‘अपराध ठहरिए दोषीमाथि कारबाही’
चितवन निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल शनिबार माडी पुगेका छन् । माडी यस्तो ठाउँ हो, जहाँ माओवादीले सशस्त्र संघर्षका बेला थापेको विद्युतीय धरापमा यात्रुबस पर्दा ३८ जनाको ज्यान गएको थियो । माडीको बाँदरमुढे भन्ने ठाउँमा २०६२ जेठ २३ मा सो घटना भएको थियो।