२० फाल्गुन २०८२ बुधबार
image/svg+xml

निर्धक्क भएर मतदान गर्न महानिरीक्षक कार्कीको अनुरोध

मतदानको पूर्वसन्ध्यामा भिडियो सन्देश जारी गरेर उनले देशभरी नै सुरक्षा व्यवस्था कडा पारिएको भन्दै निर्धक्क भएर मतदानमा सहभागी हुन अनुरोध गरेका हुन्।

इरानमाथि अमेरिका-इजरायलको आक्रमण अन्तर्राष्ट्रिय कानुनविपरीत: प्रधानमन्त्री कार्नी

यसैबिच, सुरक्षा अवस्थालाई ध्यानमा राख्दै अमेरिकाले पाकिस्तानमा रहेका आफ्ना कर्मचारी र उनीहरूका परिवारलाई देश छाड्न निर्देशन दिएको छ। कराँची र लाहोरस्थित दूतावासमा कार्यरत अत्यावश्यक बाहेकका कर्मचारीलाई तत्काल पाकिस्तान फर्कन भनिएको हो। कराँचीस्थित अमेरिकी वाणिज्य दूतावास बाहिर भएको हिंसात्मक प्रदर्शनमा कम्तीमा १० जनाको मृत्यु भएपछि अमेरिकाले यो कदम चालेको हो।

मोदीले बालेनलाई शुभकामना दिएको भन्दै ‘डीप फेक’ भिडियो बनाउने पक्राउ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहलाई शुभकामना दिएको भन्दै भ्रम फैलाउने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

उडान सेवा अझै स्थगित : कतार एयरवेज

कम्पनीले जारी गरेको अद्यावधिक सूचनामा 'कतारी हवाई क्षेत्र बन्द गरिएकाले उडान सञ्चालन अस्थायी रूपमा निलम्बित छ' भनिएको छ।

बाँकेका सिडिओलाई एमाले नेता धितालको धम्की

नेकपा एमाले बाँकेका एक नेताले बाँकेका सिडिओविरुद्ध विवादास्पद अभिव्यक्ति दिएका छन्।

मोज्तबा इरानको सर्वोच्च नेता बन्ने चर्चा : इजरायलले दियो ‘सफाया’ गर्ने धम्की

८८ जना मौलवीहरू सम्मिलित उक्त सभाले सुरक्षा संवेदनशीलताका कारण अनलाइन मतदानमार्फत मोज्तबालाई चयन गरेको विदेशी सञ्चारमाध्यमले जानकारी दिएका छन्। जानकारी अनुसार ५५ वर्षीय मोज्तबालाई उनका बुबाले सन् २०२४ मै आफ्नो उत्तराधिकारीका रूपमा अघि सारेका थिए।

कतारस्थित अमेरिकी हवाई अड्डामा इरानी क्षेप्यास्त्र प्रहार

कतारको रक्षा मन्त्रालयले इरानले प्रहार गरेको दुई ब्यालिस्टिक क्षेप्यास्त्रले देशलाई निशाना बनाएको बताएको छ।

पूर्वी लेबनानको बालबेकमा इजरायली हवाई आक्रमण : चार जनाको मृत्यु

इजरायलले पूर्वी लेबनानको बालबेक सहरको आवासीय भवनलाई लक्षित गरी आक्रमण गर्दा चार जनाको मृत्यु हुनुका साथै अन्य छ जना घाइते भएका छन्।

मोरङको सुन्दरहरैँचामा शंकास्पद वस्तु फेला

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुन्दरहरैँचा नगरपालिका–१० स्थित सडकको उत्तर साइडमा बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको मोरङ प्रहरीले जनाएको छ।

ललितपुर महानगरले भन्यो : मतदानको दिन फोहोर उठाउन सक्दैनौँ

महानगरपालिकाले यस अवधिमा उत्पन्‍न हुने फोहोरमैला आफ्नै घर वा कम्पाउन्डभित्र व्यवस्थित रूपमा राख्‍न तथा जथाभावी सडक, सार्वजनिक स्थल वा खुला स्थानमा नफाल्न सबैसँग अनुरोध गरेको छ।

निर्वाचन शान्तिपूर्ण बनाउन सीमा नाकामा सुरक्षा कडाइ

बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनका लागि नेपाल–भारत सीमानाकामा सुरक्षा व्यवस्था कडा बनाइएको छ।

निर्वाचनमा प्राथमिक उपचार स्वयंसेवक परिचालन गर्दै नेपाल रेडक्रस

नेपाल रेडक्रस सोसाइटी, काठमाडौँ जिल्ला शाखाले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा विभिन्न ३० मतदान केन्द्र परिसरमा प्राथमिक उपचार स्वयंसेवक परिचालन गर्ने भएको छ।

किन स्थगित भयो बहुप्रतिक्षित चलचित्र ‘टक्सिक’ को प्रदर्शन?

मार्चमा ‘टक्सिक’ र ‘धुरन्धर २’ को टक्कर हुने अनुमान गरिएको थियो। तर, मार्च १९ देखि प्रदर्शनको तयारीमा रहेको यशको बहुप्रतिक्षित चलचित्र स्थगित गरेपछि एकल प्रदर्शनमा रहेको 'धुरन्धर २' को व्यापार अझ सफल हुने अनुमान गर्न सकिन्छ।

छुट पाएका सवारीसाधनले सम्बन्धित व्यक्तिबाहेकलाई ओसारपसार गर्न नपाइने

भोली हुने प्रतिनिधि सभाको निर्वाचनको लाग सवारी आवागमन व्यवस्थापनलाई सहजीकरण गर्न निर्वाचन आयोगले विशेष व्यवस्था सिफारिस गरेको छ।

नागरिक सरकारले गराएको निर्वाचन पहिलाभन्दा सुदृढ : गृहमन्त्री अर्याल

मतदानको पूर्वसन्ध्यामा भिडियो सन्देश जारी गर्दै उनले स्वच्छ, निष्पक्ष, धाँधलिरहित हुने भन्दै नागरिक सरकारले गराएको निर्वाचन पहिला भन्दा सुदृढ हुने दाबी गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्