१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

न्यायाधीश नियुक्ती प्रकृयाप्रति कानुनमन्त्री यादवकाे असहमति

फाइल फोटाे

काठमाडौं– उपप्रधान एवं कानून न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले हालै भएको न्यायाधीश नियुक्तीको प्रकृयाप्रति असहमति जनाएका छन्। शुक्रबार कानून मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री यादवले मन्त्रालय परिवर्तन हुनुभन्दा अघि तत्कालीन कानूनमन्त्री भानुभक्त ढकालले न्यायाधीश नियुक्तीका लागि गरेको सिफारीस कानूनविपरीत भएको बताएका छन्।

न्याय परिषदलाई प्रभावमा पारी तत्कालीन कानुनमन्त्री ढकालले न्यायाधीश पद खालि नहँुदै उच्च अदालतमा १५ जना न्यायाधीश नियुक्तीका लागि सिफारिस गराएका थिए। उपप्रधानमन्त्री यादवले आफुलाई यो निर्णयले अचम्ममा पारेको भन्दै निर्णय कानुन विपरित भएको बताए।

मंसिर ४ गते बसेको न्यायपरिषदको बैठकले उच्च अदालतको न्यायाधीशका लागि जिल्ला न्यायाधीशबाट ९ जना, न्याय सेवाबाट १ र अधिवक्ताहरुबाट ५ जना सिफरिस गरिएको थियो। त्यस्तै उपप्रधानमन्त्री यादवले आफू संविधान संशोधनको एजेण्डा लिएर सरकारमा सहभागी भएकाले पनि प्रधानमन्त्रीले छानेर दिएको कानून मन्त्रालयलाई अवसरको रुपमा लिने बताए। मन्त्री यादवले आफु सरकारमा सहभागी भएको डेढ वर्षसम्म पनि संविधान संशोधन प्रकृया अगाडी बढन नसकेकाले पार्टीमा प्रश्न उठेको भन्दै अव कानून मन्त्रालय मार्फत प्रयास गर्ने बताए।

प्रकाशित: १३ मंसिर २०७६ १४:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App