२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

लाङटाङमा बेपत्ता दुई विद्यार्थी मृत फेला

लाङटाङ राष्ट्रिय निकुञ्जमा ११ दिनदेखि हराइरहेका दुई विद्यार्थी सोमबार मृत अवस्थामा फेला परेका छन्। नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घोप्टेफेदीमा हिउँमा पुरिएको अवस्थामा उनीहरूको शव फेला परेको हो।

जन्मदिनमा असाय विद्यार्थीलाई पोशाक उपहार

आफ्नो जन्मदिनको अवसरमा दैलेखका एक कार्यालय प्रमुखले अपांगता तथा असाय विद्यार्थीलाई पोशाक वितरण गरेका छन्। जिल्ला कृषि विकास कार्यालयका निमित्त कार्यालय प्रमुख तिलकप्रसाद पाण्डेले आफ्नो जन्मदिनमा विद्यार्थीहरुलाई पोशाक वितरण गरेका हुन्।

विद्यार्थीसँगै विद्यालय पुग्छन् अभिभावक

‘३ वटै कक्षामा म्याडमले पढाउँदै, नानीबावुहरुलाई कक्षामा ब्यस्त राखिरहनु भएको थियो। शान्ती म्याडम विद्यालयको कामले बैंकतिर जानु भएको थियो। विद्यालयमा चन्द्रा र टिका म्याडम हुनुहुन्थ्यो।’ यो वाक्य गुराँस गाउँपालिका–४ गाईबान्नामा रहेको श्री लक्ष्मी नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा अभिभावक सुनिता खत्रीले लेखेको अभिभावक पुस्तिकामा उल्लेख छ।

गाउँका प्राविधिक स्कुलमा विद्यार्थी अभाव

सरकारले प्रत्येक स्थानीय तहमा कम्तीमा एक प्राविधिक शिक्षा सञ्चलान गर्ने कार्यक्रम सुरु गरेको थियो। त्यसैअनुसार दोलखाको लापीलाङ माविले गत शैक्षिक वर्षबाट तीन बर्से कृषि बाली विज्ञान विषय पढाउने अनुमती पायो।

लाङटाङमा दुई विद्यार्थी बेपत्ता

रसुवाको गोसाईँकुण्ड घुमेर फर्कँदै गरेका दुई विद्यार्थी नुवाकोट जिल्लास्थित लाङटाङ राष्ट्रिय निकुञ्जमा तीन दिनेदेखि बेपत्ता भएका छन्।

कोरियाली विद्यार्थीको टाेली टीकापुरमा

विश्वबन्धुत्वको भावना जगाउन दक्षिण कोरियाको खेङ्साङ् नेसनल यूनिभर्सिटीका विद्यार्थीहरु टीकापुर पुगेका छन्। सो यूनिभर्सिटीमा स्नातक तहमा अध्ययनरत ३४ जना विद्यार्थी, १ प्रोफेसर र ४ जना अन्य कर्मचारीको टोली पुस २३ गते टीकापुर पुगेको हो।

पक्की भवनमा फुरुंग विद्यार्थी

२०७२ वैशाखमा जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानीस्थित महेन्द्रोदय मावि तहसनहस बन्यो। विद्यालयले त्रिपाल र पुरानो जस्ता संकलन गरी पढाइ सुचारु ग-यो। चार हिउँद र चार बर्खा अस्थायी टहरामा कठिनाइका साथ पढ्न बाध्य भएको कक्षा १२ मा अध्ययनरत सुस्मिता अधिकारीले बताइन्।

जीर्ण भवनमा पठनपाठन, जोखिममा विद्यार्थीको ज्यान

रोल्पाको दुर्गम गाउँ लुङग्री गाउँपालिका १, पाङ टाईवाङका दर्जनौ विद्यार्थीहरु उच्च जोखिममा छन्। उनीहरु पुरानो चर्किएर कुनै पनि बेला ढल्न सक्ने अवस्थामा रहेको भवनभित्र बस्न बाध्य छन्। उनीहरु दैनिक ६ घण्टा सो भवनमा बस्छन्।

