सीमा विवाद सुल्झाउन राष्ट्रिय सहमति आवश्यक : नारायणकाजी
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ‘प्रकाश’ले राष्ट्रिय सहमतिका आधारमा नेपाल–भारत सीमा विवाद सुल्झाउनुपर्ने बताएका छन्। उनले बर्तमान सरकार पनि सोहि प्रकृयाबाट विवाद समाधान गर्न उन्मुख रहेको भन्दै राष्ट्रिय मुद्दामा देशका सबै राजनीतिक शक्ति एक ठाउँमा हुनुपर्नेमा जोड दिए।