१६ असार २०८१ आइतबार
image/svg+xml

लागुऔषध मुद्दामा फरार अभियुक्त पक्राउ

रोल्पा जिल्ला अदालत रोल्पाबाट लागुऔषध चरेश मुद्दामा मिति २०७६ फाल्गुन २९ गते फैसला भई १ वर्ष ६ महिना कैद र पन्ध्र हजार जरिवाना भई हालसम्म फरार रहेका एक जना पक्राउ परेका छन्।

मकवानपुर प्रहरीद्वारा लागुऔषधसहित दुई पक्राउ

मकवानपुर प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–१५ घर भई हाल पर्साको वीरगञ्ज बस्ने २२ वर्षीय रञ्जित शर्मा र वीरगञ्जकै जटाशङ्कर सोनार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

लागुऔषधसहित दम्पती पक्राउ

आइतबार वीरेन्द्रनगर नगपालिका–४ सुर्खेत समावेशी टोलबाट ३७ वर्षीय लल्लु भन्ने किरण गिरी र उनको श्रीमती २६ वर्षीया सरला शाहीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए।

लागुऔषधिसहित तीन पक्राउ

प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। लागुऔषधको कारोबार भइरहेको सूचनाका आधारमा नगर प्रहरी कार्यालय र कर्णाली प्रदेश लागुऔषध ब्यूरोबाट खटिएको प्रहरीले शनिबार वीरेन्द्रनगर नगरपालिका–९ घिमिरेडाँडाबाट उनीहरुलाई पक्राउ गरेको हो।

लागुऔषध गाँजासहित २ जना पक्राउ

विराटनगरबाट भारतको जोगबनीतर्फ जाँदै गर्दा सीमा नजिक चेक गर्दा ३ केजी गाँजासहित २ जनालाई पक्राउ गरेको सशस्त्र प्रहरी बल मोरङ प्रमुख एसपी राजकुमार लामिछानेले जानकारी दिए।

६१ केजी लागुऔषध गाँजा बरामद

प्लाष्टिकमा प्याक गरी सिटी सफारीमा राखेर पश्चिमबाट पूर्वतर्फ लैजाँदै गरेको अवस्थामा ६१ किलोग्राम गाँजा बरामद भएको १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए। उनका अनुसार इलाका प्रहरी कार्यालय रानीको टोलीले गाँजा बरामद गरेको हो।

लागुऔषधसहित एक पक्राउ

लागुऔषध ब्राउनसुगरसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। मधुवननगरपालिका–८ टेसन बस्तीका २३ वर्षीय अर्जुन सुनारलाई प्रहरीले पक्राउ गरेको हो।

लागूऔषधसहित दुई जना पक्राउ

लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। मधुवन नगरपालिका–५ स्थित १७ नम्बर चौक बस्ने २६ वर्षीय ईन्द्रबहादुर विक र गुलरिया नगरपालिका–१ छेदापुर बस्ने २८ वर्षीय भण्डारी भनिने मुकेश लोधलाई प्रहरीले पक्राउ गरेको हो ।

१ सय २० किलो गाँजा र ९ लाख बराबरको अवैध सामान बरामद

नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत विराटनगर महानगरपालिका–१८ बाट लागुऔषध गाँजा, अदुवा र अवैध सामान प्रहरीले बरामद गरेको छ।

लागुऔषधसहित तीन युवा पक्राउ

पक्राउ पर्नेमा बागलुङको कोठेखोला गाउँपालिका–५ का २० वर्षीय मोहन श्रीष, ताराखोला गापा–१ का २१ वर्षीय नितेश घर्तीमगर र २१ वर्षीय सौरभ पुन रहेको प्रहरीले जनाएको छ।

लागुऔषधसहित दुई जना पक्राउ

सोमबार साँझ सुनवर्षी र रतुवामाई नगरपालिका क्षेत्रबाट २ जनालाई लागुऔषध र प्रतिवन्धित औषधिसहित पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ।

लागुऔषधसहित १६ जना प्रहरी नियन्त्रणमा

चिवतनबाट हेटौंडातर्फ जाँदै गरेको लु ३ च ९७४ नम्बरको गाडीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा सो लागुऔषधसहित फेला पारी गाडी चालक थिङसमेत तीन जनालाई पक्राउ परेको प्रहरीले जनाएको छ।

लागुऔषधको दलदलमा मधेस

पुस ९ गते राजविराजबाट काठमाडौं जान लागेको ना ८ ख ५८३७ नम्बरको यात्रु बसको डिक्कीबाट प्रहरीले नाइट्रेभेट १० लेखिएको ७० पत्ता २ हजार १ सय ट्याबलेट, एसपिएम पाइरोक्सभेन क्यापसुल २ सय ८८ थान र डाइलेक्स डिसी १०० एमएल ३ सय ९९ थान सिसी लागुऔषध बरामद गर्‍यो।

लागुऔषधको प्रयोगले समाजमा अपराध बढ्दै

कैलाली र कन्चनपुरमा लागुऔषधको प्रयोग चिन्ताजनक ढंगले बढ्दै गएको छ। खुला सीमानाका कारण भारतबाट लागुऔषध यहाँ भित्रिने गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्