२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

एमाले गण्डकी प्रदेश संसदीय दलको नेतामा खगराज अधिकारी चयन

क्याप्शन

नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलको नेतामा खगराज अधिकारी चयन भएका छन्। नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलको आईतबार बसेको बैठकले अधिकारीलाई संसदीय दलको नेता बनाउने सर्वसम्मत निर्णय गरेको हो। एमाले संगठन विभाग प्रमुख अधिकारी कास्की १ को १ बाट निर्वाचित प्रदेश सभा सदस्य हुन्। उनी पूर्व गृहमन्त्रीका साथै स्वास्थ्य तथा जनसंख्या मन्त्रीपनि हुन्।

आईतबार एमाले गण्डकी प्रदेश संसदीय दलको बैठक ज्येष्ठ सदस्य मित्रलाल बस्यालको अध्यक्षतामा बसेको थियो। बैठकमा बागलुङका प्रदेश सभा सदस्य लिलाबहादुर थापाले अधिकारीलाई संसदीय दलको नेता बनाउन प्रस्ताव गरेका थिए भने नवलपरासी पूर्व (नवलपुर)का प्रदेश सभा सदस्य रोसन गाहा मगरले समर्थन गरेका थिए। सो प्रस्तावलाई उपस्थित सबै सांसदले ताली बजाएर सर्वसम्मत रुपमा पारित गरेको कास्की १ को २ बाट निर्वाचित प्रदेश सभा सदस्य बेदबहादुर गुरुङ ९श्याम०ले जानकारी दिए।

यसैबीच, एमाले गण्डकीले गण्डकी प्रदेश सरकार बनाउन पहलकदमी लिने भएको छ। एमाले, माओवादीलगायतको गठबन्धन बनेर संघमा प्रचण्ड नेतृत्वमा सरकार बन्ने सहमति भएपछि प्रदेशमा आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने सहमति भएको कास्की २ को १ बाट निर्वाचित सांसद भीम कार्कीले जानकारी दिए। उनले भने,‘संघमाजस्तै प्रदेशमापनि हाम्रो नेतृत्वमा सरकार बनाउनुपर्छ भन्ने भयो। त्यसका लागि प्रयास गर्ने कुरा भयो।’

गण्डकी प्रदेशमा एमालेका २२ जना सांसद छन्। ६० सदस्यीय प्रदेश सभामा बहुमत पु¥याउन ३१ सदस्य आवश्यक पर्छ। माओवादीका ८ र राप्रपाका २ सांसद भएकाले संघमा भएको सहमति कार्यान्वयन भए गण्डकीमा सोहि गठबन्धनबाट सरकार बन्ने पक्का छ।

प्रकाशित: १० पुस २०७९ १२:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App