हेटौँडा उपमहानगरपालिका बालमैत्री स्थानीय तह घोषणा
उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले बिहीबार एक कार्यक्रमबीच हेटौँडालाई निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त उपमहानगरपालिका घोषणा गरेका हुन् ।
उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले बिहीबार एक कार्यक्रमबीच हेटौँडालाई निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त उपमहानगरपालिका घोषणा गरेका हुन् ।
पोखराको पर्यटकीय गन्तव्य पाताले छाँगो (डेभिज फल्स) कसले संचालन कसले गर्ने भन्ने विवादको टुंगो लागेसँगै पोखरा महानगरपालिकाले छाँगो संचालन गर्न थालेको छ। यसअघि पोखरा उपत्यका नगरविकास समितिको निर्णय अनुसार २०३४ सालदेखि स्थानीय छोरेपाटन माविले छाँगो संचालन गर्दै भएको आम्दानी लिँदै आएको थियो। ४७ वर्षपछि छाँगो पोखरा महानगर मातहत आएको छ।
इटहरी उपमहानगरपालिकाका कर्मचारीहरूले आइतबार काम ठप्प पार्दै कार्यालय बाहिर धर्नामा बसेका छन्।
पोखरा महानगरपालिका–१४ मझेरीपाटनका विभिन्न ठाँउका वर, पिपल र समिका रुख ठुटै पारेर काटिएका छन्। करिब ६०–७० वर्ष पुराना ती रुख काटिएको स्थानीयले बताएका छन्। काटिएका ती रुखमध्ये केहीमा चौतारा पनि थिए।
नेपाली कांग्रेसले महानगर प्रहरी कुट्ने जनप्रतिनिधिलाई कारवाही गर्न माग गरेको छ। कांग्रेस पोखरा महानगर समितिले मंगलबार विज्ञप्ती निकाल्दै सुरक्षाका लागि ड्यूटीमा खटिएका महानगर प्रहरीमाथि कुटपिट गर्ने जनप्रतिनिधिलाई कारवाही गर्न माग गरेको हो।
परिषद् ऐन २०५५ को दफा ६ अनुसार संस्थाको सर्वोच्च निकायका रूपमा सञ्चालक परिषद् र अध्यक्ष छन्। परिषद्लाई सहयोग गर्न सचिवालय र कर्मचारी छन्। तर यी दुवै तहबीच हाल सामान्य सहकार्यको अवस्था पनि छैन।
पोखरा महानगरपालिकाको सार्वजनिक लेखा समितिले पोखरा महानगरपालिकाले गुमाएको राजश्वबारे अध्ययन गर्न उप–समिति बनाएको छ।
पोखरा महानगरपालिकाले महानगर भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खाजा खर्च वापत प्रति दिन १० रुपैयाँ थप्ने भएको छ। महानगरले संघ सरकारले प्रति दिन १५ रुपैयाँ दिने गरेकोमा त्यसमा १० रुपैयाँ थपिदिने भन्दै त्यसका लागि ४ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
न्युरोड क्षेत्रका सडकमा सडक विभाग र काठमाडौं महानगर आम्नेसाम्ने भएका छन्।
पोखरा महानगरपालिकाको सार्वजनिक लेखा समितिले महानगरको बेरुजु असुलउपर गर्न कार्यपालिकालाई निर्देशन दिएको छ।
घरेलु टोली महाङ्काल गाउँपालिका सोमबार प्रथम प्रकाश दाहाल स्मृति बाग्मती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।
ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले विपद् व्यवस्थापन र प्रतिकार्य अभ्यासमा संघीय सरकारले ध्यान दिन नसकेको बताएका छन्।
लामो समयको खडेरीका कारण पानीको स्रोत कम हुँदै गएपछि पोखरा महानगरपालिका ३३ भरतपोखरीस्थित खुर्वादी हुडिकोट लिफ्टिङ खानेपानी योजनाका लागि स्थानीयले वैकल्पिक स्रोत खोजेका छन्।
काठमाडौं महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ।
काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ देखि एक लाख बिमितको कार्ड जारी गर्ने भएको छ।