४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

कांग्रेस गण्डकी प्रदेश सम्मेलन आज, उद्घाटन गर्न देउवा जाँदै

नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको आजदेखि हुने प्रथम सम्मेलनको तयारी पूरा भएको छ।

बालगृहमा रमाउँदै ११ हजार बालबालिका

हाल मुलुकभरका बालगृहमा ११ हजार दुई सय दुई बालबालिका संरक्षित छन्। आर्थिक वर्ष २०७९/८० मा ५० वटा बालगृह बन्द भए भने ५१ बालगृह थप भए।

दोस्रो पञ्चवर्षीय योजनाका लागि सुझाव संकलन

गण्डकी प्रदेश सरकारले तयार गर्न लागेको दोस्रो पञ्चवर्षीय योजनाका लागि म्याग्दीमा सुझाव संकलन गरिएको छ।

आज देशभरको मौसम सफा रहने, ३ प्रदेशमा आंशिक बदली मात्रै

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

बजेट र प्रशिक्षक अभावले प्रशिक्षण प्रभावित

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समय एकवर्ष बाँकी छ। वर्षदिन बाँकी छँदा नवौंमा उत्कृष्ट प्रदर्शन गरेको गण्डकी प्रदेशको दशौं तयारी भने शून्यमा छ।

गण्डकीको बजेट सुधार कार्ययोजनाः १ हजारभन्दा बढी योजना कार्यान्वयन गरिँदै

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले बजेट कार्यान्वयन सुधार गर्न कार्ययोजना बनाएको छ।

गण्डकी प्रदेश प्रहरीलाई ४१औँ आइजिपी रनिङ सिल्ड

काठमाडौँको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा सञ्चालित ४१औँ आइजिपी रनिङ सिल्ड फुटबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले प्राप्त गरेको छ।

पाँच लाखमुनिका योजना कार्यान्वयन गर्दिनँ: मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघका खुद्रा योजना कार्यान्वयन नगर्ने घोषणा गरेका छन्।

चिसो बढिसक्यो, तर, रोकिएन डेंगी

यो वर्ष तनहुँ सदरमुकाम दमौलीलाई डेंगीले आक्रान्त बनायो। एडिस जातको लामखुट्टेको टोकाइबाट डेंगी सर्ने गर्छ। गण्डकी प्रदेशका ११ जिल्लामध्ये तनहुँमा सबैभन्दा बढी ६ हजार ९ सय ३० जना डेंगीबाट संक्रमित भए। डेंगीबाट तनहुँमा पाँचजनाले ज्यान गुमाए। तनहुँपछि कास्कीमा संक्रमित बढी भए। कास्कीमा यो वर्ष २ हजार ८ सय ७५ जना संक्रमित बने। अहिले पनि तनहुँ, कास्की, स्याङजा, बागलुङ र गोरखा लगायतका जिल्लामा दिनहुँ डेंगी संक्रमित भेटिएका छन।

तिहार प्रेरणाको विम्ब र उज्यालोको पर्व हो: मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तिहार प्रेरणाको विम्बका साथै उज्यालोको पर्व भएको बताएका छन्।

गण्डकी प्रदेशसभाः कांग्रेस सदस्यले भूकम्पपीडितलाई १५ दिनको तलब दिने

गण्डकी प्रदेशका कांग्रेस सांसदले जाजरकोट भूकम्पपीडितलाई १५ दिनको तलब उपलब्ध गराउने भएका छन्। कांग्रेस गण्डकी प्रदेश संसदीय दलको मंगलबार बैठकले प्रदेशका सबै सांसदहरुको १५ दिनको तलब जाजरकोट भूकम्पपीडितलाई प्रदान गर्ने निर्णय गरेको हो।

गण्डकी प्रदेशको भूकम्पपीडितका लागि एककरोड सहयोग

शनिबार नै औषधी सहित चिकित्सकको टोली भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा पठाएको गण्डकी प्रदेश सरकारले पीडितका लागि एककरोड रुपैयाँ सहयोग दिने घोषणा गरेको छ।

असत्यमाथि सत्यको विजयको प्रतीकः प्रदेश प्रमुख गुरुङ

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले विजयादशमी पर्व असत्यमाथि सत्यको विजयको प्रतीक भएको बताएका छन्।

गण्डकी प्रदेश: निरन्तरको घामपानीले डेंगी संक्रमण थामिएन

गण्डकी प्रदेशमा डेंगी संक्रमितको संख्या ७ हजार ४ सय ८९ पुगेको छ। पछिल्लो दुइदिनको अवधिमा मात्र प्रदेशमा १७ सय ७० जना डेंगी संक्रमित थपिएका छन्। डेंगी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो समय तनहुँमा डेंगी संक्रमितको संख्या निकै नै बढेको छ। निरन्तरजसो पानी पर्दा प्रदेशमा डेंगी फैलाउन सघाउ पुगेको प्रदेश सरकारको भनाई छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्