३ आश्विन २०८१ बिहीबार
image/svg+xml

लय गुमाउँदै विदेशी पर्यटक आगमन

योवर्षको सुरुवाती समयमा विदेशी पर्यटक आगमनमा उत्साहजनक वृद्धि थियो। २०२३ को तुलनामा २०२४ को जनवरीमा ४४ प्रतिशत बढेको विदेशी पर्यटकको आगमन पछिल्लो महिना अगष्टसम्म आउँदा त्यो अन्तर घटेर ८ प्रतिशतमा झरेको छ। यो गिरावट एकै महिनाको नभई आठमहिनासम्मको अन्तर हो।

विदेशी पर्यटकः जुलाईको आगमन सात महिनाकै कम

सातमहिना अवधिमा नेपालमा झन्डै साढे ६ लाख विदेशी पर्यटक भित्रिएका छन्। जनवरी देखि जुलाईसम्मको अवधिमा नेपाल भित्रिने विदेशी पर्यटकको संख्या ६ लाख ४७ हजार ६ सय १५ पुगेको पर्यटन बोर्डको तथ्यांक रहेको छ। सन् २०२४ को सातमहिना मध्ये सबैभन्दा कम पाहुना यो जुलाईमा आएका छन्।

नेपालमा पर्यटक आगमनः ६ महिनामा ५ लाख ८३ हजार पर्यटक

नेपालमा ६ महिना अवधिमा झन्डै ६ लाख विदेशी पाहुना हवाई माध्यमबाट भित्रिएका छन्। पर्यटन बोर्डका अनुसार जुन महिनामा समेत गरेर यो वर्षको अहिलेसम्म नेपाल भित्रिएका विदेशी पर्यटकको संख्या ५ लाख ८३ हजार १६ पुगेको छ।

पर्यटक आगमन थपिँदै, तर, चिनियाँ पाहुना बढेनन्

नेपालमा विदेशी पर्यटक आगमन निरन्तर उकालो लागिरहेको तथ्यांकले देखाएको छ। सन् २०२४ को मे महिनामा नेपालमा ९० हजार २ सय ११ जना विदेशी पाहुना आएका छन्। ती सबै हवाई माध्यमबाट भित्रिएका विदेशी पाहुना हुन्।

विदेशी पर्यटक आगमन: दुई अंकको आगमन चारवर्षमै लाख कट्यो

पर्यटन मन्त्रालयले राखेको तथ्यांक अनुसार सन् १९९५ पछि सबैभन्दा कम विदेशी पाहुना भित्रिएको महिना हो २०२० को अप्रिल। त्यो महिना नेपालमा जम्मा १४ जना विदेशी पर्यटक हवाई माध्यमबाट भित्रिएको तथ्यांक छ। त्यसपछिका अरु पाँच महिनासम्मको तथ्यांकमा नेपालमा विदेशी पर्यटक भित्रिएको संख्या तीन अंकभित्रै सीमित थियो। तर पछिल्लो समय नेपालको पर्यटक आगमन २०१९ को महिनालाई उछिन्दै उकालो लाग्न थालेको छ। चारवर्ष अवधिमा दुइ अंकको आगमन बढेर एकलाख कटिसकेको छ।

विदेशी पर्यटक आगमन उकासिँदै, अप्रिलमा १ लाख ११ हजार पाहुना भित्रिए

सन् २०२४ को अप्रिल महिनामा नेपालमा १ लाख ११ हजार ३ सय ७६ जना विदेशी पर्यटक भित्रिएका छन। ती सबै हवाई माध्यमबाट भित्रिएका पाहुना हुन।

राम्रा विद्यालय छान्ने विधि

हरेक अभिभावकले विद्यालयको अवस्था, भौतिक सुविधा, पर्याप्त शैक्षिक सामग्री, सरसफाइ आदिमा ख्याल गर्नुपर्छ।

