coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

गण्डकी प्रदेशले स्वर्ण पदक विजेता खेलाडीलाई १८ हजार रुपैयाँसहित सम्मान गर्ने

गण्डकी प्रदेश खेलकुद परिषद्ले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीहरूलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको छ। आइतबार पोखरा रंगशालामा विशेष कार्यक्रम मार्फत सम्मान गरिने छ। गत असोज २८ देखि कार्तिक ३ गते सम्म गण्डकी प्रदेशमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेश ३२ स्वर्ण, ३१ रजत र ७६ काश्य पदक जितेको थियो।

प्रतियोगितामा  एकलतर्फ स्वर्ण पदक विजेतालाई नगद १८ हजार, रजतलाई १२ र काश्य पदक विजेतालाई ८ हजार प्रदान गरिने छ। त्यसै टिमतर्फ स्वर्ण पदक विजेतालाई नगद ९ हजार जनही, रजततर्फ ६ र काश्य पदक विजेतालाई ४ हजार जनही प्रदान गरिने छ।

प्रशिक्षकलाई स्वर्ण, रजत र काश्य पदक विजेतालाई क्रमशः १०, ८ र ६ हजार रुपैयाँ प्रदान गर्ने निर्णय परिषद्ले गरेको छ। व्यवस्थापकलाई ८, ६ र ४ हजार प्रदान गरिने छ भने खेल संघहरुलाई ४०, ३० र २० हजार प्रदान गरिने छ। गण्डकी प्रदेशबाट पदक विजेता मध्ये २८ खेलका स्वर्ण पदक प्राप्त गर्ने कुल ७२ जना, रजत पदक विजेता ९२ जना र काश्य पदक विजेता १६० जना गरी ३२४ जना सम्मानित हुने छन्। त्यसै गरी खेल प्रशिक्षक र व्यवस्थापक गरी ८२ जना र २८ खेलसंघहरु समेत नगद सहित सम्मानित हुनेछन्। नवौँ राष्ट्रियमा रेकर्ड ब्रेक गर्ने आर्चरी खेलका जागृत गुरुङलाई थप नगद १० हजार सहित सम्मान गरिने प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव घनश्याम पौडेलले जानकारी दिए। सदस्य सचिव घनश्याम पौडेलले प्रदेशको खेलकुद विकासका लागि तालिम प्रभावकारी रहने बताउँदै खेलकुदको जग बलियो बनाउन सबैको उत्तिकै प्रभावकारी भूमिका हुनुपर्ने कुरामा जोड दिए।


खेलकुदमा सुशासन पहिलो दायित्व रहने बताउँदै सदस्य सचिव पौडेलले जिल्ला खेलकुदको भूमिका लाई अझै प्रभावकारी बनाउन परिषद् आर्थिक वर्ष २०७९÷०८०मा बजेट समेत विनियोजन गरिएको बताए। जिल्ला खेलकुदहरूको कार्यालय व्यवस्थापन, लेखा प्रणाली र जिन्सीहरूको अभिलेख र प्रमाणीकरणमा स्पष्टता भएमा मात्र खेलकुदको जग बलियो बन्न सहज वातावरण बन्ने उनको भनाई थियो।

प्रकाशित: १७ मंसिर २०७९ १३:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App