८ पुस २०८१ सोमबार
image/svg+xml

भन्सार प्रशासन–स्थानीय सहमति, तातोपानी नाका निर्बाद सञ्चालनमा आउने

उत्तरको मुख्य नाका तातोपानीबाट सबैखाले चिनियाँ सामाग्रीको निर्बाध आयात गर्न दिन स्थानीयले सहमति जनाएका छन् । तातोपानी सुख्खा बन्दरगाह भन्सार प्रशासन, जनप्रतिनिधि र व्यवसायीसहित बुधबार नाकामा बसेको बैठकमा चिनियाँ सामाग्री आयातमा अवरोध नपुर्‍याउने सहमति जुटेको हो । तर नाकाबाट चिनियाँ सामाग्री आयात गर्दा ‘मेडिकल प्राटोकल’ पूर्ण पालना गर्नुपर्ने शर्त भने स्थानीयले राखेका छन् ।

राप्रपा र राप्रपा(संयुक्त)बीच एकीकरणको सहमति

राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी(संयुक्त)बीच एकीकरण गर्न दुवै पार्टीका नेता सहमत भएका छन्।

भद्र सहमतिविपरीत बचतमा ब्याजदर घटाउँदै बैंक

‘क’ वर्गका वाणिज्य बैंकमध्ये स्ट्यान्डर्ड चार्टर्ड बैंक, नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, हिमालयन बैंक, नेपाल एसबिआई बैंक, सनराइज बैंक र राष्ट्रिय वाणिज्य बैंकलगायतले निक्षेपको ब्याजदर घटाएका छन्।

कालोपत्रेको काम सुचारु गराउने सहमति

स्थानीयले ठप्प बनाएको खोटाङको महुरे–राजापानी सिमपानी (२२ किलोमिटर) सडक कालोपत्रेको काम सुचारु गराउने सहमति जुटेको छ। सडकको काममा चरम ढिलासुस्ती तथा गुणस्तहिन भएको र कार्यरत कामदारले वर्षौँसम्म पनि पारिश्रमिक नपाएको बिरोधमा स्थानीयले फागुन ८ गतेदेखि बन्द गराएको सडकको काम जिल्ला प्रशासन कार्यालयको पहलमा सुचारु गराउने सहमति जुटेको हो।

सहमतिपछि काठ लिलामीको बाटो खुल्यो

सुरुको मूल्यांकनअनुसारको अपुग परिमाणको क्षतिपूर्ति काबेली ‘ए’जलविद्युत् आयोजनाले व्यहोर्ने भएपछि विगत लामो समयदेखि ताप्लेजुङको काबेली क्षेत्रमा भण्डारण गरी राखिएका सालसहितका ९ प्रजातिका गोलिया तथा दाउरा लिलामी गर्न बाटो खुलेको छ।

सहमति विपरित नियुक्त गरेको भन्दै संयुक्त रूपमा पार्टी परित्याग

जिल्ला खेलकुद विकास समिति रसुवामा सहमति विपरित अध्यक्ष नियुक्त गरेको भन्दै पूर्वअध्यक्ष तेम्पासिंगी तामाङसहित ५० जना कार्यकर्ताले पार्टी परित्याग गरेका छन्।

सहमति खोज्दै कांग्रेस शीर्ष नेता

नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधान गर्न बुधबार शीर्ष नेताबीच छलफल हुने भएको छ। सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बुधबार दिउँसो ३ बजे नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलासहितका नेताबीच छलफल हुन लागेको हो।

यसरी भयाे सहमति

सचिवालय बैठकमा सापकोटाविरुद्ध अदालतमा विचाराधीन मुद्दाका विषयमा के हुन्छ भन्ने प्रश्न पनि उठाइएको थियो। तर दाहालले यो विषय सत्यनिरुपण तथा मेलमिलाप आयोगले टुंगो लगाउने जवाफ दिएको स्रोतको दाबी छ।

रोकियो उखु किसानको आन्दोलन

सरकारसँग पाँचबुँदे सहमति। माघ ७ गतेभित्र किसानको बक्यौता रकम भुक्तानी गर्ने र त्यसको जिम्मा उद्योग मन्त्रालयले लिने सहमति भएको छ।

सिडिओलाई प्रदेश मातहत ल्याउने सहमति

प्रमुख जिल्ला अधिकारी(सिडिओ)लाई प्रदेश मातहतमा ल्याउन सातै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरूले संयुक्त पहल थाल्ने भएका छन्। शनिबार विराटनगरमा आयोजित कानून र सुरक्षासम्बन्धी अन्तरप्रदेशिय छलफल कार्यक्रममा प्रमुख जिल्ला अधिकारीलाई प्रदेश मातहत राख्न आन्तरिक मामिला मन्त्रीहरूले संघसँग पहल थाल्ने सहमति गरेका हुन्।

शहरी विकासमन्त्री राईले पनि दिए राजीनामा

समाजवादी पार्टीले सरकारबाट हट्ने निर्णय गरेपछि शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले पनि राजीनामा दिएका छन्।

न्यायाधीश नियुक्ती प्रकृयाप्रति कानुनमन्त्री यादवकाे असहमति

उपप्रधान एवं कानून न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले हालै भएको न्यायाधीश नियुक्तीको प्रकृयाप्रति असहमति जनाएका छन्।

भाडादर घटाउने सहमति

महाभारत गाउँपालिका–१ छोटेसाहनसम्म यातायात सेवा दिँदै आएको गणेश हिमाल तराई यातायात प्रालिले आजदेखि भाडा दर घटाउने सहमति गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्