रमजानको इफ्तारका लागि असिम शाहको निवासमा बालेन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह कमलपोखरीस्थित असिम शाह र आसिफ शाहको निवासमा पुगेका छन्। उनी बिहीबार साँझ रमजानको इफ्तार गर्नका लागि शाह निवास पुगेका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह कमलपोखरीस्थित असिम शाह र आसिफ शाहको निवासमा पुगेका छन्। उनी बिहीबार साँझ रमजानको इफ्तार गर्नका लागि शाह निवास पुगेका हुन्।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले यस वर्षको होली पर्वमा राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसार हुने खालका कपडा लगाउन पूर्ण रूपमा रोक लगाएको छ।
मधेस केन्द्रित दलहरूका लागि यो चुनाव 'पतझरको मौसम' भएको टिप्पणी गर्दै उनले मतदाताले यसपालि केवल निर्वाचित हुने नेता नभई वास्तविक 'प्रतिनिधि' खोजिरहेको बताएका छन्। मधेस प्रदेशको निर्वाचन रिपोटिङपछि राजनीतिक विश्लेषक चन्द्रकिशोरसँग नागरिक टिमले गरेको कुराकानीको सम्पादित अंश
निर्वाचन आयोगले गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलन सम्बन्धी बीबीसीले सार्वजनिक गरेको डकुमेन्ट्री हटाउन प्रेस काउन्सिल नेपाललाई पत्राचार गरेको छ।
‘विरोश’ विवाहका यी तस्बिरहरू अहिले इन्टरनेटमा भाइरल हुँदैछन्। यो जोडीले आफ्ना प्रशंसकहरूका लागि विशेष तस्बिर र सन्देश लेख्दै सुखद खबर सुनाएका हुन्। अहिले रश्मिका र विजयलाई उनका प्रशंसक र साथीहरूले बधाई दिइरहेका छन्।
मगर दिवसको अवसरमा कपिलवस्तुका दुई पालिकामा बिदा दिएको छ । दिवसको अवसरमा फागुन १५ गते बाणगंगा र शिवराज नगरपालिकाले बिदा दिएका हुन् ।
‘अबको पाँच वर्ष सुशासनको पाँच वर्ष हुनेछ, कांग्रेसले प्रतिज्ञा गरेको छ, २०४६ सालपछि सत्तामा बसेका प्रत्येक व्यक्तिको सम्पत्ती छानबिन हुन्छ, कानुन बनाएर छानबिन गर्छौ, म पनि मन्त्री भएको हुनाले मेरो पनि सम्पत्ति छानबिन हुन्छ, यो हाम्रो सुशासनको संकल्प हो ।’
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेप्रति आरोप लगाउँदै उनी अपराधी निस्किएको टिप्पणी गरेका छन्।
जसिन्डाका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यो परिवार विगत केही वर्षदेखि भ्रमणमा थियो। हालका लागि उनीहरूले अस्ट्रेलियालाई आफ्नो आधार बनाउँदैछन्। त्यहाँ उनीहरूको कामको जिम्मेवारी पनि छ र यसले उनीहरूलाई न्युजिल्यान्डको नजिक रहने अवसर पनि दिनेछ।’
व्यवसायीक रुपमा केरा खेती गर्दै आएका यज्ञप्रसाद सुवेदीलाई पनि यतिखेर केराको माग पुर्याउन भ्याइ नभ्याई छ । ‘माग बढी भयो भनेर मुल्य बढाएको भने छैन,’ उनले भने ‘किसानहरुले अहिले केराको मुल्य राम्रो पाइरहनुभएको छ ।’
कालीकोटको समग्र विकास, सुशासन, लोकतान्त्रिक अभ्यास तथा नागरिक सहभागिता अभिवृद्धि गर्ने उद्देश्यका साथ कर्णाली जेन–जी समूहको आयोजनामा भोलि (शुक्रबार) कालीकोट समृद्ध अन्तरसंवाद कार्यक्रम हुन लागेको हो।
निर्वाचन आयोगले मत सर्वेक्षण ‘लाइभ’मा संलग्न ११ अनलाइनलाई बन्द गर्न निर्देशन दिएको छ ।
आइसीसी टी-२० विश्वकप-२०२६ अन्तर्गत सुपर एटको खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजमाथि ९ विकेटको शानदार जित हात पारेको छ।
नेपाली कांग्रेसको तर्फबाट काठमाडौँ उपत्यकाभित्रका १५ निर्वाचन क्षेत्रका उम्मेदवारले ‘काठमाडौँ उपत्यका विकास प्रतिबद्धतापत्र’ सार्वजनिक गरेका छन् ।
आयोगले मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८, नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी महासन्धि १९६६ लगायत नेपाल पक्ष रहेका अन्तर्राष्ट्रिय दस्तावेजहरूले स्वतन्त्र र निष्पक्ष निर्वाचनमार्फत जनतालाई आफ्ना प्रतिनिधि छान्न, उम्मेदवार बन्न र निर्वाचित हुन पाउने अधिकार सुनिश्चित गरेको स्मरण गराएको छ।