धर्मगुरू आशाराम दोषी ठहर
नाबालिका बलात्कारको आरोप लागेका भारतीय धर्मगुरू आशारामलाई भारतको जोधपुर अदालतले दोषी ठहर गरेको छ।
नाबालिका बलात्कारको आरोप लागेका भारतीय धर्मगुरू आशारामलाई भारतको जोधपुर अदालतले दोषी ठहर गरेको छ।
नेपालगन्ज स्थित गगनगन्जनिवासी चेतन मानन्धरको हत्या मुद्दामा १४ जनालाई बाँके जिल्ला अदालतले दोषी ठहर गरेको छ। उक्त मुद्दामा मुख्य दोषी ठहर गर्दै नेपालगन्ज देवाफुलबारी निवासी रिगल ढकाललाई अदालतले ‘सर्वश्वसहित जन्मकैद’को फैसला सुनाएको छ। सोही घटनामा संलग्न रहेको ठहर गर्दै अदालतले प्रशान्त गौतम भनिने प्रेमध्वज खत्री, बिशाल भन्ने छबिलाल बस्नेत, नवराज खत्री र मोहनलाल खड्कालाई जन्मकैद सजाय सुनाएको छ।
बलिउडका हास्य अभिनेता राजपाल यादव ठगी मुद्दामा दोषी ठहर भएका छन्। दिल्ली हाई कोर्टले राजपालसहित उनकी पत्नी र एक कम्पनीलाई ५ करोड रुपैयाँ ठगीको अभियोगमा दोषी ठहर गरेको छ। उनीविरुद्ध आगामी २३ अप्रिलमा सजायँको फैसला हुनेछ।
फिल्म शुटिङका क्रममा कालो हरिणको शिकार गरेको आरोपमा अभिनेता सलमान खान दोषी ठहर भएका छन्। सन् १९९८ मा फिल्म ‘हम साथ साथ है’ शुटिङका क्रममा जोधपुरनजिकै कांकाणी गाउँसहित ३ अलग अलग स्थानमा हरिणको शिकार गरेको मुद्दामा विहीबार जोधपुरको स्थानीय अदालतका मुख्य न्यायाधीश देवकुमार खत्रीको इजलासले सलमानलाई दोषी ठहर गरेको हो।
एक महिनाअघि मात्रै रिलिज भएको फिल्म ‘कृ’का निर्माता सुवास गिरी गत चैत १३ गते मंगलबार गीत चोरीको अभियोगमा प्रहरी नियन्त्रणमा परे। उनीविरुद्ध निर्देशक शम्भु प्रधानको आरोप थियो– ‘कृ’मा उनको पुरानो फिल्म ‘सम्झना’को ‘उकालीमा अघिअघि’ गीत बिनाअनुमति प्रयोग गरियो।’
आफ्नो गल्ती ढाकछोप गर्न बढैयाताल गाउँपालिका –३ स्थित मानझुण्डी सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीले गरेको प्रर्दशनबाट सेक्टर वन कार्यालय, मैनापोखर बुधबार तनावग्रस्त बन्यो।
टीकापुर घटनाका आरोपीलाई उन्मुक्ति नदिन माग गर्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि धर्नामा बसेका ३४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
गाउँघरमा बोलाउने नाम ‘चतुरे’ भएकै कारण नुवाकोटका प्रेमबहादुर लामा ८ दिनदेखि विदुर कारागारमा सजाय भोगिरहेका छन् । चोरी मुद्दा लागेका ‘चतुरे’ सँग नाम जुधेकाले प्रेमबहादुर जेल परेका हुन्। लिखु गाउँपालिका ६ धोक्रेका चतुरे तामाङलाई पक्राउ गर्न गाउँ पुगेको प्रहरीले निर्दोष प्रेमबहादुरलाई पक्राउ गरी थुनामा राखेको हो । बाबुको नागरिकता नहेरी, सोधपुछ नगरी, पक्राउ पुर्जी नदिई प्रहरीले पक्रेर लगेको छोरा श्याम लामाले बताए।
नेपालको चिकित्सा शिक्षा क्षेत्रमा मौलाएको विकृति हटाई यसमा सुधार गर्नुपर्ने बहस टड्कारो रुपमा उठेको छ । चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै डा.गोविन्द केसीले निरन्तर आवाज उठाउँदै आएका छन् । यही क्रममा डा.केसीले चिकित्सा क्षेत्रमा मेडिकल कलेजका सम्बन्धन र सिट निर्धारणलगायतका विषयमा छानबिन गर्न पटकपटक माग गरे ।
प्रतिवेदनमा उपकुलपति तीर्थ खनियाँ, रजिस्ट्रार डिल्लीराम उप्रेती र रेक्टर सुधा त्रिपाठीलाई पदबाट हटाउन सिफारिस गरिएको छ । घट्टेकुलोस्थित काठमाडौं नेसनल कलेजलाई प्रदान गरिएको विवादित सम्बन्धनमा संलग्न कानुनी सल्लाहकारसहित अन्य पदाधिकारीलाई पनि कारबाही सिफारिस गरिएको छ।
महिलामाथि हुने बलात्कारजस्तो जघन्य अपराधका घटनाका दोषीलाई प्रहरीकै मिलेमतोमा उन्मुक्ती दिइएको भन्दै महिला अधिकारकर्मीहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्।
क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनीमा करोंडौ ठगी गर्ने बिमल खड्का पक्राउ परेका छन्। पुनरावेदन अदालत पाटनबाट पाँच करोड ७५ लाख जरीवाना तथा तीन वर्ष कैद सजायँ सुनाइएका खड्कालाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआइबी) को टोलीले चितवनबाट पक्राउ गरेको हो।
द्वन्द्वकालमा बेपत्ता पारिएका नागरिकका परिवारबाट परेका उजुरीमाथिको प्रारम्भिक छानबिनमा राज्य बढी दोषी पाइएको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले गरिरहेको प्रारम्भिक अध्ययनले कुल उजुरीमध्ये ८० प्रतिशतमा राज्य दोषी देखाएको छ । ‘प्रारम्भिक अध्ययनका क्रममा सरदरमा ८० प्रतिशत मुद्दामा तत्कालीन राज्य पक्ष दोषी पाइएको छ,’ आयोगका एक अधिकारीले नागरिकसँग भने, ‘२० प्रतिशतमा तत्कालीन विद्रोही पक्ष दोषी पाइएको छ ।’
भारतको विहार प्रदेशका मुख्यमन्त्री लालुप्रसाद यादवलाई प्रहरीले हिरासतमा लिएका छन्। सिबिआइको विशेष अदालतले चारा घोटालामा दोषी करार गरेपछि प्रहरीले हिरसातमा लिएको हो। उनलाई अदालत परिसरबाटै हिरासतमा लिइएको थियो।
एसी मिलान र रियाल मड्रिडका पूर्वस्ट्राइकर रोबिन्होलाई सामूहिक बलात्कारको मुद्दामा दोषी ठहर गर्दै बिहीबार इटालीको एक अदालतले नौ वर्षको जेल सजाय सुनाएको छ। ब्राजिली स्ट्राइकर रोबिन्होलाई सन् २०१३ मा भएको उक्त घटनामा संलग्न भएको ठहर गर्दै उक्त सजाय सुनाइएको हो । उनीमाथि अल्बानियाकी २२ वर्षे एक युवतीमाथि बलात्कार गरेका आरोप लागेको थियो । सजाय सुनाउँदा उनी अदालतमा अनुपस्थित थिए । सो समयमा उनी सिरी ‘ए’ क्लब मिलानबाट व्यावसायिक खेल खेल्न इटालीमा थिए।