निर्वाचन ३३ दिन बाँकी : २१ लाई स्पष्टीकरण, पाँचको मात्र जवाफ आयो
आचारसंहिताको पूर्ण पालनाका लागि आयोगले सरोकारवाला सबै पक्षलाई ध्यानाकर्षण गराउँदै आएको छ। केन्द्रीय आचारसंहिता अनुगमन समितिमा प्राप्त उजुरी र जानकारीका आधारमा हालसम्म राजनीतिक दल, उम्मेदवार र संस्था गरी २१ वटा स्पष्टीकरण सोधिएको छ।

