५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

गण्डकीमा ५५ प्रतिशत मत खसेको अनुमान

पोखरामा मतदान गर्दै एक महिला। तस्बिरः उमेश पुन/नागरिक

गण्डकी प्रदेशका ११ जिल्लामा १८ लाख १७ हजार मतदाता रहेका छन्। तर, ती मध्ये ५५ प्रतिशत मतदाताले मात्र मतदान गरेको प्रदेश निर्वाचन कार्यालयको अनुमान छ।

प्रदेश निर्वाचन अधिकारी हुमनाथ पराजुलीले ५५ प्रतिशत मत खसेको अनुमान रहेको बताए। ‘प्रारम्भिक अनुमानमा ५५ प्रतिशत मात्र मत खसेको अनुमान छ। सबैतिरको अन्तिम रिपोर्ट आईसकेको छैन,’ पराजुलीले भने, ‘यो निर्वाचनमा अपेक्षाकृत मतदाता खुल्नै सकेनन।’ गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा गण्डकी प्रदेशमा ६९ प्रतिशत मत खसेको थियो। अहिले भने त्यो भन्दा पनि निकै नै कम मत खसेको छ गण्डकी प्रदेशको कास्कीमा भने करिब ६० प्रतिशत मत खसेको अनुमान निर्वाचन कार्यालयको रहेको छ।

प्रदेश निर्वाचन अधिकारी पराजुली आयोगले मतदातालाई निर्वाचनकम बढी भन्दा बढी मत खसाल्न प्रोत्साहन गरेको भएपनि मतदाता सहभागि नभएको बताउँँछन्। ‘निर्वाचन अयोगले त मतदाताको बढी सहभागितालाई नै सफलता मान्छ। तर, यो पटक घटेकै हो,’ पराजुलीले भने, ‘गत वैशाखमा मात्र स्थानीय तहको निर्वाचन भएकोले पनि छोटो समयमा कति भोट खसाउनु भनेर मतदाता इच्छुक नबनेको हुनसक्छन।’

पराजुलीको विश्लेषणमा मत कम खस्नुमा यो बेला किसान धानबाली भित्रयाउन बढी व्यस्त हुँदा त्यसको असर निर्वाचनमा परेको हुनसक्छ। यो बेला धानबाली भिœयाउन किसान व्यस्त छन्। ग्रामिण भेगका मतदाता बढी छुटेको हुनसक्ने उनले बताए। गाउँलेहरु अहिले धमाधम बालि भित्रयाउँन व्यस्त हुँदा मतदानमा सहभागि नभएको हुनसक्ने उनले बताए। त्यसबाहेक राजनीतिक दलको मेहनतले पनि मतदाता आकर्षित हुने भएपनि राजनीतिक दलले मतदातालाई मतदानमा सहभागि हुन कत्तिको उत्साह जगाए भन्ने पनि महत्वपूर्ण रहने उनले बताए।  

‘दलको घोषणापत्र, मेहनत, दलको कामप्रति पनि मतदाताले ख्याल गरेरै मतदानमा आउने हुन्। राजनीतिक दलले कुन तहसम्म मतदाता आकर्षित गर्न घोषणापत्र आकर्षक बनाए भन्ने पनि महत्वपूर्ण रहन्छ,’ उनले भने, ‘हिमाली जिल्लामा सहभागिता राम्रो रह्यो, तर, अन्यत्र कमजोर भयो।’ शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएपनि मतदाता सहभागिता कम भएको उनले बताए।

प्रकाशित: ४ मंसिर २०७९ १२:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App