पूर्व विद्यार्थीद्वारा विद्यालयमा अक्षयकोष स्थापना

दुई पूर्व विद्यार्थीले गोरखाको बारपाक सुलिकोट गाउँपालिका ७ को शैलपुत्री माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरेका छन्। आइतबार विद्यालयको ६० औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा हाल अष्ट्रेलिया रहेका संजिप अम्गाई र सजिता श्रेष्ठले एक लाख ११ हजार एक सय ११ रुपैयाँको कोष स्थापना गरेका हुन्।

ओली ज्ञानेन्द्रकै बाटोमा : कांग्रेस

नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघले संसदीय समितिले पारित गरी संसद्मा पठाएको सूचना प्रविधि विधेयकले नेपाली नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न खोजेको आरोप लगाएको छ।

कक्षा कोठामा छाता ओढेर पढ्न बाध्य विद्यार्थी

चिसो र पानी परिरहेको मौसममा कक्षा कोठाभित्र विद्यार्थी छाता ओढेर बसिरहेका थिए भने शिक्षक पनि छाता ओढेरै पढाइरहेका थिए। पूरानो तथा जीर्ण भवनमा मात्र नभई नयाँ भवनमा समेत जस्ताबाट पानी चुहिन थालेपछि कोठाभित्र छाता ओढ्नुको बिकल्प नरहेको हो। पानी छल्न झोला कुनामा राखेर छाता ओढेर बेन्चमा बसेका छात्रछात्राहरुको दृष्यले नरमाईलो सन्देश दिइरहेको थियो।

दीपिकाले भेटिन् जेएनयूका विद्यार्थी, कतै समर्थन कतै विरोध

अभिनेत्री दीपिका पादुकोणले मंगलबार साँझ दिल्लीको जवाहरलाल नेहरु विश्वविद्यालयमा प्रदर्शन गरिरहेका छात्राहरुको बीचमा पुगेर सबैलाई आश्चर्य पारेकी छन्। करिब साढे सात बजे विश्वविद्यालय परिसरमा पुगेर जेएनयूका छात्रासंघका अध्यक्ष आइशी घोषसँग भेट गरेकी थिइन्। आइशी घोष जसलाई आइतबार नकाबधारी समूहले आक्रमण गरि घाइते बनाएका थिए।

युवाले बाँडे एकदेखि आठ कक्षासम्मका विद्यार्थीलाई न्यानो कपडा

यहाँको एक दुर्गममा रहेको सरकारी विद्यालयका विद्यार्थीलाई केहि युवाहरुले न्यानो कपडा वितरण गरेका छन्। सुनकोसी गाउँपालिका ७ नागीस्थित भिमेश्वर आधारभुत विद्यालयका कक्षा १ देखि ८ सम्मका सम्पूर्ण विद्यार्थीलाई जाडोको मौसममा न्यानो कपडा वितरण गरिएको हो।

विद्यार्थी कुट्ने शिक्षक प्रहरी फन्दामा

रुपन्देहीमा विद्यार्थीलाई कुटपिट गरेको आरोपमा एक शिक्षक प्रहरी फन्दामा परेका छन्। सम्मरीमाई –६, पोखरहवास्थित ज्ञानदीप बोर्डिङ्ग स्कुल कक्षा ५मा अध्ययनरत मोहम्मद तौफिक देवानलाई कुटपिट गरेको भन्दै सम्मरीमाई गाउँपालिका-६ रुदलापुर बस्ने शिक्षक शैलेन्द्र बरईलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

लिवियामा हवाई आक्रमणमा परी २८ विद्यार्थी मारिए

लिवियाको राजधानी त्रिपोलीमा रहेको एउटा शैक्षिक संस्थामा भएको हवाई आक्रमणमा परी २८ विद्यार्थी मारिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्