५ आश्विन २०८१ शनिबार
image/svg+xml

गण्डकीको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारीको दाबी, आजै सपथ लिने

नेकपा एमालेका खगराज अधिकारीले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्। नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेतासमेत रहेका अधिकारीले सोमबार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष बहुमत सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्।

गण्डकी प्रदेशः मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारीको दाबी

नेकपा एमालेका खगराज अधिकारीले आज गण्डकी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्दैछन्। नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेतासमेत रहेका अधिकारीले सोमबार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष बहुमत सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गर्न लागेका हुन्।

गण्डकी प्रदेश सभाको पहिलो बैठकमा दुई अध्यादेश पेश

प्रदेश सभाको निर्वाचनपछि सोमबार बसेको पहिलो बैठकमा प्रदेश सरकारले जारी गरेको गण्डकी प्रदेशको निजामति सेवाको गठन, सञ्चालन र सेवाको शर्त समबन्धमा ब्यबस्था गर्न बनेको अध्यादेश र स्थानिय सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश पेश गरिएको हो।

गण्डकी प्रदेशसभाका ज्येष्ठ सदस्य बस्यालले लिए सपथ

गण्डकी प्रदेशसभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले बुधबार पद तथा गोपनीयताको सपथ लिएका छन्। गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गण्डकी प्रदेश सभाका ज्येष्ठ सदस्य पर्वत प्रदेश सभा २ बाट निर्वाचित एमाले सांसद बस्याललाई बुधबार पद तथा गोपनीयताको सपथ खुवाएका हुन्।

मुख्यमन्त्रीद्वारा कास्की कारागार निरीक्षण

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कास्की कारागारको निरीक्षण गरेका छन्।

एमाले गण्डकी प्रदेश संसदीय दलको नेतामा खगराज अधिकारी चयन

एमाले संगठन विभाग प्रमुख अधिकारी कास्की १ को १ बाट निर्वाचित प्रदेश सभा सदस्य हुन्। उनी पूर्व गृहमन्त्रीका साथै स्वास्थ्य तथा जनसंख्या मन्त्रीपनि हुन्।

दुई प्रदेश जोड्ने पुल निर्माण हुँदै

तनहुँ र पाल्पा जोड्ने कालीगण्डकी नदीमाथि निर्माण भइरहेको पक्की पुलको काम तीव्र गतिमा अगाडि बढेको हो।

गण्डकीः कांग्रेस संसदीय दलको नेतामा चारजनाको दाबी

गण्डकी प्रदेशमा कांग्रेस संसदीय दलको नेता सर्वसम्मत चयन नहुने भएको छ। प्रदेशको पहिलो ठूलो दल बनेको कांग्रेसमा संसदीय दलको नेता बन्न आकांक्षी धेरै भएपछि सर्वसम्मत नहुने देखिएको हो। हालसम्म गण्डकी कांग्रेस संसदीय दलको नेता बन्न चार जनाले दाबी गरेका छन्। संसदीय दलको नेताका लागि सुरेन्द्र पाण्डे, विन्दुकुमार थापा, भोजराज अर्याल र महेन्द्रध्वज जिसीले दाबी प्रस्तुत गरेका हुन्।

गण्डकीमा गठबन्धनलाई सहज बहुमत

सत्ता गठबन्धनका दलहरुले प्रत्यक्ष र समानुपातिकमा पाएको सिटका आधारमा गण्डकी प्रदेश सभामा उनीहरुको बहुमत पुग्ने देखिएको हो।

गण्डकी प्रदेशले स्वर्ण पदक विजेता खेलाडीलाई १८ हजार रुपैयाँसहित सम्मान गर्ने

आइतबार पोखरा रंगशालामा विशेष कार्यक्रम मार्फत सम्मान गरिने छ। गत असोज २८ देखि कार्तिक ३ गते सम्म गण्डकी प्रदेशमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेश ३२ स्वर्ण, ३१ रजत र ७६ काश्य पदक जितेको थियो।

गण्डकीमा गठबन्धनको पल्लाभारी

गण्डकी प्रदेशमा सत्ता गठबन्धनको बहुमत पुग्ने संकेत देखिएको छ। सत्ता गठबन्धनका दलहरुले प्रत्यक्षमा जितेको सिट र समानुपातिकमा ल्याएको मतलाई आधार मान्ने हो भने गण्डकी प्रदेश सभामा गठबन्धन दलहरुको बहुमत पुग्ने देखिएको हो।

गण्डकीमा ५५ प्रतिशत मत खसेको अनुमान

गण्डकी प्रदेशका ११ जिल्लामा १८ लाख १७ हजार मतदाता रहेका छन्। तर, ती मध्ये ५५ प्रतिशत मतदाताले मात्र मतदान गरेको प्रदेश निर्वाचन कार्यालयको अनुमान छ।

कुमार खड्का भन्छनः बर्खास्त गर्नुको चित्तबुझ्दो जवाफ नपाए मुख्यमन्त्रीका गलत क्रियाकलाप बाहिर ल्याउँछु

बर्खास्तिमा परेका गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलका गलत क्रियाकलापका सनसनीपूर्ण अडियो सार्वजनिक गर्ने चेतावनी दिएका छन। बर्खास्तमा परेको दुई दिनपछि पत्रकार सम्मेलन गरेर खड्काले मुख्यमन्त्री संलग्न गलत क्रियाकलाप सार्वजनिक गर्ने बताएका हुन्।

गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री खड्का बर्खास्त

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्कालाई बर्खास्त गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्