थायी बासस्थान

सङ्खुवासभाको शिलिचोङ–१ को बेसिन्दामा गत आइतबार पहिरो जाँदा विस्थापितलाई अस्थायी बसोबासको व्यवस्था गरिएको छ ।

पहिरोमा एकै घरका पाँच महिला पुरिए

बस्ती माथिबाट खसेको पहिरोले घर पुर्दा सीमावर्ती भोटेकोसी गाउँपालिका–४ फूल्पिङकट्टी गाउँका एकै परिवारका पाँच महिला पहिरोमा पुरिएका छन्। एक महिलाको मृत्यु भएको छ भने अरु चार पहिरोमा बेपत्ता भएका छन्।

गण्डकी र प्रदेश ५ मा बाढीपहिरो: असारमा मात्रै ७३ जनाको ज्यान गयो

असार लागेपछि गण्डकी र प्रदेश ५ का विभिन्न जिल्लामा बाढीपहिरोले ७३ जनाको ज्यान लिएको छ भने अझै ६ जना बेपत्ता छन्। पछिल्लोपटक स्याङ्जामा मंगलबार बिहान गएको पहिरोले तीनजनाको ज्यान लिएको छ भने एकजना हराएका छन्।

आमाको काखमा रहेकी २ महिने शिशु निकालियाे

भनिन्छ, हरेक आमालाई आफ्नो ज्यानको भन्दा बढी आफ्ना सन्तानको माया लाग्छ। म्याग्दीको मालिका गाउँपालिका–७,बिम माल्थानकी २५ वर्षीया विष्णु नेपाली त्यस्तै आमामा पर्छिन्।

गण्डकी प्रदेशमा बाढीपहिरोको क्षति, पाँच दिनमा ५३ जनाको ज्यान गयो

एकसाता नपुग्दै गण्डकी प्रदेशका विभिन्न जिल्लामा बाढिपहिरोले ५३ जनाको ज्यान लिएको छ भने अझै ६ जना बेपत्ता छन् ।

थप एक जनाकाे शव भेटियो, एक जना अझै बेपत्ता

सोमबारको पहिरोले पुरेर बेपत्ता भएका पुरुष मृत अवस्थामा भेटिएका छन् । मंगलबार विहानैदेखि खोजी गर्ने क्रममा हराइरहेका व्यास नगरपालिका–११ ओडारेका ५२ वर्षीय पदम भुजेल मृत अवस्थामा भेटिएका हुन् ।

तातोपानीबाट सातादेखि आयात ठप्प

अरनिको राजमार्ग बाढीपहिरोले अवरुद्ध हुँदा उत्तरको मुख्य व्यापारिक नाका तातोपानीबाट हुने आयात सातादेखि ठप्प भएको छ । नाका भित्रिसकेका करोडौँ मूल्यका सामाग्री तातोपानीमै रोकिएका छन् ।

बाढीपहिरो पीडितको उद्वार गर्न आग्रह

पूर्वसांसद मञ्च, नेपालले बाढी, पहिरो, डुबानबाट पीडितलाई तत्काल राहत सामग्री उपलब्ध गराउन र घाइतेको यथाशीघ्र उपचार गर्न सरकारसँग माग गरेको छ ।

पहिरोमा ८ जना आफन्त गुमाएकी राजमतीको पीडा

म्याग्दीको धवलागिरी गाउँपालिका–६, राम्चेकी राजमती सिर्पाली, ४६, ले छोरी सुकनालाई नजिकै विवाह गरिदिएकी थिइन। छोरी सुकना र नातीनातिनासँग राजमतीको दिनहुँजसो भेट हुन्थ्यो। आँखाका नानीसमान नातिनातिनालाई दैनिकजसो देख्न पाउँदा राजमती निकै हर्षित हुन्थिन्। राजमतीलाई कहिल्यै छोराछोरी, नातिनातिनाको अत्यार लागेन्।

स्याङ्गजामा पहिरोः निरीक्षणकालागि हिडेका पूर्व गाविस अध्यक्षको मृत्यु, तीन बेपत्ता

स्याङजाको बिर्घामा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता छन्। त्यस्तै पहिरोमा परेर दुई जना घाइते भएका छन्। जिल्लाको कालिगण्डकी गाँउपालिका वडा नं. ४ मा खहरेमा गएको पहिरोमा परेर खहरेकै इमानसिंह रानाको मृत्यु भएको हो । राना सविकको बिर्घा गाविसका पूर्व अध्यक्ष हुन्।

पहिरोले खोस्यो खुशी

केही दिनदेखि भीषण वर्षाको खबर सुनेका तनहुँको ऋषिङ गाउँपालिका–८ पल्ट्याङ भैँसीकिलीका आनबहादुर थापालाई आइतबार रातिदेखि नै निद्रा परेको थिएन। उनी र श्रीमती ज्योतिमाया पुरानो घरमा सुत्ने तर्खर गर्दै थिए।

एक महिनामा बाढीपहिरोका १४ घटना

पछिल्लो एक महिनामा नेपालमा बाढीपहिरो र डुबानका कारण ८५ को मृत्यु भएको छ भने ४६ जना बेपत्ता छन्। गृह मन्त्रालयको जानकारीअनुसार गत जेठ ३१ गतेदेखि असार २९ गतेसम्मका बाढीपहिरो र डुबानका १४ घटनामा ५० जना घाइते भएका छन्। त्यस्तै, एक सय ३४ घरमा क्षति पुगेको छ भने १५ जिल्ला प्रभावित छन्।

११ जना थपिँदा चार दिनमा मृतकको संख्या ७१ पुग्यो

देशका विभिन्न ठाउँमा गएको बाढीपहिरोमा परी थप ११ जनाको मृत्यु भएको छ भने चारजना अझै बेपत्ता छन्। योसँगै चार दिन यताको बाढीपहिरोबाट ज्यान गुमाउनेको संख्या ७१ पुगेको छ। अझै ४५ जना बेपत्ताको सूचीमा छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्