४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

बालगृहमा रमाउँदै ११ हजार बालबालिका

फाइल तस्वीर

हाल मुलुकभरका बालगृहमा ११ हजार दुई सय दुई बालबालिका संरक्षित छन्। आर्थिक वर्ष २०७९/८० मा ५० वटा बालगृह बन्द भए भने ५१ बालगृृह थप भए। हाल चार सय १८ वटा बालगृह सञ्चालनमा छन्। मुलुकभर पाँच हजार एक सय ४४ बालक र ६ हजार ५८ बालिका गरी ११ हजार दुई सय दुई जना बालगृहमा संरक्षित छन्।

राष्ट्रिय बाल अधिकार परिषद्का अनुसार कोसी प्रदेशका आठ जिल्लामा २९ बालगृह सञ्चालनमा छन्। मधेस प्रदेशका पाँच जिल्लामा १३ बालगृह सञ्चालनमा छन्। बागमती प्रदेशका दश जिल्लामा दुई सय ९६ बालगृह सञ्चालनमा छन्, जहाँ तीन हजार तीन सय ९९ बालक र चार हजार चार सय १५ बालिकाले अभिभावक पाएका छन्।

गण्डकी प्रदेशका छ जिल्लामा ३७ बालगृह सञ्चालनमा छन्, जहाँ पाँच सय ३५ बालक र ६ सय २३ बालिका गरी एक हजार एक सय ५८ बालबालिका संरक्षित छन्। लुम्बिनी प्रदेशका सात जिल्लामा १९ बालगृह सञ्चालनमा छन्। ती बालगृहमा दुई सय ९१ बालक र दुई सय ५६ बालिका गरी पाँच सय ४७ जना संरक्षित छन्।

कर्णाली प्रदेशका ५ वटै जिल्लामा दश बालगृह सञ्चालनमा छन्। सुदूरपश्चिम प्रदेशका तीन जिल्ला रहेका १४ बालगृहमा एक सय ७८ बालक र एक सय ३७ बालिका गरी तीन सय १५ जनाले आश्रय पाएका छन्।

आर्थिक वर्ष २०७८/७९ मा ४३ जिल्लामा सञ्चालित चार सय १७ वटा बालगृहमा १० हजार नौ सय पाँच बालबालिका संरक्षित थिए।

परिषद्ले आव २०७९/८० मा सम्बन्धित स्थानीय तहसँगको समन्वय र सहकार्यमा १२ वटा जिल्लाका एक सय २४ वटा बालगृहको अनुगमन गरिएको बताएको छ। सोही आवमा अभिभावक भएका दुई सय ३८ बालक र दुई सय ९० बालिका गरी पाँच सय २८ जनालाई परिवारिक पुनर्मिलन गराइएको र प्रचलित मापदण्डविपरीत सञ्चालनमा रहेका दुईवटा बालगृहबाट २७ जना बालक र १४ जना बालिकाको उद्धार गरिएको थियो।

प्रकाशित: २ पुस २०८० ०२:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App