९ पुस २०८१ मंगलबार
image/svg+xml

सहमतिबाटै कांग्रेसका अन्तरिम संरचना

नेपाली कांग्रेसले स्थानीय तहको अन्तरिम संरचना सहमतिबाट टुंगो लगाउने भएको छ। केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा शनिबार साँझ पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पदाधिकारीसहित नेताहरूको बैठकले तल्लो तहको संरचना सहमतिबाट टुंगो लगाउने गरी निर्देशिका तयार पारेको हो।

संसद खुलाउन नाटकीय सहमति

सर्लाही घटनाको संसदीय छानबिन समिति गठन गर्नुपर्ने भन्दै प्रतिपक्षीले संसद् अवरुद्ध गरे पनि संसदीय समिति गठन नगरिकनै सहमति भएको छ।

संसद सूचारु गर्नेबारे दलहरुबीच सहमति जुटेन, सत्ता र प्रतिपक्षको आआफ्नै अडान

अवरुद्ध संसद सूचारु गर्ने सम्बन्धमा सत्तापक्ष र प्रतिप्रक्षी दलबीच सहमति जुट्न नसकेपछि विकल्पको खोजीमा पार्टीभित्र आन्तरिक छलफल गर्ने भएका छन्।

इरानसँगको आणविक सम्झौता जोगाउन सहमति

इरानसँग सन् २०१५ मा गरिएको आणविक सम्झौतालाई रक्षा गर्न ‘संगठित प्रयास’ को आवश्यकता रहेको प्रति रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका फ्रान्सेली समकक्षी इमानुयल म्याक्रों सहमत भएका छन्।

सरकार र प्रतिपक्षबीच वार्ता गर्ने सहमति

भेनेजुएलाको सरकार र प्रतिपक्षी दल विद्यमान् राजनीतिक संकटलाई समाधान गर्ने लक्ष्यका साथ पुनःवार्तामा बस्न सहमत भएका छन्। आइतबार भेनेजुएला संकटबारे भएको छलफलमा उनीहरूबीच वार्ताको सहमति भएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।

भेनेजुयला सरकार र प्रतिपक्षबीच पुनः वार्ता गर्ने सहमति

भेनेजुयलाको सरकार र प्रतिपक्षी दल विद्यमान् राजनीतिक सङ्कटलाई समाधान गर्ने लक्ष्यका साथ पुनः वार्ता गर्न सहमत भएका छन्। आइतबार भेनेजुयला सङ्कटबारे भएको छलफलमा उनीहरूबीच वार्ताको सहमति भएको हो।

४५ लाखको सहमतिपछि नगरसभा गर्ने निर्णय

वडाहरुमा ४५ लाख बराबरको बजेट सिलिङ्गमा सहमति भएपछि नगरसभा हुने निश्चित भएको छ। मुगुको एक मात्र छायाँनाथ रारा नगरपालिकामा अनिश्चितजस्तो देखिएको नगरसभा शनिबार बसेको नगर कार्यपालिकाको बैठकमा वडा स्तरका योजनाहरुको कुल ४५ लाखको सेरोफेरोमा योजनाहरु बनाउने सहमति भएपछि नगरसभा हुने सुनिश्चित भएको हो।

अझै जुटेन सहमति, एकता प्रक्रिया लम्बिने संकेत

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरुको कार्यविभाजन र जनसंगठनको एकीकरण प्रक्रिया यही असारभित्र सक्ने भने पनि राजनीतिक प्रतिवेदन प्रकाशित नहँुदा विलम्ब हुने संकेत देखिएको छ। प्रतिवेदन प्रकाशित नहँुदा सचिवालय बैठक पनि टाढिँदै गएको छ। असार मसान्तभित्र राजनीतिक दस्तावेज प्रकाशित गर्ने र जनसंगठनहरुको एकता तथा केन्द्रीय सदस्यहरुको कार्यविभाजन टुंग्याउने भनिए पनि अहिलेसम्म प्रतिवेदनलाई अन्तिम रुप दिएर प्रेसमा पठाउने तयारी भएको छैन्।

विद्यार्थी संगठन र यातायात व्यवसायीबीच पाँच बुँदे सहमति

यातायात व्यवसायी कम्पनीले कानुन विपरित सञ्चालन गरेका थोत्रा, पुराना र मापदण्ड विपरितका सार्वजनिक यातायातका सवारी साधन तत्काल हटाइने भएको छ। यस्ता सवारी साधनले दुर्घटनाको जोखिम बढेको भन्दै जिल्लामा क्रियाशील विद्यार्थी संगठनले आन्दोलनको कार्यक्रम अघि बढाएपछि दुई पक्षबीच शुक्रबार भएको छलफलले निर्णय गरेको हो।

सुडान संकटः सेना र विपक्षीबीच सहमति

सुडानमा महिनौंदेखिको प्रदर्शनको नेतृत्व गरिरहेका विपक्षी नेताहरु र सेनाबीच शक्ति बाँडफाँडमा नयाँ सहमति भएको छ। ऐतिहासिक मानिएको उक्त सहमतिसँगै आगामी तीन वर्षसम्म मुलुकको राष्ट्रपतिमा सेना र विपक्षी नेताहरुले आलोपालो नेतृत्व गर्नेछन्।

‘सहमति भए नेतृत्वको दाबी गर्दिन’

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकजुट बनाउन सक्ने नेतृत्व खोज्नुपर्ने बताएका छन्। नेपाल प्रेस युनियन चितवनले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले त्यस्तो सहमति भएमा आफूले नेतृत्वको दाबी नगर्ने बताए।

आलोपालो प्रधानमन्त्रीको सहमति कार्यान्वयन हुनुपर्छः भीम रावल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले दुई अध्यक्षबीच भएको आलोपालो प्रधानमन्त्रीको सहमति कार्यान्वयन हुनुपर्ने बताएका छन्।

अझै सुल्झिएन बजेट विवाद, सातौं पटक पनि संसद स्थगित

सुदूरपश्चिम प्रदेश सरकारको बजेटमाथि प्रतिपक्ष दलहरुको सहमति अझै पनि जुट्न सकेको छैन्। असार १ गते ल्याएको बजेटमा असहमति जनाएका प्रतिपक्ष दलहरुसँग लगातार छलफल भएपनि विवाद सुल्झिन सकेको छैन्।

सहमतिपछि चिया उद्योग सञ्चालन

स्थानीय तहले बनाएको चियाको मापदण्डअनुसार हरियो चियापत्तीको मूल्य निर्धारण गर्न नसकिने भन्दै उद्योग नै बन्द गरेका सूर्योदय नगरपालिकाका चिया उद्योगीले आजदेखि उद्योग सञ्चालन गरेका छन्।

‘गलबन्दी’को विवाद मिल्यो, सपुत र राईबीच लिखित सहमति

पछिल्लो समय लोकप्रिय बनेको ‘गलबन्दी’का प्रकाश सपुत र शम्भु राईबीच लिखित सहमति भएको छ। उक्त गीतको भिडियोमा राईलाई क्रेडिट दिने र सपुतले आर्थिक पाउने गरी बुधबार भएको सहमति हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्