५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री खड्का बर्खास्त

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्कालाई बर्खास्त गरेका छन्।  

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाइ असहयोग गरेको आरोपमा खड्कालाई बर्खास्त गरेको श्रोतले बताएको छ। खड्कालाई बर्खास्त गरेर भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्रीको जिम्मेवारी मुख्यमन्त्री पोखरेलले लै लिएका छन्।  

प्रदेश प्रमुखको कार्यालयले पनि सुचना जारी गर्दै खड्काले सम्हालेको मन्त्रालय मुख्यमन्त्री पोखरेलले नै सम्हालेको उल्लेख गरेको छ। बर्खास्तीमा परेका खड्कालाई कास्की २ (ख) का कांग्रेस उम्मेदवार बिन्दुकुमार थापालाई असहयोग गरेको आरोप लागेको छ। खड्काले आफुले उम्मेदवारी नपाएपछि थापालाई असहयोग गरेको गुनासो पार्टीभित्र छ। उम्मेदवार थापा प्रदेशकै कानुनमन्त्री हुन।

प्रकाशित: २९ कार्तिक २०७९ १०:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App