१२ मंसिर २०८१ बुधबार
image/svg+xml

जनप्रतिनिधि र कर्मचारीले विपद् व्यवस्थापन कोषमा रकम जम्मा गर्ने

खोटाङको रावाबेँसी गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि विपद् व्यवस्थापन कोषमा साढे दश लाख भन्दा बढि रकम जम्मा गर्ने भएका छन् ।

विपद् व्यवस्थापन समितिलाई ३० सेट पीपीई

जिल्ला विपद् व्यवस्थापन समितिलाई ३० सेट पीपीई (पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट) प्राप्त भएको छ । वल्र्ड भिजन इन्टरनेशलले साझेदारी संस्थाहरुको रोहबरमा जिल्ला विपद् व्यवस्थापन समितिलाई ३० सेट पीपीई हस्तान्तरण गरेको हो ।

कसरी हुन्छ कोरोना संक्रमितको पहिलो परीक्षण र अन्तिम जोखिम व्यवस्थापन ? (फोटो फिचर)

सम्भावित कोरोना संक्रमणको प्रारम्भिक परीक्षणदेखि रोगले थलिएर मान्छेको मृत्यु हुँदासम्मको अवस्थालाई व्यवस्थापन गर्न सक्षम रहेको सन्देश दिँदै नेपाली सेनाको ताप्लेजुङ सदरमुकाम फुङ्लिङस्थित भीमकाली गुल्मले कोरोनाविरुद्धको अनुशिक्षण अभ्यास गराएको छ ।

विपद् कोषमा योगदान

‘गाउँपालिकाभित्रका तीन सय ८६ शिक्षकको एक दिनको तलब गाउँपालिकाको कोरोना प्रतिकार्यका लागि तयार गरिएको विपद् व्यवस्थापन कोषमा दिने निर्णय भएको छ,’ अध्यक्ष गुरुङले भने।

विपद् व्यवस्थापन: समिति छन्, काम छैन

केन्द्रदेखि गाउँसम्म आठ सय बढी समिति छन् । ती समितिले विभिन्न विपद्मा संकलन गरेको करोडौं रुपैयाँ  प्रयोगमा  आउन सकेको छैन ।

जुनारको किरा व्यवस्थापनमा समस्या

कोरोना भाइरसको प्रभावका कारण सिन्धुलीको मुख्य नगदेबालीको जुनारको किरा व्यवस्थापनमा समस्या भएको छ । विश्वभर फैलिएको कोरोना भाइरस रोकथामका लागि सरकारले देशभर लकडाउन गरेसँगै जुनारको किरा व्यवस्थापनमा समस्या भएको हो ।

विपद् व्यवस्थापन र स्थानीय तहलाई सुरक्षा सामग्री

स्थानीय तथा समाजसेवी सुरेश पन्तले ठूलो परिमाणमा सुरक्षा सामग्री विपद् व्यवस्थापन र स्थानीय तहलाई उपलब्ध गराएका छन्। विपद् व्यस्थापन र स्थानीय तहलाई दोस्रोपटक सुरक्षा समग्री पन्तले वितरण गरेका हुन।

लकडाउन : कति सदुपयोग?

केहीदिन पत्रपत्रिका प्राप्त हुन नसकेकामा नागरिक र रिपब्लिका दैनिकले निःशुल्क पत्रिका वितरण गरेर धेरैलाई समय बिताउन राहत प्रदान गरेको हुनुपर्छ ।

‘विपद् व्यवस्थापन कोष’मा सहयोगी हात

कोरोना महामारीको त्रास फैलिरहदा बिभिन्न स्थानीय सरकारले रोकथाम र व्यवस्थापनका लागि अनेक उपायहरु अपनाइरहेका छन्। यसैबीच रोल्पा नगरपालिकाको ‘विपद् व्यवस्थापन राहत कोष’मा सहयोग रकम समेत जुट्न थालेको छ। नगरपालिकाले सुरुमा १२ लाख ६० हजार जम्मा गरेर कोषको सुरुवात गरेको थियो।

शिवराज नगरपालिकामा ६३ लाखको प्रकोप व्यवस्थापन कोष

कपिलवस्तुको शिवराज नगरपालिकाले ६३ लाखको नगरस्तीय प्रकोप व्यवस्थापन कोष खडा गरेको छ। नगरपालिकाको कार्यपालिका बैठकले बिपद् पीडीतलाई राहत प्रदान गर्न सो कोष खडा गर्ने निर्णय गरेको हो। सो कोष जिल्लाका पालिका मध्ये सबै भन्दा बढी रकमको बिपद् कोष हो। नगर प्रमुख नेत्ररा अधिकरीले बिपद्मा परकोहरुलाई राहत प्रदान गर्न कोष खडा गरिएको बताए।

आपूर्ति र व्यवस्थापन बारे बुझ्न हप्तामा २ पटक अनुगमन

दैनिक उपभोग्य बस्तुको उत्पादन, आयात, मौज्दात, आपूर्ति र व्यवस्थापनलाई नियमन गर्ने गरी अब हरेक हप्तामा कम्तिमा २ पटक ताप्लेजुङका बजार/पसल अनुगमन गरिने भएको छ। संक्रामक अवधिलाई मध्यनजर गरी दैनिक उपभोग्य बस्तुको आपूर्ति व्यवस्थापन सहज बनाउन प्रदेश नं १ सरकारको परिपत्र अनुसार गठित ताप्लेजुङ समितिले कार्ययोजना बनाई बजार अनुगमन गर्ने निर्णय लिएको हो।

४० लाखको विपद् व्यवस्थापन कोष

सुनिलस्मृति गाउँपालिका सुलिचौर रोल्पाले हालको २५ लाख विपद् व्यवस्थापन कोषलाई वृद्धि गरेर ४० लाखको कोष स्थापना गर्ने र विपन्न परिवारहरुलाई राहत वितरण गर्ने निर्णय गरेको छ

प्रकोप व्यवस्थापन कोषमा सहयोग, श्रमिकलाई राहत

लकडाउन सुरु भई दैनिक ज्याला मजदुरी गर्ने तथा श्रम गरेर जिविकोपार्जन गर्नेलाई गाँसको समस्या भएसँगै प्रकोप व्यवस्थापन कोषमा रकम जम्मा हुन थालेको छ। रकम जम्मा भएसँगै श्रमिकलाई राहत वितरण गर्न थालिएको कमलामाई नगरपालिका सिन्धुलीले जनाएको छ।

एकै दिन साढे १२ लाख जम्मा

कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले स्थापना गरेको प्रदेश विपद व्यवस्थापन कोषमा रकम संलकन भइरहेको छ। सोमबार उक्त कोषमा १२ लाख ५० हजार रूपैयाँ जम्मा भएको छ।

जिल्ला विपद् व्यवस्थापन समितिलाई सामग्री प्रदान

प्रतिनिधि सभाका सांसद मोहन आचार्यले जिल्ला विपद् व्यवस्थापन समिति रसुवालाई सामग्री प्रदान गरेका छन्। विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट बच्नका लागि आवश्यक पर्ने सामग्री प्रदान गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्