८ पुस २०८१ सोमबार
image/svg+xml

तनहुँको आँबुखैरेनीमा दुई समूहको झडपः नियन्त्रणमा लिन पाँच राउण्ड हवाई फायर

तनहुँको आँबुखैरेनी गाउँपालिका–१ मा दुई समूहबिच झडप हुदाँ नियन्त्रणमा लिन प्रहरीले पाँच राउन्ड हवाई फायर गरेको छ।

नेपालको हवाई सुरक्षा दर वृद्धि

सम्परीक्षण टोलीको प्रारम्भिक नतिजाअनुसार आजको मितिमा एसिया प्रशान्त क्षेत्रको औसत परिपालना दर ६१.४ प्रतिशत रहेको र विश्वको औसत परिपालना दर ६७.२ प्रतिशत रहेकामा नेपालले यी दुवै औसत दरभन्दा माथि रही परिपालना दर ७० भन्दा बढी कायम गर्न सफल भएको हो । यसअघि नेपालको परिपालना दर ६७.०२ प्रतिशत थियो।

पाेखराको आकाशमा खुला प्याराग्लाइडिङ प्रतियोगिता सुरु

पोखरा महानगरपालिका–१८ सराङकोटमा गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजीव पहारीले प्यारा पाइलट शिव थापालाई ग्लाइडर हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरेका थिए।

हुम्लासहित कर्णालीका जिल्लामा हवाई उडान ठप्प

हुम्लासहित कर्णाली प्रदेशका उच्च हिमाली जिल्लामा केही दिनयता हवाई उडान हुन सकिरहेको छैन्।

हवाई उडानमा तुँवालो बाधक

एकसातादेखि पोखराबाट हुने हवाई उडान दिनहुँजसो प्रभावित भएको छ। तुँवालोका कारण भिजिविलिटी नपुग्दा विभिन्न गन्तव्यमा हुने उडान प्रभावित भएका हुन्। उडान प्रभावित हुँदा यात्रुलाई सास्ती हुने गरेको छ। पछिल्लो एकसातादेखि दिनहुँ आधाजसो उडान रद्द भईरहेका छन।

प्याराग्लाइडिङविरुद्ध हवाईजहाजको गुनासो: हवाई रुटमा प्याराग्लाइडिङ उडिदिए

पोखराको सराङकोट आकाशमा मात्र उडान अनुमति पाउने प्याराग्लाइडिङले तोकिएको ठाउँ छाडेर अन्यत्र उड्ने गरेका छन्। कोरोना संक्रमण कम भएको मौका पारेर आएका केही विदेशी पाइलटले अहिले पोखरा क्षेत्रमा मनपरि तरिकाले प्याराग्लाइडिङमा उडाईरहेको पोखरा विमानस्थलमा हवाईजहाजले गरेको गुनासोको विवरणले देखाउँछ। हवाई रुटमा प्याराग्लाइडिङ उड्दा जोखिम थपिएको विमानस्थलको चिन्ता छ।

आन्तरिक हवाई उडानमा पोखराको फड्को

पोखराको चालु विमानस्थलबाट अहिले दिनमा ३० हाराहारीमा ठूला हवाई हुन्छन्। त्यसबाहेक हेलिकप्टर र अल्ट्रालाइटको समेत त्यत्तिकै संख्यामा उडान थपिँदा पोखरा विमानस्थलले अहिले दिनमा एक सय बढी उडान व्यवस्थापन गरिरहेको छ। पोखरालाई अन्यका ठुला सहरमा हवाई उडानले जोड्दै जाँदा पोखराको हवाई सञ्जालले निकै नै फड्को मारेको छ। निजी हवाई कम्पनि अझै नयाँ गन्तव्यमा पोखरालाई जोड्ने योजनामा छन्।

संयुक्त आर्थिक आयोगका अपेक्षा

सन् २०१४ मा सरकार–सरकारबीच विचार आदान–प्रदान भएपछि सन् १९९७ पछि १७ वर्षमा माथिल्लोस्तरमा राजनीतिक भ्रमण आदान–प्रदान भएको थियो।

जनकपुर–पोखरा उडान: प्राकृतिक–सांस्कृतिक पर्यटन प्रवर्द्धनमा थप टेवा

पर्यटन प्रवर्द्धनमा जनकपुर–पोखरा उडानले मधेस र पहाडबीचको पर्यटनमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा छ। हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र जानकी मन्दिर दर्शनका लागि लाखौं भारतीय जनकपुरधाम आउँछन्।

आन्तरिक उडानमा विदेशी पर्यटकलाई छुट दिने सहमति

आन्तरिक उडानको हवाई भाडामा नेपाली नागरिकसरह नै विदेशी पर्यटकलाई छुट दिइने भएको छ। यसका लागि पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समिति, बुद्ध एअरलाइन्स र यति एअरलाइन्स प्रालिबीच सहमति भएको हो।

बैतडीको हवाई सेवा डेढ महिनापछि सञ्चालनमा

डेढ महिनादेखि बन्द रहेको बैतडीको हवाई सेवा पुनः सञ्चालनमा आएको छ। गत पुस १६ गते धनगढी–बैतडी–धनगढी उडान भए पनि त्यसयता बन्द रहेको थियो।

बाक्लो हुस्सुले हवाई उडान प्रभावित

बिहानैदेखिको बाक्लो हुस्सुले पोखरा विमानस्थल अझै खुलेको छैन। भिजिविलिटी नपुग्दा यहाँबाट हुने हवाई उडान प्रभावित भएका छन्। विमानस्थल नखुल्दा विहीबारका कुनैपनि उडान भएका छैनन्। यहाँस्थित विमानस्थलबाट विहान सातबजे नै उडान संचालन हुन्छन्।

कोरोना त्रासः हवाई उडान घटाईयो, बस सेवा रोकियो

पोखरालाई राजधानी सहित चितवन र लुम्बिनी जोड्नेगरि यहाँबाट पर्यटक बस संचालन गर्दै आएपछि अहिलेको संक्रमणको त्रासले यात्रु हिड्नै छाडेको व्यवसायीले बताएका छन्। पर्यटक बसमा मात्र नभई हवाईजहाजमा पनि यात्रु घटेका छन्।

पोखराका आन्तरिक हवाईयात्रुः वर्षमा पाँच लाख बढी

पोखरा विमानस्थलका अनुसार सन् २०२१ मा पोखराका हवाई यात्रुको संख्या ५ लाख २९ हजार ९ सय ४४ पुगेको छ। ती मध्ये ८ हजार ४९ जना मात्र विदेशी पाहुना छन। पोखराका हवाई यात्रुमध्ये ५ लाख २१ हजार ८ सय ९५ जना आन्तरिक यात्रु रहेको विमानस्थलको तथ्यांकले देखाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्