११ मंसिर २०८१ मंगलबार
image/svg+xml

हत्याका दोषीलाई तुरुन्त कारबाही गरियोस् : मोर्चा

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सप्तरीमा भएको घटनाप्रति भर्त्सना गरेको छ। सोमबार बेलुका सङ्घीय समाजवादी फोरम नेपालको पार्टी कार्यालय तीनकुनेमा बसेको आकस्मिक संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकले सप्तरीमा जनताले गरिरहेको शान्तिपूर्ण विरोध कार्यक्रमको सिलसिलामा प्रहरीले गोली हानेर हत्या गर्नुका साथै दर्जनौंलाई घाइते बनाएको घटनाप्रति मोर्चाले घोर निन्दा गरेको जारी विज्ञप्तिमा उल्लेख छ।

मधेसी मोर्चाले भन्यो : एमाले दोषी

काठमाडौं- सप्तरी घटनापछि आकस्मिकरुपमा बसेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकले सप्तरी घटना एमालेका कारण भएको ठहर गरेको छ।

छानबिनमा आलटाल, दोषी जोगाउने प्रयास

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एनआइडिसी डेभलपमेन्ट बैंकमा भएको अनियमितता र रकम घोटाला प्रकरण छानबिनमा आलटाल गरेको छ। सरकारी स्वामित्वको उक्त बैंकमा सञ्चालकले अनियमितता गरेको तथा करोडौं रकम घोटाला गरेको उजुरी आधारमा राष्ट्रिय सतर्कता केन्द्रले अनुसन्धान गरेको थियो।

किमको हत्या कसले गर्‍यो? दोषी खोज्दै मलेसियाली सुरक्षाअधिरकारी

मलेसियाली प्रहरीले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनका दाजु किम जोङ नामको हत्यामा संलग्नको खोजी तीब्र पारेको छ। हत्याको वास्तविक रहस्य सार्वजनिक नभएको र विश्वभरिबाट चासोका साथ हेरिएको घटनालाई सुरक्षा अधिकारीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छन्।

युवती हत्याका दोषी खोज्दै प्रहरी

लिच्कीराम्चे–८ की १७ वर्षीया रीता तामाङको हत्यामा संलग्न पहिचानका लागि प्रहरीले सक्रियता बढाएको छ। होटलमा काम गर्दै आएकी किशोरी गत बुधबार छिमेकी गाविस सिम्पानी–७ स्थित कुसेऔंसी जंगलमा हत्या गरिएको अवस्थामा फेला परेकी थिइन्।

महाअभियोगका बहुमत बुँदामा लोकमानसिंह दोषी ठहर

उनीविरुद्ध ७ बुँदे महाअभियोग प्रस्ताव गरिएकोमा ४ बुँदामा दोषी पाइएको प्रतिवेदनले औंल्याएको छ।

दोषी कर्मचारी उम्काउने प्रयास

वन फँडानीको समाचार प्रकाशित भएपछि जिल्ला वन कार्यालय डोटीले रेन्जर सुरेश रोकायाको नेतृत्वमा स्थलगत निरिक्षण टोली परिचालन गर्‍यो। टोलीले माघ १४ गते जिल्ला बन कार्यालयमा 'प्रारम्भीक प्रतिबेदन' बुझाएको जनाएको छ।

दोषीलाई कारवाही माग गर्दै फिदिम बजार बन्द

तीन दिन अघि इलाम कोल्बुङ रानीगाँउ घर भई हाल फिदिम–१ मा बस्ने बिसाल सम्बाहाफेको बसको ठक्करले मृत्यु भएको घटनालाई लिएर फिदिम बजार बन्द गरिएको छ। दोषीलाई कार्वाहिको प्रक्रिया अघि नबढेको भन्दै आइतबार फिदिम बजार बन्द गराइएको हो।

तिवारी हत्याका दोषीलाई कारबाही माग

नेरास्ववियुले रुपन्देहीस्थित युवा सङ्घका अध्यक्ष दुर्गा तिवारीका हत्यामा संलग्नलाई अविलम्ब पक्राउ गरी कारबाही गर्न माग गरेको छ । प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पस अगाडि विद्यार्थीले विरोध पनि प्रदर्शन गरे ।

भ्रष्ट्राचारमा दोषी पाइएपछि इक्वेडर फुटबल संघ अध्यक्षलाई १० वर्ष जेल सजाय

इक्वेडर राष्ट्रिय फुटबल संघका पूर्व अध्यक्ष लुइज चिरिबोगालाई इक्वेडेरियन कोर्टले १० वर्षका लागि जेल सजाय सुनाएको छ।

आरोपितले अटेर गरे स्वतः दोषी

संसद्को महाभियोग सिफारिस समितिले महाभियोग लागेका व्यक्तिलाई आफ्नो बचाउमा कुरा राख्न दुई साता समय दिने र सो अवधिमा समितिमाा उपस्थित नभए अभियोग स्वतः प्रमाणित हुने कार्यविधि पारित गरेको छ।

कैलाली घटनाका दोषीलाई कारवाही हुन्छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले गतवर्ष कैलाली जिल्लामा भएको घटनाको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन भएकाले सोही समितिले दिने सुझावका आधारमा सरकार अगाडि बढ्ने बताएका छन्। निर्दोषलाई दुःख दिने विषय स्वीकार्य नहुने तर आयोगले दोषी ठहर्‍याएकालाई कारवाही हुने उनले बताए।

दोषी नेता हैनन्, नागरिक नै हुन्

हामी आफ्ना छोराछोरी अमेरिका जाऊन्, बेलायत जाऊन्, क्यानडा जाऊन् भन्ठान्छौं अनि अरु कसैका छोराछोरी आएर देश बनाइदिऊन् भनेर सोच्छौँ। हामी अरु नै कोही सडकमा गएर आफ्ना लागि लडोस् भन्ने कामना गर्छौं। हामी एक जना अनि एउटा पार्टीलाई भोट दिएपछि सबै काम हुन्छ भनेर खेल मैदानभन्दा बाहिर निस्कन्छौं। हो, हामी यहीँनेर चुक्यौं। हामीले नागरिक अनि नेताबीचको सन्तुलन कायम गर्न सकेनौं।

छानबिन गरी दोषीलाई कारबाही गर्छु :  उपप्रधानमन्त्री थापा

उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले जिविस कैलालीको ढुंगा, बालुुवा र गिट्टीको टेन्डरमा मिलेमतो गरेर रकम बाँडीचुँडी खाएको विषयमा मन्त्रालयबाटै छानबिन गर्ने बताएका छन्। जिल्ला विकासको एक करोडभन्दा बढी रकम कम हुने गरी दर्ता भएको टेन्डर रोक्ने र आर्थिक चलखेलमा संलग्नलाई कारबाही गर्ने उनको भनाइ छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्