१८ असार २०८१ मंगलबार
image/svg+xml
समाज

लागूऔषधसहित दुई जना पक्राउ

लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। मधुवन नगरपालिका–५ स्थित १७ नम्बर चौक बस्ने २६ वर्षीय ईन्द्रबहादुर विक र गुलरिया नगरपालिका–१ छेदापुर बस्ने २८ वर्षीय भण्डारी भनिने मुकेश लोधलाई प्रहरीले पक्राउ गरेको हो ।  

शंकास्पद रुपमा रहेका विकको घर कोठाको बिस्तारामुनि लुकाई छिपाई राखेको लागूऔषध ब्राउन सुगरका ९ थान पुडिया र उनले प्रयोग गर्ने पल्सर मोटर साईकलको चाबिको ढक्कन भित्रबाट लुकाई राखेको १ थान पुडिया गरी जम्मा १० थान पुडिया बरामद भएको छ।  

कागजको सा–साना पुडियामा रहेको लागूऔषध ब्राउन सुगरको तौल १ सय ८० मिलीग्राम रहेको प्रहरीले जनाएको छ। प्रहरीले बिकलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा लोधबाट खरिद गरि ल्याएको बताएका थिए। प्रहरीले लोधलाई नियन्त्रणमा लिई खानतलासी गर्दा कालो प्लाष्टिकको पोका बनाई राखेको अवस्थामा ३ थान पुडिया बरामद गरेको छ।

प्रहरीले लोधबाट बरामद गरेको ३ थान लागूऔषध खैरो हिरोइनको तौल ३ ग्राम७ सय ४० मिलिग्राम रहेको जनाएको छ। प्रहरीले लागूऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ढोढरीले जनाएको छ।

प्रकाशित: २२ असार २०७९ ११:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App