पर्यटक आगमनः उकालो लाग्दै भारतीय र चिनियाँको संख्या

मार्च महिनामा मात्र नेपालमा हवाई माध्यमबाट एक लाख २८ हजार १ सय ६७ जना विदेशी पाहुना भित्रिएका छन्। मुख्य पर्यटकीय सिजन भएकोले पनि यो बेला पाहुना आगमन उच्च भएको पर्यटन बोर्डले बताएको छ।

पर्यटकीय सिजन: एकनासको छैन आगमन

पर्यटन व्यावसायीले मार्च–अप्रिललाई पर्यटकीय सिजन मान्छन्। यो समयमा विदेशी पाहुनाको आगमन उच्च हुने भन्दै पर्यटन क्षेत्रले लाभको आशा पनि गर्छ। तर, योपटक भने मुख्य सिजनमा पनि उत्तिसारो पाहुना नपाएको पर्यटन क्षेत्रको गुनासो छ। सिजनको होटल बुकिङ पनि उत्साहजनक हुन नसकेको व्यावसायी बताउँछन्। पाहुनाको आगमनमा उतारचढावको अवस्था रहेको उनीहरुको भनाई छ।

कञ्चनजंघा हिमशृंखला क्षेत्र : लयमा फर्कंदै पर्यटकन

कञ्चनजंघा क्षेत्रमा पछिल्लो समयमा घुम्न आउने पर्यटकको संख्या बढ्दै गएको छ। लामो समय सुनसानजस्तै रहेको कञ्चनजंघा क्षेत्रमा तीन महिनामा ६ सय ५० बाह्य पर्यटकले भ्रमण गरेका छन्।

विदेशी पर्यटक आगमनः फेब्रुअरीको आगमनमा ३३ प्रतिशत बढी

सन् २०२३ को फेब्रुअरीको तुलनामा ३३ प्रतिशत बढी हुनेगरि २०२४ को फेब्रुअरीमा झन्डै एकलाख विदेशी पाहुना नेपाल भित्रिएका छन्। २०२४ को फेब्रुअरीमा ९७ हजार ४ सय २६ जना विदेशी पाहुना हवाई माध्यमबाट मात्र नेपाल भित्रिएको पर्यटन बोर्डले जनाएको छ।

जनवरीको पर्यटक आगमन: भारतीयपछि चिनियाँको संख्या बढी

सन् २०२४ को जनवरी महिनामा नेपालमा हवाईमार्गबाट मात्र ७९ हजार १ सय जना विदेशी पर्यटक भित्रिएका छन्। कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्रमा पाहुना आगमनमा सुधार हुँदै जान थालेको यो संख्याले देखाएको पर्यटन बोर्डले बताएको छ। जनवरीमा भित्रिएका मध्ये सबैभन्दा बढी विदेशी पाहुना भारतीय छन। त्यसपछिको संख्या चिनियाँको रहेको पर्यटन बोर्डले बताएको छ।

लयमा फर्कियो गोरखा दरबारको पर्यटन

विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनाएको गोरखा दरबार र सँगै रहेको गोरखकाली मन्दिर पुनःनिर्माण भएपछि पूर्ववत् स्वरुपमा फर्किएको छ।

विमानस्थलमा नेपाल प्रहरी र सशस्त्रबीच विवाद किन ?

अन्तर्राष्ट्रिय सीमा सुरक्षाको कार्यदेश अनुसार विमानस्थल सुरक्षामा सशस्त्र प्रहरी खटाउन कार्यक्षेत्र स्पष्ट नतोकिदा विवाद उत्पन्न भएको हो।

अन्तरराष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

मुलुकको पुरानो त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हवाई यात्रुको सङ्ख्या बढेको छ।विमानस्थलका अनुसार सन् २०२३ मा आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै गरी कूल ८६ लाख ९१ हजार चार सय ४३ यात्रुले हवाईयात्रा गरेका छन्।सन् २०२२ मा ७९ लाख ५४ हजार चार सय ९५ ले हवाईयात्रा गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्