२० आश्विन २०८१ आइतबार
image/svg+xml

रसुवामा वन व्यवस्थापन अध्ययन गरिंदै

डढेलोले उजाड बनेको उत्तरी रसुवास्थित गतलाङ वन पाखामा वनस्पति नउम्रिएपछि वन व्यवस्थापनको अध्ययन थालिएको छ।

डढेलो नियन्त्रणका लागि उच्च सतर्कता

गर्मी याम सुरु भएसँगै वन क्षेत्रमा हुने डढेलो नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयले उच्च सतर्कता अपनाएका छन्।

महोत्तरीमा डढेलोले सखाप हुँदै वन

मध्य फागुनमै महोत्तरीको वन क्षेत्रमा जताततै डढेलो लागेको छ। डढेलोबाट स–साना बिरुवा नष्ट हुन थालेका छन्।

हिउँ र पानी नपर्दा म्याग्दीका २५ ठाउँमा डढेलो

समयमै हिउँदे वर्षा नहुँदा र लेकाली क्षेत्रमा हिउँ नपर्दा म्याग्दीका वनैभर डढेलो लागेको छ। म्याग्दी जिल्ला वन डिभिजन कार्यालयका अनुसार जिल्लाका विभिन्न २५ स्थानमा डढेलो लागेको हो।

हिउँ र पानी परेन, फैलियो डढेलो

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका आठमध्ये ६ वटा वडाका विभिन्न ठाउँमा अहिले डढेलो लागिरहेको छ। डढेलोले दिनहुँजसो वनक्षेत्र नोक्सान भईरहेको छ। अहिले आगलागी भएको म्याग्दीको अधिकांश भेग हिमपात हुने क्षेत्र हो। तर, हिमपात र वर्षा नहुँदा सुक्का बढेर डढेलो लागिरहेको छ। अहिले डढेलो लागेका क्षेत्रमध्ये अधिकांश मानवबस्ती भन्दा टाढाका डाँडाकाँडा हुन्।

डढेलो नियन्त्रणका लागि वन दस्ता

कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालकाअनुसार आवश्यकताअनुसार बढाउँदै लैजाने गरी हाल दश जनालाई डढेलो नियन्त्रण गर्न वनदस्ता परिचालन गरिएको छ। उनीहरुले समुदायमा पुगेर डढेलोबाट हुनसक्ने क्षतिको विषयमा जानकारी गराउनेछन्।

चैतको वर्षाले राहत: डढेलो नियन्त्रण

महोत्तरीका वन क्षेत्रका लागि पछिल्लो वर्षाबाट राहत पुगेको छ। शनिबार र आइतबार राति वर्षा भएपछि यहाँको वन क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आएको छ।

लिमचुङबुङमा सातादिनदेखि लागेको डढेलो नियन्त्रणबाहिर

उदयपुरको पहाडी गाउँपालिका लिमचुङबुङमा सातादिनअघि लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन ।

सामुदायिक वनमा भिषण डढेलो, वस्ती जोखिममा

जंगल ठूलो क्षेत्रमा फैलिएको र बाक्लो भएका कारण डढेलो नियन्त्रण बाहिर गरएको हो । भिषण डढेलो क्रमशः हाँडीखोला बस्ती आसपास पुगेको छ। डढेलोका कारण जंगल नजिक रहेका ४० घर जोखिममा परेको स्थानीय नेता याम राईले बताए।

बैतडीका १५ बढी सामुदायिक वनमा डढेलो

बैतडीका १५ भन्दा बढी सामुदायिक वनमा डढेलो लागेको छ। लगातारको खडेरीका कारण सामुदायिक वनमा डढेलो लागेको हो। सुख्खापनका कारण वनजंगलमा डढेलो लागेको डिभिजन वन कार्यालय बैतडीले जनाएको छ।

जंगलमा डढेलो: विनाश हुँदै पक्षी वंश

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मात्रै ४ सय ५० प्रजातिका चरा पाउने गरेको सुदूरपश्चिमका तराई तथा पहाडी जंगलमा ६ सयभन्दा बढी प्रजातिका चराचुरुङ्गीको बसोबास रहेको छ। पन्छीहरूले जंगलमा गुँड लगाउने, बच्चा कोरल्ने, बच्चालाई उडाउन सिकाउने, चर्न सिकाउने समय यही हो। हो, यही समयमा अहिले सुदूरपश्चिमको जंगलमा डढेलो सल्केको छ। दिन दुई गुणा रात चार गुणाका हिसाबले यहाँको वन सखाप हुँदैछ। डढेलोमा परेर बंश विस्तारका लागि गुँड लगाएका चरा चुरुङ्गी नासिन थालेका छन्।

शिवपूरी नागार्जुन राष्ट्रिय निकुञ्जको डढेलो नियन्त्रणमा

काठमाडौँ नजिकको शिवपूरी नागार्जुन राष्ट्रिय निकुञ्जको वन क्षेत्रमा लागेको आगो (डढेलो) नियन्त्रणमा आएको छ।

डढेलोले पन्छीको विनासिंदै वंश

वसन्त र ग्रिष्म ऋतु विशेषतः विरुवाले पालुवा फेर्ने कीटपतंगले फुल पार्ने र विरुवाले फल दिने समय हो । वन्य जीवहरू आफ्नो वंश विस्तारका लागि यही मौसमको पर्खाइमा रहेका हुन्छन् । पन्छीहरूले जंगलमा गुँड लगाउने, बच्चा कोरल्ने, बच्चालाई उडाउन सिकाउने, चर्न सिकाउने समय यही हो । हो, यही समयमा अहिले सुदूरको जंगलमा डढेलो सल्केको छ । दिन दुई गुणा रात चार गुणाका हिसाबले यहाँको वन सखाप हुँदैछ । त्यही डढेलोमा परेर वंश विस्तारका लागि गुँड लगाएका चरा चुरुङ्गी नासिन थालेका छन् ।

शिवपुरीकाे डढेलो नियन्त्रण गर्न हेलिकप्टरको प्रयोग

काठमाडौँ नजिकको शिवपूरी नागार्जुन राष्ट्रिय निकुञ्जको वन क्षेत्रमा लागेको आगो (डढेलो) नियन्त्रणमा हेलिकप्टरको प्रयोग गरिएको छ।

डढेलोबाट विस्थापित परिवारलाई राहत

गत चैत २२ गते स्थानीय सामुदायिक वनमा लागेको डढेलोले घर जल्दा विस्थापित भएका खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारका छविलाल ढकाल, डम्बरप्रसाद गेलाल, उद्धव भुजेल, नरबहादुर भुजेल र यामबहादुर भुजेल परिवारलाई कोषले राहत प्रदान गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्