१८ असार २०८१ मंगलबार
image/svg+xml
समाज

लागुऔषध गाँजासहित २ जना पक्राउ

विराटनगर महानगरपालिका–१६ स्थित हुलास चोकबाट लागुऔषध गाँजासहित २ लाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ।

विराटनगरबाट भारतको जोगबनीतर्फ जाँदै गर्दा सीमा नजिक चेक गर्दा ३ केजी गाँजासहित२ जनालाई पक्राउ गरेको सशस्त्र प्रहरी बल मोरङ प्रमुख एसपी राजकुमार लामिछानेले जानकारी दिए।  

स ९ प ९६०६ नम्बरको मोटरसाइकलमा जोगबनीतर्फ जाँदै गर्दै विराटनगर–४ का १९ वर्षीय आशिष मण्डल र मोटरसाइलको पछाडि सवार सोही ठाउँका २० वर्षीय दीपेश मण्डललाई गाँजासहित पक्राउ गरेका हुन्। उनीहरुले प्लाष्टिकमा प्याक गरिएको ३ केजी गाँजा मोटरसाइकलमा राखेर भारत पु¥याउन खोजेका थिए। प्रहरीलाई देख्न साथ भाग्न खोज्दा घेरा हालेर पक्राउ गरिएको र उनीहरुलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रकाशित: २५ श्रावण २०७९ ०५:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App