१२ आश्विन २०८१ शनिबार
image/svg+xml

गाउँघरमा खबर पुर्‍याउन अझैपनि कटुवालकै भर

लमजुङको क्व्होलासोथर गाउँपालिका ८ घाम्राङका बिनबहादुर गुरुङले गाउँपारीको चौतारीमा उभिएर चर्को आवाजमा उर्दी गर्न थालेपछि गाउँलेहरू कान ठाडो बनाउँदै उनलाई सुन्न थाल्छन्।

‘तरकारीका बिचौलियाले दुःख दिए प्रहरीलाई खबर गर्नुस्’

सार्वजनिक यातायातमा दशकौंदेखिको सिन्डिकेटको जालो तोड्नमा सहयोगी काभ्रे प्रहरीको ध्यान अब तरकारीलगायत कृषिउपजमा बिचौलियाको सिन्डिकेट तोड्ने अभियानमा केन्द्रित हुने भएको छ ।‘गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र प्रमुख धिकारीज्यूबाट समेत सबै खालका सिन्डिकेट हटाउने निर्देशन आएको छ । अब पहिलो चरणमा तरकारीको सिन्डिकेट हटाउँछौं । यस कार्यमा सक्रिय रहन मातहतका चौकीलाई समेत निर्देशन दिइसकेको छु,’ काभ्रे प्रहरी प्रमुख एसपी रविराज खड्काले भने ।

फेसबुकमा मृत्युको खबर पोस्ट भएपछि रसुवा बन्द

जिल्लाको बेत्रावतीस्थित मोर्डन ट्रिनिटी इङ्लिस बोर्डिङ स्कूलका सञ्चालक चित्रमान डंगोलको फेसबुकमा उनी मारिएको स्टाटस पोस्ट भएपछि आफन्तले रसुवा बन्द गरेका छन्।

वाम सरकारलाई खबरदारी गर्छाैं : सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बाम गठबन्धनको सरकार बनिसकेको भन्दै काँग्रेस जिम्मेवार प्रतिपक्षको रुपमा बस्ने बताएका छन्।

‘रूसी खेलाडीबारेको खबर निराधार’

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)ले बिहीबार आजीवन प्रतिबन्धबाट सफाइ पाएका २८ रूसी खेलाडीले स्वतः प्योचाङ हिउँदे ओलम्पिकमा खेल्ने पाउने खबर निराधार भएको बताएको छ।

दीपिकाको हत्या प्रयास भएको खबर तथ्यहीन

सञ्जय लिला भन्सालीले निर्माण गरेको चलचित्र पद्मावती विषयलाई लिएर बलिउड अभिनेत्री दीपिका पादुकोणको हत्या प्रयास गरिएको तथ्य झुटो भएको केही बलिउड कलाकारहरुले बताएका छन् ।  बलिउड कलाकारहरु ऋतिक रोशन, बरुण धवन तथा सोनाक्षी सिन्हाले चलचित्र पद्य्मावतीको विषयलाई लिएर अभिनेत्री दीपिकाको हत्या गर्न खोजिएको भनी सञ्चार माध्यममा आएका समाचारहरू झुटो तथा तथ्यहीन भएको बताएका हुन् ।

सरकारी छात्रवृत्ति लक्षित वर्ग नै बेखबर

गरिब तथा  विपन्न विद्यार्थीलाई उच्च शिक्षाका लागि दिइने करिब ५ करोड २० लाखको छात्रवृत्तिबारे लक्षित वर्ग नै बेखबर रहेको देखिएको छ । लक्षित विद्यार्थीसम्म जानकारी पुग्न नसक्दा छात्रवृत्तिको पूर्ण सिटको लागि आवदेन आउन नसक्दा गरिब तथा विपन्न विद्यार्थी लाभान्वित हुन सकेका छैनन्।

७६औँ जिल्लाको खबर

नयाँ संविधानको भावनाअनुसार राज्य पुनर्संरचना गर्दा मुलुकभित्र दुई जिल्ला बढेका छन् । पहिला ७५ जिल्ला थियो, अहिले संख्या ७७ पुगेको छ । नवलपरासी जिल्ला नवलपुर र नवलपरासीमा बाँडिएको छ भने रुकुमलाई पूर्वी र पश्चिम रुकुमका रूपमा फुटाइएको छ।

मन्त्रालयमा खबर नगरी खड्का निगममा

अनियमितता आरोपमा बर्खास्त भएका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का सर्वोच्च अदालतको आदेशपछि सोमबारदेखि काममा फर्किएका छन् ।

जितेर गएपछि नबिर्सिन जनताको खबरदारी

तेस्रो चरणको स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा उम्मेदवार मतदाताको घरदैलोमा धाउँदै मत तान्न सक्रिय देखिन्छन् । यति बेला उम्मेदवार मतदातासमक्ष आफ्ना अजेन्डा सुनाउन व्यस्त छन् ।

म्युजिक खबर अवार्डमा रामकृष्णलाई दुई अवार्ड

राजधानीमा गत आइतबार आयोजना गरिएको छैठौं संस्करणको 'म्युजिक खबर अवार्ड २०७४'मा गायक रामकृष्ण ढकालको एल्बम 'आवरण'ले 'सर्वोत्कृष्ट एल्बम सुगम संगीत'को अवार्ड पाएको छ। अवार्डमा रामकृष्णकै स्वर रहेको 'म लडेको मात्र'ले 'सर्वोत्कृष्ट गायक सुगम संगीत'को अवार्ड पोल्टामा पार्‍यो।

पत्रकारिता सम्मानित, मर्यादित र खबरदारी गर्ने किसिमको हुनुपर्छ : मन्त्री कार्की

सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले पत्रकारिता पेसा सम्मानित, मर्यादित र खबरदारी गर्ने किसिमको हुनुपर्ने बताएका छन् ।

जब टिभी समाचार वाचिकाले अाफ्नै पति मृत्युको खबर पढिन्

सोच्नुहोस् त टेलिभिजनमा समाचार पढिरहेकी समाचारवाचिकाले आफ्नै पति मृत्युको समाचार पढ्दा उनको मानसिक अवस्था के होला? भारतको रायपुरस्थित निजी टेलिभिजन च्यालन आईबीसी ट्वान्टी फोरकी समाचार वाचिका सुप्रीत कौरको जीवनमा यस्तै दुःखद परिस्थिति अाइपर्‍यो।

'अाैषधि नभए खबर पाउँ, २४ घन्टामा कि औषधि कि पैसा पाउनुहुन्छ'

जिल्लाको नेतृत्वले काम गरेन भने पनि जिम्मेवारी मेरो नै हो, म गराएर नै छोड्छु। यदि कसैले गर्दैनन भने काम नगर्नेले छोड्छन, गर्नेले पुरस्कार पाउछन नगर्नेले दण्ड पाउछन नै। तर यसको लागि तथ्यको सम्पूर्ण पक्ष संप्रेसित भयो भने मलाई काम गर्ने वातावरण बन्छ। यसका निम्ति सबैसँग सहयोगको अपेक्षा गरेको छ।

आदिवासी जनजाति प्रतिष्ठान खारेज नगर्न खबरदारी

नेपाल आदिवासी जनजाति महासंघले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान खारेज गर्ने सरकारको तयारीप्रति आपत्ति जनाएको छ। महासंघले आइतबार काठमाडौंंमा पत्रकार सम्मेलन गरी आदिवासी जनजातिलाई सहयोग गर्ने एकमात्र सरकारी निकायको रुपमा रहेको प्रतिष्ठान खारेज गरिए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्