७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

विपद् व्यवस्थापन समितिलाई ३० सेट पीपीई

वल्र्ड भिजन इन्टरनेशलनले सिन्धुलीस्थित विपद् व्यवस्थापन समितिलाई ३० सेट पीपीई हस्तान्तरण गर्दै । तस्बिर: अनिल/नागरिक

सिन्धुली- जिल्ला विपद् व्यवस्थापन समितिलाई ३० सेट पीपीई (पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट) प्राप्त भएको छ । वल्र्ड भिजन इन्टरनेशलले साझेदारी संस्थाहरुको रोहबरमा जिल्ला विपद् व्यवस्थापन समितिलाई ३० सेट पीपीई हस्तान्तरण गरेको हो ।

विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरसले नेपाल आक्रान्त बनिरहेको र पूरै देश बन्दाबन्दीको अवस्थामा रहेको परिपेक्षमा नेपाल सरकारको कोरोना भाइरस प्रतिकार्य कार्यक्रममा थप सहयोग पुर्‍याउन वल्र्ड भिजनले स्वास्थ्य सामाग्री सहयोग गरेको जनाएको छ । सोही कार्यक्रम अन्र्तगत स्थानीय तहमा सहयोग गर्ने उद्देश्यले ३० सेट पीपीई र ४ सेट थर्मल गन जिल्ला विपद् व्यवस्थापन समितिको कार्यालयलाई हस्तान्तरण गरिएको सिन्धुलीस्थित साझेदार संस्था सिड्स नेपालका अध्यक्ष दिपककुमार घिमिरेले जानकारी दिए ।

उक्त अत्यावश्यक स्वास्थ्य सामाग्री जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेलाई हस्तान्तरण गरिएको हो । जिल्लामा स्वास्थ्य सामाग्रीको अभाव रहेको समयमा वल्र्ड भिजनले ३० सेट पीपीई उपलब्ध गराई सहयोग गरेको प्रजिअ पाण्डेको भनाई छ । जिल्ला विपद् व्यवस्थापन समितिलाई प्राप्त पीपीई जिल्ला अस्पतालसहित अत्यावश्यक ठाउँमा हामी तत्कालै वितरण गर्छौ, प्रजिअ पाण्डेले भने, सिन्धुलीमा पीपीई अझै पर्याप्त भएको छैन ।

जिल्लामा स्वास्थ्य सामाग्री अपुग भएको भन्दै केहि दातृसंस्थाहरुले पीपीई सेट उपलब्ध गराएको भएपनि त्यो पर्याप्त नभएको प्रजिअ पाण्डेले बताए । दातृ संस्थाहरुबाट केहि स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन्, तर ति सामाग्री पर्याप्त छैनन्, उनले भने, हामीले अरु प्राप्त गर्न जरुरी छ । खासगरि पीपीई सेट डाक्टरले लगाउने सुरक्षा कवजको अभाव रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रजिअ पाण्डेका अनुसार आरडीटी टेष्टको लागि समेत किट पर्याप्त छैन । जिल्लाले ६ सय ओटा किट प्राप्त गरेको र ४ सय २६ ओटा किट सकिसकेको र ति सामाग्री प्राप्तीको लागि समेत पहल भइरहेको प्रजिअ पाण्डेले जनाए ।


 

प्रकाशित: १२ वैशाख २०७७ ०६:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App