१९ माघ २०८२ सोमबार
image/svg+xml

निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो

मतदाता, राजनीतिक दल, उम्मेदवार तथा सरोकारवाला लक्षित यस्ता सामग्रीले निर्वाचनको स्वच्छता बढाउने र नागरिकलाई आधिकारिक तथा विश्वासनीय सूचना प्राप्त हुने र मिथ्या तथा भ्रमपूर्ण सूचनाको प्रभाव न्यूनीकरणमा सहयोग पुग्ने विश्वास लिइएको छ।

एन्फा राष्ट्रिय लिग: प्लानिङ ब्वाइज र आर्मीको तेस्रो जित

गोलकिपर योगेश धिमालको उत्कृष्ट प्रदर्शनमा प्लानिङ ब्वाइज युनाइटेडले काँक्रे बिहारलाई हराउँदै राष्ट्रिय लिगमा तेस्रो जित निकालेको छ।

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ २५ पैसा र बिक्रीदर १०२ रुपैयाँ ६७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ८७ पैसा र बिक्रीदर १०८ रुपैयाँ ३१ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११५ रुपैयाँ ९१ पैसा तोकिएको छ।

सशक्त सुरक्षा सवाल

निर्वाचनको बेला सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्ममा प्रवाह हुने गलत सूचनाले मतदातालाई भ्रम फैलाउन सक्छन्। त्यतिबेला सुरक्षा निकाय यस प्रकारको डिजिटल चुनौतीलाई समेत तत्काल सम्बोधन गर्न तयार रहनुपर्छ।

उदयपुर सिमेन्ट उद्योग: ‘क्लिंकर’ खरिदमा ४६ करोड भ्रष्टाचार

सिमेन्टमा प्रयोग हुने कच्चा पदार्थ ‘क्लिंकर’ मा ४६ करोड रुपैयाँ भ्रष्टाचार भएको तथ्य भेटिएको हो।

एपीएफ नारदमुनि गोल्डकपको सेमिफाइनलमा

गत माघ १५ गतेदेखि उदयपुरमा जारी ‘११औँ नारदमुनि थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिता–२०८२’ का क्वाटरफाइनल खेल आइतबार सम्पन्न भएका छन्।

प्रदेशसभा सञ्चालन गर्न महानगरसँग सम्झौता

विराटनगर स्थित वीरेन्द्र सभागृहमा प्रदेशसभा बैठक सञ्चालनका लागि विराटनगर महानगरपालिका र कोशी प्रदेशसभा सचिवालयबीच सम्झौता भएको छ ।

बाँके-२ : ‘नन-पोलिटिकल’ मत निर्णायक

राजनीतिक विश्लेषक जनार्दन आचार्यका अनुसार बाँके-२ मा करिब १५ देखि १८ प्रतिशत मतदाता ‘नन–पोलिटिकल’ प्रकृतिका छन्। यस्ता मतदाता कुनै एक दलप्रति स्थायीरूपमा प्रतिबद्ध हुँदैनन् र समयअनुसार यताउता भइरहन्छन्।

गगन थापा मुलुकको नेतृत्व गर्न तयारः शर्मा

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार थापा मुलुकको नेतृत्व गर्न तयार रहेको बताएका छन्।

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले आगामी फागुन २१ मा हुने निर्वाचन देशको अस्तित्व र स्वाधीनता रक्षाका दृष्टिले महत्त्वपूर्ण रहेको बताएका छन्।

पूर्व अर्थमन्त्रीसँग युवा अर्थविद्को रोचक प्रतिस्पर्धा

कांग्रेस गुमेको विरासत फर्काउने तयारीमा जुट्दा नेपाली कम्युनिस्ट पार्टी भने आफ्नो विरासत जोगाउने दाउमा देखिएको छ।

चुनावी सुरक्षा अवैध हतियार चुनौती

प्रहरी अधिकारीका अनुसार अवैध हतियार नियन्त्रणमा नेपाल–भारत खुला सिमाना मुख्य चुनौती छ । त्यसमाथि लुकाउन सजिलो हुने साना हतियार नियन्त्रणमा थप चुनौती छ ।

टी-२० विश्वकप: भारतसँग नखेल्ने पाकिस्तानको घोषणा

सन् २०२६ को टी-२० विश्वकप अन्तर्गत भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल नहुने भएको छ। पाकिस्तान सरकारले भारतविरुद्धको खेल बहिष्कार गर्ने औपचारिक घोषणा गरेको हो।

विचार र सिद्धान्त नभएका दलहरु स्थायी हुँदैनन्ः भट्टराई

नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले कुनै खास विचार, सिद्धान्त नभएका र हुईयाँमा बनेका दलहरु स्थायी नहुने बताएका छन् ।

दिनेश सिटौलाको अभाव सधैं खड्किनेछ: बालेन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले चलचित्र पत्रकार दिनेश सिटौलाको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्