१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

आज देशभरको मौसम सफा रहने, ३ प्रदेशमा आंशिक बदली मात्रै

आज देशको कोशी, बागमती र गण्डकी प्रदेशमा मौसम आंशिक बदली रहने भएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही तराईका केही भू–भागमा हुस्सु/कुहिरो लागेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको बताएको छ।

महाशाखाले आज दिउँसो सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ। साथै आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

म्हाशाखाले देशभर तापक्रम घट्ने क्रम बढिरहेकोले चिसोबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि सर्वसाधारणमा अनुरोध गरेको छ।

प्रकाशित: २९ मंसिर २०८० ००:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App