२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

विद्यालयले चर्को शुल्क लिएको भन्दै विरोध

१० वर्षपहिले विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन हुनुपर्ने भन्दै अभिभावकले नै अति न्यून शुल्क निर्धारण गरेका थिए तर स्थानीय सरकार गठनपछि पहिलेका अनुभवी शिक्षक हटाएर आफ्नो मान्छे भर्ना गरी विद्यार्थीमाथि चर्को शुल्क लादिएको अभिभावकको आरोप छ।

आठ महिनादेखि विद्यालयमा ताला

कोरोनालगायत अनेक बहानाले कात्तिकको दोस्रो सातासम्म शिक्षकहरू विद्यालयको सम्पर्कमा नआएपछि विद्यार्थी वैकल्पिक शिक्षाबाट समेत वञ्चित भएका छन् ।

नेपाल विद्यार्थी सङ्घद्वारा देहरादून घटनाका विद्यार्थीको निःशुल्क उपचारको माग

नेपाल विद्यार्थी सङ्घले देहरादून घटनामा घाइते विद्यार्थीलाई तत्काल उद्धार गरी निःशुल्क उपचारको व्यवस्था मिलाउन माग गरेको छ।

विद्यालय तहका ५० लाख विद्यार्थीलाई सिम दिइने

कोभिड–१९को जोखिमका कारण ६ महिनादेखि विद्यालयको पठनपाठन सञ्चालन हुन सकेको छैन। लकडाउन खुलेयता देशभरि नै झन् संक्रमण बढ्दै गएकाले अब कहिलेदेखि विद्यालय सञ्चालन हुने भन्ने टुंगो लाग्न सकेको छैन।

प्राध्यापक कुटेर गुरुदक्षिणा ! बदनाम बन्दै त्रिविका विद्यार्थी

‘पार्टीका नेताको खल्तीबाट उपकुलपति, रेक्टर, रजिस्ट्रार नियुक्ति हुने र प्राध्यापक विद्यार्थी नेता सामुन्ने लम्पसार पर्ने कुरीतिकै परिणाम त्रिविमा समस्या निम्तिएको हो ।’

सात महिनापछि जब विद्यार्थी विद्यालय पुगे..(फोटो फिचर)

बन्द भएको सात महिनापछि काठमाडौंको कागेश्वरी मनोहरास्थित त्रिकोण पब्लीक स्कुलले पठनपाठन सुरु गरेको छ। सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर पठनपाठन सञ्चालन गरिएको विद्यालयले जनाएको छ।

महामारीले थला परेको शैक्षिक क्षेत्र चलायमान् बनाउन यसो गरौं

आफ्ना विद्यार्थीको अवस्था कस्तो छ? कुन गाउँमा बस्छन्? उनीहरूको पहुँच कस्तो छ? यी सम्पूर्ण कुरा स्थानीय तहले जानकारी राख्नुपर्छ। कतिपय स्थानीय तहले यस्तो अध्ययन गरिरहेका पनि छन्। यो विषयमा बेखबर भएर बस्ने स्थानीय तह पनि छन्। निर्देशिका केन्द्रबाट गइसकेको छ। तर आफ्नो वस्तुस्थितिअनुसार निर्देशिका फेरबदल हुन सक्छ।

यसरी हुँदैछ पाठ्यक्रम समायोजन, शैक्षिक सत्र बचाउन वडा सदस्यसम्मलाई परिचालन गर्ने तयारी

कोभिड—१९ को उच्च जोखिमका कारण विद्यालय खोल्ने अवस्था छैन। कोभिड जोखिमकै कारण यस वर्षको शैक्षिक सत्र निरन्तरता पाउन सकेको छैन। सरकारले अब विद्यालय तहका ७० लाख विद्यार्थीहरुको सिकाई क्षति हुन नदिन पाठ्यक्रम समायोजनको कार्य सुरु गरेको छ।

एक अर्ब बालबालिका कोरोनाकै कारण विद्यालय बाहिर

कोभिड —१९ का कारण विद्यालय तहका बालबालिका सबैभन्दा बढी प्रभावित रहेको तथ्य एक अध्ययनले उजागर गरेको छ। कोभिड पछिको विश्वमा विद्यालय शिक्षाको अवस्थाबारे गरिएको उक्त अध्ययनले अहिले एक अर्ब बालबालिकाहरु कोरोनाकै कारणले विद्यालय बाहिर रहेको देखाएको छ।

गन्तव्य हराएको विद्यार्थी आन्दोलन

कुनै समय सत्ताको निरंकुशता, महँगी, बेथिति, लगायत जनताको सवालमा आफ्नो पहिचान, संगठन र शक्ति स्थापित गर्न विद्यार्थी संगठनहरू सफल भएका थिए। तर, अहिले विद्यार्थी आन्दोलन दिशाविहीन बनेको छ। विद्यार्थी नेताहरू उद्देश्यविहीन भएका छन्। उद्देश्यबाट विचलित भएका छन्।

पठनपाठनको नाममा विद्यार्थीबाट रकम असुल्नेलाई कारवाही गरिने

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले पठनपाठनको नाममा विद्यार्थीबाट कुनैपनि किसिमको शुल्क असुल्ने सामुदायिक विद्यालयलाई कारवाही गर्ने भएको छ ।

‘९२ प्रतिशत अभिभावक विद्यालय खुल्ने बित्तिकै बालबच्चा पठाउन तयार छैनन्’

नेपालका करिब ९२ प्रतिशत अभिभावकहरू आफ्ना बालबच्चालाई विद्यालय खुल्ने बित्तिकै विद्यालय पठाउन तयार नभएको अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ ।

निगमको उद्धार उडानबाट भारतमा रहेका नेपाली विद्यार्थीलाई स्वदेश ल्याइयो

भारतको बैंङ्लोर तथा आसपासका क्षेत्रमा पाँच महिनादेखि अलपत्र परेका नेपाली विद्यार्थीहरुलाई बुधबारसाँझ नेपाल वायुसेवाको उद्धार उडानबाट उद्धार गरी स्वदेश फिर्ता ल्याएको छ ।

भारतको विमानस्थलमा नेपाली विद्यार्थी अलपत्र

सरकारका विभिन्न निकायबीच समन्वय हुन नसक्दा भारतको बैंग्लोर एयरपोर्ट पुगेका नेपाली विद्यार्थी अलपत्र परेका छन्। भारतका विभिन्न ठाउँमा अध्ययनरत नेपाली विद्यार्थीलाई सरकारले नेपाल वायुसेवाको उद्धार उडानबाट साउन १२ गते अर्थात् जुलाई २७ को उडानबाट बैंगलौरबाट काठमाडौं फर्काउने भनेको थियो।

विद्यार्थीको कोरोना बिमा

सुर्खेत होराइजन एकेडेमीले आफ्ना शिक्षक, शिक्षिका, विद्यालय कर्मचारी र विद्यार्थीहरूका लागि कोरोना बिमा गरिदिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्